पिण्डेश्वर विद्यापीठको ७४औँ वार्षिकोत्सव सम्पन्न, संस्कृत शिक्षालाई समयसापेक्ष बनाउने प्रतिबद्धता

  • पुस १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको ऐतिहासिक पिण्डेश्वर विद्यापीठले आफ्नो ७४औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ।

वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा आयोग गम्भीर रहेको उल्लेख गर्दै पिण्डेश्वर विद्यापीठको शैक्षिक तथा भौतिक पूर्वाधार क्रमशः सुदृढ बन्दै गएको बताए।

विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले संस्कृत शिक्षालाई समयको मागअनुसार रूपान्तरण गर्न पाठ्यक्रम परिमार्जन आवश्यक रहेको धारणा राखे।

उनले योग, आयुर्वेद तथा चिकित्सा शिक्षा विस्तारमार्फत संस्कृत शिक्षालाई व्यवहारिक र विश्वस्तरमा पुर्‍याउन सबैको सहकार्य अपरिहार्य रहेको बताए।

कार्यक्रमकै अवसरमा शास्त्री तहमा उत्कृष्ट अङ्क हासिल गर्ने सुवास चापागाईंलाई ‘पिण्डेश्वर श्री पुरस्कार’ प्रदान गरियो। साथै विभिन्न विषयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

वार्षिकोत्सवमा लामो समय विद्यापीठलाई सेवा दिएका पूर्व शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा र कृष्णप्रसाद शर्मालाई दीर्घ सेवा पदक प्रदान गरिनुका साथै अवकाशप्राप्त कर्मचारीलाई सम्मानपूर्वक बिदाइ गरिएको थियो।

यस क्रममा पूर्व प्राचार्य तथा विशिष्ट व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।

उत्सवअन्तर्गत फुटबल, क्रिकेट, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, चेस र दौडलगायत विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भए भने श्लोक वाचन, हाजिरी जवाफ, सूत्रान्ताक्षरी र स्पेलिङ प्रतियोगिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

समारोह विद्यापीठका अध्यक्ष प्रा.डा. सागर ‘को अध्यक्षतामा सम्पन्न भएको हो।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved