धरानमा एकता सन्देश सभा : नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठूलो शक्ति बन्ने दाबी

  • मंसिर २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने दाबी पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले गर्नुभएको छ।

सोमबार नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले विभिन्न वाम धारहरूको एकताले पार्टीलाई जनआधारित वैकल्पिक शक्तिका रूपमा स्थापित गरिरहेको बताउनुभयो।

धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित सभाअघि छाताचोकबाट मोटरसाइकल र्‍याली सुरु भई पुरानो बजार, माछा भौडी, देशीलाइन, भानुचोक हुँदै पुनः छाताचोकको परिक्रमा गर्दै सभाहलमा पुगेर सभामा परिणत भएको थियो।र्‍यालीमा पार्टी नेता–कार्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता रहेको थियो।

सभालाई सम्बोधन गर्दै नेता गजुरेलले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावलजस्ता एमालेका पूर्व शीर्ष नेताहरू हाल एकीकृत नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध रहेको उल्लेख गर्दै एमालेप्रति असन्तुष्ट हजारौँ नेता–कार्यकर्ता यस पार्टीमा समाहित हुने विश्वास व्यक्त गर्नुभयो।

धरान राजनीतिक चेतना, पहिचान र समाजवादी आन्दोलनको ऐतिहासिक आधार भएको सहर भएकाले यहाँ संगठन मजबुत बनेमा सम्पूर्ण प्रदेशभर पार्टीको प्रभाव विस्तार हुने उहाँको भनाइ थियो।

कार्यक्रममा पार्टी नेता किरण राईले आत्मसमीक्षा, अनुशासन र एकतालाई अझ धारिलो बनाउनु पर्नेमा जोड दिनुभयो। नेता जीवन राईले विगतका कमजोरी सच्याउँदै एकतालाई सुदृढ बनाएर धरानको विकास र समृद्धिमा नेपाली कम्युनिस्ट पार्टीले निर्णायक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सभामा नेताहरू अर्जुन लामा, उद्धव लिम्बू, रञ्जित राई, रेवती रमण राईले पार्टी एकतालाई मजबुत बनाउनु नै वर्तमानको मुख्य आवश्यकता रहेको धारणा राखेका थिए।

एकता सन्देश सभामा नेताहरू मुक्सामहाङ मेन्याङ्बो (मुकेश), मनोज भट्टराई, उमिता बराइली तथा धरान उपमहानगरपालिकाका उपमेयर एवं पार्टी नेता अइन्द्र विक्रम बेघालगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved