धरानबाट ट्रामाडोलसहित युवक पक्राउ, १० केजी गाँजा र ब्राउन सुगर बेवारिसे अवस्थामा बरामद

  • मंसिर २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीमा लागूऔषध कारोबार नियन्त्रणका लागि सक्रिय बनेको प्रहरीले दुई फरक स्थानबाट ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै एक युवकलाई नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मिति २०८२/०८/२८ गते दिउँसो करिब २ः४५ बजे धरान उपमहानगरपालिका–१९ धनकुटे रोडमा गस्ती गर्ने क्रममा शंकास्पद रूपमा हिँडिरहेका धरान–१० निवासी १९ वर्षीय निरफुङ बस्नेतलाई नियन्त्रणमा लिएको हो।

कानुनबमोजिम गरिएको चेकजाँच तथा खानतलासीका क्रममा उनको साथबाट लागूऔषध ट्रामाडोल २३० ट्याब्लेट र स्पासपेन २० क्याप्सुल गरी जम्मा २५० थान ट्याब्लेट/क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।

बस्नेतलाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको छ।

यस्तै, मिति २०८२/०८/२७ गते राति करिब ९ बजे इनरुवा नगरपालिका–३ महेन्द्रचोक क्षेत्रमा बेवारिसे अवस्थामा सेतो बोरा र कालो झोलामा शंकास्पद वस्तु राखिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले जाँच गर्दा बोरा र झोलाभित्र लागूऔषध गाँजा १० केजी र ब्राउन सुगर २.१८ ग्राम बरामद गरेको छ।

बरामद लागूऔषध कानुनबमोजिम जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रणका लागि नियमित गस्ती र सूचनाका आधारमा कडा निगरानी बढाइएको प्रहरीले बताएको छ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved