धरान / किरात सिरिजंगा लिपिका प्रबद्र्धक सिरिजंगालाई विहीबार धरानमा सम्झिएको छ ।मौलिक लिपिहरूमध्ये किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगा सिंहथेवेको ३ सय ७५आंैं जन्म जयन्ती धरानमा मनाइएको हो । विहीबार बिहान धरान ८ स्थित तीनकुनेमा रहेको सिरिजंगाको शालिकमा माल्यार्पण गरी सिरिजंगालाई धरानका किरातीरुले सिरिजंगालाई सम्झिएका छन् । सो अवसरमा किरात याक्थुङ चुम्लुङ धरानको च्याब््रुङ टोलीले शालिककको परिक्रमा गर्दै के–लाङ नाचेका थिए । जन्मोत्समा चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापाको उपस्थिति रहेको थियो । उनले शालिकमा माल्यार्पण गरेपछि च्याब्रुङ टोलीले नृत्य सहित शालिकको परिक्रमा गरेको
धरान / सबै जातजातिको आआफ्नै संँस्कृति हुन्छ, आफ्नो संस्कृतिको महत्व सबै जातजातिलाई हुन्छ । त्यही भएर लिम्बुहरुको साँस्कृतिक पर्व चासोक तङ्नाम धरानमा पाँच दिनसम्म भव्यताका साथ मनाइने भएको छ । बुधबार किरात याक्थुङ चुम्लुङले पत्रकार सम्मेलन गरी किरात समुदायको उँधौली पर्वमा सदाझैँ यसबर्ष पनि लिम्बु समुदायको चासोक तङनाम धरानमा भव्य रूपमा आयोजना गर्ने जानकारी दिएको छ । चासोकको धार्मिक अनुष्ठान बुधबार साँझ सुरु भई विहीबार बिहान सकिने छ । चुम्लुङले लिम्बु समुदायको धार्मिक अनुष्ठान तङसिङ सामूहिक रूपमा अभ्यास पनि सुरु गरेको छ । परिवारको शिर उठाउन, सुख, समृद्धि, गाली सराप बगाउने, रोगव्याधी दुःख बिमारबा
धरान/ नेपालमा संघीयता आएसँगै शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षाको प्रत्याभूति स्थानीय सरकारले दिने खालका कामहरु भएका छन् । शिक्षा, स्वास्थ्य र रोजगारसँगै सुरक्षा पनि नागरिकको नैसर्गिक अधिकारभित्र पनेै भएकोले धरान उपमहानगरपालिका वडा नं. १६ ले समेत प्रहरी चौकी निर्माण कार्य शुरु गरेको छ । बुधबार अध्यक्ष मुरारी भट्टराई तथा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले संयुक्त रूपमा भूमि पूजन गरी भवनको शिलान्यास गरेका छन् । वडावडाबाट नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने उद्देश्यका साथ चौकी निर्माण गरिएको बताइएको छ । धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले धरान उपमहानगरपालिका जन
धरान / मंसिर २२ गते देखि सुरु हुने हिसान बास्केटवलमा पुरुष तर्फ ११ र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् ।आयोजक हिसान सुनसरीले मंगलवार धरान मेघा हिमालयन कलेजको कार्यक्रम हलमा टाइसिट ड्र मार्फत खेल तालिका तयार गर्दै सहभागि टिम सार्वजनिक गरेका हुन । खेल तालिका प्रतियोगितामा प्राविधिक सहयोगको रुपमा रहेका धरान बास्केटवल संघका प्रतिनिधि तथा प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, प्रतियोगिता संयोजक अर्जुन घिमिरे, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, हिसान स्पोर्टस मिट खेलकुद संयोजक हेमन्त भण्डारी लगायतको उपस्थितिमा तयार पारिएको थियो । प्रतियोगितामा सुनसरीभरिका ०७८ र ०७९ सालका प
विजयपुर / उषा राई प्रकरणमा संलग्न रहेको भन्दै धरान प्रहरीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । धनकुटा घर भई धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गर्ने ४ जना महिलाहरुलाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । घटनाका मुख्य आरोपी धरान १३ सुर्य मार्गकी ५५ बर्षीया उर्मिला राई, २६ बर्षीया सुमित्रा राई, धरान १७ की २९ बर्षीया सुसेली राई र ४० बर्षीय रत्न लिम्बु सुब्बालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेकी उर्मिला राईलाई मंसिर १५ गते प्रक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थपि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय
विजयपुर/ कानुनी प्रक्रिया पुरा नगरी वन क्षेत्रमा साबुन उद्योग स्थापना गर्न थाले पछि जिल्ला वन कार्यालयले निर्माण कार्यको अवरोध गरेको छ । धरान वडा नम्बर २० मा निर्माण हुदै गरेको ‘माया धराने’ नामको साबुन उद्योग निर्माण गर्न गत सोमबार मेयर हर्क राज राईले शिलान्यास गरेका थिए । तिन महिना अघि कार्यपालिका बैठकले साबुन उद्योग स्थापना गर्ने निर्णय गरे पनि वन कार्यालय र वन उपभोक्ता समिती सँग समन्वय गरेर मात्रै अघि बढ्न आग्रह गर्दै आएको थियो । तर मेयर राईले धरान २० स्थित देवी गाउँ क्षेत्रमा साबुन उद्योग संचालन गर्ने भन्दै उद्योग निर्माण गर्न लागेका हुन् । सोमबार जिल्ला वन कार्यालय
धरान/ तत्कालीन माओवादी द्वन्द्व उत्कर्षमा थियो । माओवादीले गाउँमा समाजसुधारक काम गर्न थालेको थियो । सामाजिक विकृतिलाई निरुत्साहित गर्ने श्रमलाई प्रवद्र्धन गर्ने काम थालेको थियो । सुनसरीको बराहक्षेत्र १ मिलनचोकदेखि सूर्यकुण्डसम्म सडक निर्माण गर्न माओवादीले उर्दी जारी गर्यो । सबैले अनिवार्य श्रमदान गर्नुपर्ने नियम राख्यो । श्रमदान गर्न नभ्याउनेले आर्थिक सहयोग गर्नुपर्ने भयो । एक घर एक व्यक्ति वा १ सय ४१ रुपैयाँ नगद । बजारका अधिकांश व्यापारीले आर्थिक सहयोग गरे । सबैका घरबाट एक जन श्रमदानमा निस्किए । आज सूर्यकुण्ड पर्यटकीय स्थलका रुपमा प्रवद्र्धनको कार्यक्रम पर्खिरहेको छ । बराहक्षेत्रकै नडाह
धरान/ धरानलाई खेलकुदको सहर भने पनि हुन्छ । धरानलाई विकास गर्ने दलका मुख्य एजेण्डामा पर्छ, खेलकुद । विश्वका प्राचीन खेलदेखि आधुनिक खेल सबैको अभ्यास गरिन्छ यहाँ । जिम्न्यास्टिक, दौड, बक्सिङ, म्याराथन, आर्चरी, रेसलिङका संस्थागत क्लब छन् । गल्फ, बास्केटबल देशमै पहिलो पटक धरानबाटै सुरुवात भएको इतिहास पाइन्छ । थाइ बक्सिङ, सेफाकटाक्रो लगायतका खेल विकासका लागि संस्थागत क्लब छन् । त्यसो त धरान मिनी ब्राजिल हो । धरानका प्रत्येक वडामा २ भन्दा बढी संस्थागत फुटबल क्लब छन् । जसले नियमित फुटबलका प्रतियोगिता गर्छन् । त्यसबाहेक पत्रकार, कलाकार, बैंकर्स, डाक्टर्स, सहकारीकर्र्मी, जेसिज, व्यापारिक प्रतिष्ठा
विजयपुर/ शिक्षासँगै विद्यार्थीको अन्य प्रतिभालाई समेत प्रस्फुटन माध्यम बनाएको छ प्रदेश १ स्तरीय एसइई सिंगिङ्ग तथा डान्सिङ आइडलले । प्रतियोगिताको स्लोगन नै रहेको छ, ‘शिक्षाका लागि संगीत ।’ ०७५ सालदेखि नियमित आयोजना गर्दै आएको फक्तालुङ मिडिया हाउसले यस बर्ष पनि निरन्तता दिने भएको हो । आयोजकले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रदेशलाई समेट्ने गरी आयोजना गरिएको यो प्रतियोगिताको अडिसन विगतदेखि नै पहाडी तथा हिमाली क्षेत्रबाट गर्दै आएको छ । यो बर्षको अडिसन चैत्रको दोस्रो साताबाट हुदैछ । पहिलो अडिसन ओखलढुंगाबाट शुरु गरिने आयोजक समितिका संयोजक डम्बरकुमार तुम्बाफोले बताए ।
धरान/ दिनप्रतिदिन बढ्दै गएको सवारी साधनका कारण धरानको भानुचौक सधै अस्तव्यस्त रहने गरेको छ । विशेष गरेर धरानको मुटु भानुचौकबाट छाताचौकसम्मको सडकमा अत्याधिक जाम हुने गरेको छ । जामलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे हम्मे पर्ने गरेको छ । साँघुरो सडक त्यसमाथि सवारी चापका कारण व्यवस्थापनमा चुनौति थपिएको ट्राफिक प्रहरीले जनाएको छ । जामकै कारण सवारी चालकलाई समेत अत्यन्तै असजिलो हुने गरेको छ । भानुचौकबाट छातार्चाैक पुग्न सवारी चालकलाई २० देखि २५ मिनेट लाग्ने गरेको छ । धरान १५ का मिलन लिम्बुले धरानको भानुचौकदेखि छाताचौकसम्मको सडक अत्यन्तै व्यस्त सडक भएको बताउँछन् । यो सडक क्षेत्रमा प्राय