धरानको व्यस्त सडक सधै जाम: ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न हम्मे हम्मे

  • मंसिर १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ दिनप्रतिदिन बढ्दै गएको सवारी साधनका कारण धरानको भानुचौक सधै अस्तव्यस्त रहने गरेको छ । विशेष गरेर धरानको मुटु भानुचौकबाट छाताचौकसम्मको सडकमा अत्याधिक जाम हुने गरेको छ । जामलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे हम्मे पर्ने गरेको छ ।

साँघुरो सडक त्यसमाथि सवारी चापका कारण व्यवस्थापनमा चुनौति थपिएको ट्राफिक प्रहरीले जनाएको छ । जामकै कारण सवारी चालकलाई समेत अत्यन्तै असजिलो हुने गरेको छ । भानुचौकबाट छातार्चाैक पुग्न सवारी चालकलाई २० देखि २५ मिनेट लाग्ने गरेको छ । धरान १५ का मिलन लिम्बुले धरानको भानुचौकदेखि छाताचौकसम्मको सडक अत्यन्तै व्यस्त सडक भएको बताउँछन् । यो सडक क्षेत्रमा प्राय ः जाम हुने गरेको बताउछन् ।

उनी भन्छन्–‘हतार भएको समयमा जामकै कारण १०÷१५ मिनेट रोकेर बस्नुपर्ने हुन्छ, साहर्«ै गाह«ो छ ।’ साँघुरो सडक त्यसमाथि एकातर्फ गरिएको सवारी पार्किङले झन समस्या भएको उनी बताउँछन् । पछिल्लो समयमा भानुचौक एरियामा गरिएको सडक मर्मतले झनै समस्या भएको उनी सुनाउँछन् । उनी भन्छन्–‘नयाँ बजारमा सवारी जाम भए पनि पुरानो बजारमा खासै जाम हुदैन, तर अहिले नयाँ बजारमा सडक मर्मत गरिएकाले पुरानो बजारमा समेत अत्यन्तै जाम हुने गरेको छ, ट्राफिकले जामलाई व्यवस्थापन गर्न खोजे पनि उनीरुलाई हम्मे हम्मे पर्ने गर्छ ।’

यस्तै भनाई धरान १६ का कुन्दन श्रेष्ठलाई छ । शुक्रबार काम विशेषले मोटरसाइलमा भानुचौक जाँदा घण्टौ जाममा फस्नु परेको उनले सुनाए । उनले भने–‘छाताचौकमा ट्राफिक प्रहरी बसेको रहेछ, भानुचौक जान ट्राफिकले दिएको थिएन, सिंहदेवीचौकबाट पुरानो बजार हुदै भानुचौक पुग्न नै अत्यन्तै मुस्किल भयो ।’

यी त प्रतिनिधिपात्र मात्र हुन धरानमा ट्राफिक जाम हुन नदिन सरोकारवाला पक्षहरुले जतिसुकै प्रयास गरे पनि प्रयास विफल भएको छ । हुन त यो समस्या अहिलेको भने होइन । बर्षोदेखिको समस्या हो । जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालयले ट्राफिक जाम कम गर्न एकातर्फी पार्किङ शुरु गरे सवारी जाम कम भएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले धरानको ट्राफिक जाम टाउको दुखाइको विषय बनेको बताए । उनले भने–‘जतिसुकै प्रयास गरे पनि धरानको सवारी जाम समस्या भएको छ, सरोकारवालापक्षसँग छलफल गरेर अनेकन उपाय अवलम्बन गरे पनि सवारीलाई सहज आगामनमा समस्या भएको छ, यसको प्रमुख कारण साँगुरो सडक, त्यसमाथ भानुचौकमा पूर्वी पहाडी क्षेत्र, पूर्वपश्चिम तथा धरान विराटनगर जाने बसपार्कका कारण समस्या भएको छ, बसपार्कको व्यवस्थापन नभएसम्म यो समस्या कहिल्यै समाधान हुर्दैन ।’

पहाडी क्षेत्रबाट आएका सवारी साधनलाई एकतर्फी आवातजावत गर्दा पनि समस्या नहटेको उनको भनाई छ । ‘पहाडी क्षेत्रबाट आएका सवारी साधनलाई हामीले लक्ष्मी सडकबाट पुरानो बजारको बाटो हुदै देशीलाइनबाट छिर्ने नियम बनाएका छौं, त्यति हुँदा पनि जाम कम हुन सकेको छैन । भानुचौकमा जथाभावि राखिएका अटो सिटी जामको मुख्य कारण बनेको प्रहरी निरीषक बस्नेत बताउँछन् । उनले भने–‘बसपार्क त्यही रहे पनि सिटी र अटोको स्टेण्ड भानुचौकबाट नसारेसम्म जामको समस्या जहिल्यै हुन्छ, अटो र सिटीलाई स्थान्तरण गर्न आवश्यक छ ।’ उनले यो विषयमा स्थानीय सरकार धरान उपमहानगरपालिकासँग पटक पटक छलफलसँगै आग्रह गर्दै आएको बताए ।

धरान २ र ३ ले यसमा धेरै प्रयास गरे पनि नसकेको उनको भनाई छ । जाम हुनुको अर्को कारण पालो लाग्नु भन्दा अगाडि यात्रुवाहक बस लाइनमा आउने, पालो सकिएपछि हिडेको गाडी वडाप्रहरी कार्यालदेखि राम मन्दिरसम्म रोक्नु लगायतका धेरै कारण जाम हुने कारण रहेको बस्नेतको भनाई छ । उनले भने–‘यसको समाधान भनेको भानुचौकमा भएको बसपार्कलाई स्थान्तरण गर्ने हो, धरान ८ मा बसपार्क बन्दै छ, त्यो बन्न समय लाग्छ, त्यतिञ्जेलका लागि अटो सिटीको स्टेण्ड भानुचौकमा राख्नु दिँनुहुदैन, यो काम भनेको स्थानीय सरकारको हो ।’

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved