शान्ति सुरक्षाका लागि प्रहरी चौकी शिलान्यास

  • मंसिर २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपालमा संघीयता आएसँगै शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षाको प्रत्याभूति स्थानीय सरकारले दिने खालका कामहरु भएका छन् । शिक्षा, स्वास्थ्य र रोजगारसँगै सुरक्षा पनि नागरिकको नैसर्गिक अधिकारभित्र पनेै भएकोले धरान उपमहानगरपालिका वडा नं. १६ ले समेत प्रहरी चौकी निर्माण कार्य शुरु गरेको छ ।

बुधबार अध्यक्ष मुरारी भट्टराई तथा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले संयुक्त रूपमा भूमि पूजन गरी भवनको शिलान्यास गरेका छन् । वडावडाबाट नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने उद्देश्यका साथ चौकी निर्माण गरिएको बताइएको छ । धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले धरान उपमहानगरपालिका जनसंख्या र क्षेत्रफलको हिसाबले ठूलो वडा भए पनि यस स्थानमा अस्थायी प्रहरी विट समेत नहुँदा शान्ति सुरक्षामा चुनौति भएको बताए ।

उनले चौकी निर्माण पश्चात यो वडामा शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गरे । उनले भने–‘चौकी निर्माणपश्चात यो वडाका सर्वसाधारणले शान्ति सुरक्षाको प्रत्याभूति गर्ने अपेक्षा हामीले लिएका छौं, नागरिकको शान्ति सुरक्षाको जिम्मा पनि स्थानीय सरकारकै हो भन्ने मनन गरेर हामीले चौकी निर्माण गरेका हों ।’

उनले वडामा प्रहरी चौकी निर्माण भएपछि स्थायी रूपमा प्रहरी दरबन्दी सहितको चौकी रहने बताए । उनले चौकी निर्माणका लागि त्यसैका लागि ३० लाख रुपैंया लागत अनुमान रहेको वडाध्यक्ष भट्टराईले बताए । उनले भने–‘वडाको नौलो बस्ती टोलमा डेढ कट्ठा जग्गामा चौकी निर्माण हुनेछ, भवनसहित भान्सा घर बन्नेछ, सबै गरी भवन चार कोठाको हुनेछ ।’ उनका अनुसार भवन आगामी आर्थिक बर्षमा सम्पन्न हुने गरी निर्माण कार्यलाई निरन्तता दिने भएको छ । गुणस्तरीय भवन निर्माण गर्ने योजना भएको बताउदै वडाध्यक्ष भट्टराईले भविष्यमा आवश्यकता अनुसार भवनमा तला थप्न, भवन विस्तार गर्न सकिने जानकारी दिए ।

विगतमा यो वडामा प्रहरी विट राखिएको भएपनि द्वन्द्वकालमा हँटाइएको थियो । ‘२०४६ सालमा यहाँे अस्थायी प्रहरी विट सञ्चालन गरिएको थियो । मुलुकमा द्वन्द्व सुरु भएपछि वडाबाट प्रहरी सुरक्षा हटाइएको हो । त्यसयता वडामा प्रहरी विट समेत सञ्चालनमा थिएन ।’
इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले वडावडाबाट शान्ति सुरक्षा प्रदान गर्न सके समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने बताए । उनले यही उद्देश्यका साथ धरान १६ ले प्रहरी चौकी निर्माण शुरु गरेकोप्रति वडालाई धन्यवाद दिए । धरान १६ को जनसङ्ख्या हाल २० हजार रहेको वडा कार्यालयले जनाएको छ ।

धरानमा मर्निङवाक जाँ ...

धरान/ सुनसरीको धरानमा मर्निङवाकका क्रममा लडेका एक ...

जबरजस्ती करणी गरी १७ ...

झापा/ झापाको भद्रपुर नगरपालिका–५ का २० वर्षीय शङ् ...

बुद्धिस्ट इन्टरनेशनल ...

काठमाडौं/ नेपाल पर्यटन बोर्डको आयोजना तथा संस्कृति, पर् ...

बाह्रदशी जेसीजले १७ ...

झापा/  बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved