चासोक तङ्नामलाई निरन्तता दिँदै लिम्बु समुदाय

  • मंसिर २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीरः लक्ष्मण थापा

धरान / सबै जातजातिको आआफ्नै संँस्कृति हुन्छ, आफ्नो संस्कृतिको महत्व सबै जातजातिलाई हुन्छ । त्यही भएर लिम्बुहरुको साँस्कृतिक पर्व चासोक तङ्नाम धरानमा पाँच दिनसम्म भव्यताका साथ मनाइने भएको छ ।

बुधबार किरात याक्थुङ चुम्लुङले पत्रकार सम्मेलन गरी किरात समुदायको उँधौली पर्वमा सदाझैँ यसबर्ष पनि लिम्बु समुदायको चासोक तङनाम धरानमा भव्य रूपमा आयोजना गर्ने जानकारी दिएको छ ।

चासोकको धार्मिक अनुष्ठान बुधबार साँझ सुरु भई विहीबार बिहान सकिने छ । चुम्लुङले लिम्बु समुदायको धार्मिक अनुष्ठान तङसिङ सामूहिक रूपमा अभ्यास पनि सुरु गरेको छ । परिवारको शिर उठाउन, सुख, समृद्धि, गाली सराप बगाउने, रोगव्याधी दुःख बिमारबाट मुक्ति सुस्वास्थ्यका लागि गरिने तङसिङ तीन रात सम्म चल्ने मुन्धुम छ । एक परिवारले एक ठाउँमा गर्दै आएको यो धार्मिक अनुष्ठानमा लाखौँ रुपैंया सम्म खर्च हुन्छ ।

आयोजकका अनुसार मंसिर २१ गतेदेखि २५ गतेसम्म धरान १५ को चुम्लुङमा हुने आयोजकले जनाएको छ । यो पर्व पछिल्लो समय सामुहिक पर्वको रुपमा विकास हुँदै आएकोृ छ । विगतमा घर घरमा परिवारले मनाउदै आएको चासोक तङ्नाम केही बर्ष देखि सामुहिक रुपमा मनाउने प्रचलन भएको हो ।

सामुहिक रुपमा मनाउनकै लागि किरात याक्थुङ चुम्लुङले धरान १५ मा भवन नै निर्माण गरेको छ । भवनसँगै लिम्बु जातिहरुले प्रयोग गर्ने सांस्कृतिक सामाग्रीलाई समेत समावेश गरेको छ । संयुक्त रूपमा आयोजना गरिर्दै आएको तङसिङले चुम्लुङ फराकिलो दायरामा ल्याएर भिन्न परिवारलाई पनि संयुक्त तङमा सहभागी गराउने अभ्यास सुरु गरेको किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा।कमल तिगेलाले बताए ।

उनले भने–‘साँस्कृतिक पर्वलाई जिवन्तता दिन पनि चासोक तङ्नाम संयुक्त रुपमा गर्न थालिएको हो, यसले दुई वटा फाइदा पुग्छ , एउटा त साँस्कृतिक पर्व जोगेनामा सहयोग पुग्छ, अर्को कुरा अन्य जातजातिलाई लिम्बुहरुको संँस्कृति चिनाउन सहयोग पुग्छ ।’
चासोक उत्सवको अवसरमा लिम्बु जातिको परम्परागत च्याब्रङ नृत्यको प्रतियोगिता, लिम्बु जातिले खेल्दै आएका खेलहरू, अदिकालमा पहिलो पटक हाते तानमा युमाले धागोबाट कपडा बुनेर लगाउन थालेको मुन्धुम अनुसारको थाक्थाक्मा प्रदर्शन सहित साँझका बेला सांस्कृतिक प्रस्तुतिहरू मेला हुने आयोजकले जनाएको छ ।

उत्सवमा १७ वटा परम्परागत लिम्बु परिकारहरूका स्टल रहने आयोजकले जनाएको छ ।

युएन नवोदयकलेजका हो ...

सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित ...

धरानमा सातौँ इन्टर भ ...

धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्याल ...

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved