बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट सुरु : नेपाललाई बौद्ध तथा आध्यात्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य

  • जेठ १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ नेपाल पर्यटन बोर्डको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम)–२०२५’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।

कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गर्दै नेपाललाई बौद्ध, आध्यात्मिक र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा विकास गरिने बताए। उनले बुद्धको जन्मस्थल लुम्बिनीलाई 'अन्तर्राष्ट्रिय शान्ति सहर'को रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

"लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोटजस्ता सर्किटहरूमा केन्द्रित गर्दै बौद्ध पर्यटन प्रवद्र्धन गरिनेछ," मन्त्री पाण्डेले भने। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको व्यवस्था र सडक सञ्जाल विस्तार भइरहेको जानकारी पनि दिए।

नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले बीआईटीएमलाई अन्तर्राष्ट्रिय साझेदारी र आध्यात्मिक पुनर्जागरणको अवसरको रूपमा चित्रण गरे। “नेपाल आत्मा र शान्तिको यात्रा सुरु हुने स्थल हो,” उनले भने।

कार्यक्रममा कोशी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सडानन्द मण्डल, नाटाका अध्यक्ष कुमारमणि थपलिया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लार्केल लामा लगायतले शुभकामना मन्तव्य दिएका थिए।

सो अवसरमा नाटाका पूर्वअध्यक्षहरू सीएन पाण्डे, अच्युत गुरागाईं र रमेश थापा सम्मानित भएका छन्। त्यस्तै नाटा र भारतको ‘इण्डियन एसोसिएसन फर टुर अपरेटर’बीच समझदारीपत्रमा हस्ताक्षर तथा बीआईटीएम विशेष स्मारिका विमोचन गरिएको थियो।

तीन दिनसम्म चल्ने यो मार्टमा भारत, चीन, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, म्यानमार, भुटानलगायतका देशबाट सयभन्दा बढी पर्यटन व्यवसायी सहभागी छन्।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved