उषा राई प्रकरण : प्रहरीद्वारा चारजना सार्वजनिक

  • मंसिर २१, २०७९
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर / उषा राई प्रकरणमा संलग्न रहेको भन्दै धरान प्रहरीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । धनकुटा घर भई धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गर्ने ४ जना महिलाहरुलाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

घटनाका मुख्य आरोपी धरान १३ सुर्य मार्गकी ५५ बर्षीया उर्मिला राई, २६ बर्षीया सुमित्रा राई, धरान १७ की २९ बर्षीया सुसेली राई र ४० बर्षीय रत्न लिम्बु सुब्बालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेकी उर्मिला राईलाई मंसिर १५ गते प्रक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थपि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएससी बुद्ध श्रेष्ठले बताए ।

पक्राउ परेका सुमित्रा राई र सुसेली राईलाई मंसिर १६ गते पक्राउ गरी नौ दिनको म्याद थपिएको र रत्न लिम्बुलाई मंसिर १८ गते पक्राउ गरी ७ दिनको म्याद थपिएको डिएसी श्रेष्ठले जानकारी दिए । उनले भने–‘घट्नामा संलग्न भएको आशंमा हामीले चार जनालाई पक्राउ गरेका छौं, उनीहरुको विषयमा अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेका छौं, अनुसन्धानपछि वास्तविक कुरा सार्वजनिक गर्छौै ।’

डिएसपी बुद्ध श्रेष्ठका अनुसार कुटपिटबाट घाइते भएकी उषाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंसिर १३ गते मृत्यु भएको थियो । मृत्यु पश्चात उषाका भार्ई सुन्दर राईले उनीहरु विरुछ किटानी जाहेरी दिएको डिएसपी श्रेष्ठले बताए । उनले भने–‘कुटपिटपछि मृत्यु भएपछि उषाका भाई सुन्दर राईले किटानी जाहेरी दिए सोही जाहेरीको आधारमा प्रहरीले ४ जनालाई पक्राउ गरिएको हो, संलग्न अन्यको खोजी भइरहेको छ ।’
उनले घट्नामा अरु पनि संलग्न रहेको किटानी जाहेरी परेको बताए । उनले भने–‘यो घटनामा सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको पनि संलग्नता रहेको जाहेरी परेको छ उनीहरुलाई हामीले पक्राउ गर्न सकेका छैनौ,े खोजी भइरहेको छ ।’

उनले नाम नखुलेको तर घटना भएको भिडियोमा देखिएका अन्य संलग्नहरुको पनि पहिचान गर्ने र खोजी गर्ने कार्य भइरहेको डिएसपी श्रेष्ठले बताए ।
घट्नाको विषयमा धरानमा केही दिन तनाव भएको थियो । दोषी उपर कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा घेराउ गर्ने, बीपीको मर्चरी घेराउ गर्ने, पोष्ट मार्टम र दाहसँस्कारसम्म गर्न दिएका थिएनन् । तर प्रहरीले घट्नामा संलग्नलाई कारबाही गर्ने भएपछि पोष्टमार्टमसँगै मृतकको दाहसस्कार भएको थियो ।

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved