कानुनी प्रक्रिया पुरा नगरी साबुन उद्योग

  • मंसिर २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विजयपुर/  कानुनी प्रक्रिया पुरा नगरी वन क्षेत्रमा साबुन उद्योग स्थापना गर्न थाले पछि जिल्ला वन कार्यालयले निर्माण कार्यको अवरोध गरेको छ ।
धरान वडा नम्बर २० मा निर्माण हुदै गरेको ‘माया धराने’ नामको साबुन उद्योग निर्माण गर्न गत सोमबार मेयर हर्क राज राईले शिलान्यास गरेका थिए । तिन महिना अघि कार्यपालिका बैठकले साबुन उद्योग स्थापना गर्ने निर्णय गरे पनि वन कार्यालय र वन उपभोक्ता समिती सँग समन्वय गरेर मात्रै अघि बढ्न आग्रह गर्दै आएको थियो ।

तर मेयर राईले धरान २० स्थित देवी गाउँ क्षेत्रमा साबुन उद्योग संचालन गर्ने भन्दै उद्योग निर्माण गर्न लागेका हुन् । सोमबार जिल्ला वन कार्यालयका अधिकृत सहित वन हेरालुहरुले निर्माण कार्यको अवरोध गरेको छ । 

उद्योग खोल्न कुनै अवरोध नगरेको तर वन क्षेत्र भएकाले प्रक्रिया पुरा गर्न आग्रह गरिएको वन डिभिजन कार्यालयका कर्मचारी हरि प्रसाद कार्कीले बताए । उनले भने, विकाशमा हामीले अवरोध गर्न खोजेको हैन्, तर वन क्षेत्र भित्र रहेकाले प्रक्रिया पुरा गरेर आउन आग्रह गरिएको हो ।’

वन क्षेत्र भित्र रहेको जमिन प्रयोग गर्नका लागि मन्त्रालयबाटै स्वीकृत हुनुपर्छ । तर मेयर राईले स्थानीयको अधिनमा रहेको जग्गा भन्दै कसैलाई सोध्नु नपर्ने भन्दै वन कर्मचारीलाई फर्काएका छन् । जिल्ला वन कार्यलयबाट आएका कर्मचारीलाई किन उद्योग खोल्न नपाइने उत्तर लिएर आउनु भन्दै पठाएका थिए । राईले आफु धरानको नगर प्रमुख भएको हैसियतले नगरको निर्णय भएको उनले बताए । उनले कर्मचारीलाई नै उल्टै प्रश्न गर्दै भने, ‘वन क्षेत्र पर्छ भनेर कसले पठायो, नगरपालिकाको ऐलेनी जग्गामा साबुन उद्योग खोल्न लागेको हो, जग्गा वनको होइन् ।’ उनले त्यस क्षेत्र परिषरमा बनेका अन्य संरचनाहरुको विषयमा पनि प्रश्न गरेका थिए ।

 

युएन नवोदयकलेजका हो ...

सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित ...

धरानमा सातौँ इन्टर भ ...

धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्याल ...

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved