स्थानीय

    Showing 4,071-4,080 of 5,054 items.
  • प्रदेश १ स्तरीय अल्फाविटा अन्तर कलेज बास्केटवल महिला पुरुष दुवै उपाधि धरान मेघाको पोल्टामा

    धरान / धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा सम्पन्न प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधि धरान मेघा हिमालयन कलेजले जितेको छ । धरान उपमहानगरपालिका प्रमुख मेयर हर्कराज साम्पाङ राइको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा महिलातर्फ सियोन स्कुललाई २९–११ र पुरुषतर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरीलाइ ४२–३९ अंकले पराजित गर्दै धरान मेघाले उपाधि जितेको हो । धरान मेघाले उपाधिसँगै पुरुषतर्फ नगद ३० हजार र महिलातर्फ २० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरि पुरुषतर्फका उपविजेता राष्ट

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 828 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिटी, टेम्पो चालक आन्दोलित ‘हाम्रो रोजीरोटी गुम्यो, समाधान नभए आन्दोलन गर्छौँ’

    धरान /  अझै पनि सिण्डिेट प्रथा कायम रहेको, एकतर्फी पार्किङले समस्या निम्त्याएको भन्दै सिटी तथा टेम्पो सफारी चालकहरुले धरान उपमहानगरपालिका घेराउ गरेका छन् । उनीहरुले समस्याको समाधान गरिदिन माग गर्दै मेयर हर्क साम्पाङलाई ज्ञापनपत्र समेत बुझाएका छन् । उपमहानगरपालिकाको गेट अगाडि सिटी सफारी र टेम्पो राखेरै आन्दोलनमा उत्रिएका उनीहरुले आफूहरुको मागको सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । टेम्पो, सफारी चालक संघर्ष समितिका अध्यक्ष दलप्रकाश लावतीले फागुन ८ गतेबाट धरान उपमहानगरपालिकाले एकतर्फी सवारी सञ्चालन गर्ने निर्णयले टेम्पो र सफारी चालक व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा असर परेको

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक्स्पोको तयारी पूरा उद्घाटन प्रदेश १ का मुख्यमन्त्रीबाट

    धरान /  लगानीमा प्रवर्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको एक्स्पोको तयार पूरा भएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।बुधबार एक्सो हुने स्थल धरान १६ स्टेडियममा पत्रकार सम्मेलको आयोजना गरी तयारी पूरा भएको जानकारी दिएको हो । एक्सोको बिहीबार साढे १२ बजे प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएका छन् । स्थानीय स्तरको उत्पादनलाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर ‘धरान एक्स्पो २०७९’ को आयोजना गर्न लागिएको सुनसरी उद्योग वाणिज्य सघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । देशकोसंक्रमणकालीन अवस्थालाई चिर्दै लगानी गर्न

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 860 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘व्यावसायिक प्रवर्धन गर्न एक्स्पोको आयोजना गरेका हौँ’

     धरान /सुनसरीको व्यापारिक प्रवर्धन गर्ने उद्देश्यका साथ फागुन ११ बाट सुरु हुन लागेको धरान एक्स्पो २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा हुन लागेको एक्स्पोलाई धरान उपमहानगरपालिका र प्रदेश १ सरकारले सहयोग गरेको छ । दश दिनसम्म सञ्चालन हुने एक्स्पो धरान रंगशाला छेउमा रहेको खाली मैदानमा डोम प्रविधिको सहयोगमा निर्माण गरिएको अस्थायी संरचनामा सञ्चालन हुनेछ । प्रदेश १ का स्थानीयलाई बदलिदो प्रविधि, उत्पादन र बजारीकरणको अनुभव गराउन, सुनसरी क्षेत्रका रैथाने उत्पादनलाई व्यावसायीकरण, प्रवर्धन गर्न र विभिन्न क्षेत्रका व्यवसायी, उद्यमी, व्यापारीहरुका माझ अनुभव आदानप्

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 1,182 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • व्यक्तिगत स्वार्थभन्दा माथि उठे प्रदेश सांसद

    मोरङ /  प्रायः जसो व्यक्तिगत स्वार्थमा निहीत भएर प्रश्न सोध्ने प्रदेश सांसदहरुले सोमबार भएको बैठकमा भने जनजीविकाको सवाललाई प्राथमिकतामा उठान गर्दै समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित हुनुपर्ने सुझाव दिए । उनीहरुले कृषकले भोगेका समस्या र स्वास्थ्य सेवामा सर्वसाधारणले भोग्नुपरेका कुरालाई बैठकको शून्यमा प्राथमिकताका साथ उठान गरेका हुन् । खासगरी संसदभित्रै पनि बोल्ने मौका पाउँदा सांसद अरु नै विषयमा टिकाटिप्पणीमा आफ्नो धेरै समय खर्चिन गरेका छन् । तर सोमबार प्रदेश १ को संसदमा सांसदहरुले जनजीविकाको सवाललाई गम्भीर रुपमा उठाए । प्रदेश १ का प्रदेशसभा सदस्यले रसायनिक मलको अभाव र किसानको स

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 808 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापामा एक व्यक्तिकाे आत्मदाह प्रयास

    बिर्तामोड/झापाको बिर्तामोडमा एक युवाले आत्मदहको प्रयास गरेका छन् । आज मंगलबार करिब ४ बजेतिर झापा विर्तामोड ७ घर भएका विजय चौधरीले आत्मदाहको प्रयास गरेको वर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ । आत्मदाहबाट उनको शरीरको पछाडिको भाग जलेको छ । तत्काल उद्धार गरिएकोले अवस्था सामान्य रहेको, प्रहरीले बताएको छ । अहिले उनको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । दुई साताअघि इलामका प्रेम आचार्यको काठमाडौंमा आत्मदाहबाट मृत्यु भइ सकेको छ । के कारणले चौधरीले आत्महदको प्रयास गरेका हुन् भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 1,200 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सडकको स्तरोन्नतिमा विलम्ब नगर

    सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक धुवाँ धुलोबाट पीडित भएको समाचार प्रकाशमा आएको छ । सो सडकखण्डको स्तरोन्नति नहुँदा त्यहाँका नागरिकलाई लुगा र खाद्य सामग्री जोगाउन समस्या भएको छ । यति मात्र होइन, खेतबारीका अन्नबाली तथा तरकारी जोगाउन पनि समस्या भएको कुरा समाारमा उल्लेख छ । धुवाँ धुलोका कारण त्यहाँका नागरिकले स्वच्छ हावामा श्वास फेर्न पनि पाएका छैनन् । यसबाट त्यहाँका नागरिकमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । सडक स्तरोन्नति हुन नसक्दा स्थानीयको जनजीवनमै नकारात्मक प्रभाव पर्न थालेको छ । धुलोले ढाकेर बालीनाली नसप्रिने समस्या किसानले भोगिरहेका छ

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 667 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ स्तरीय अल्फाविटा अन्तर कलेज बास्केटबल पुरुषतर्फ चार स्कुल सेमीफाइनलमा प्रवेश

    धरान /  प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको प्रतियोगितामा पुरुष तर्फ धरान मेघा हिमालयन कलेज, धरान सिटी कलेज, राष्ट्रिय जनसेवक कलेज इटहरी र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड सेमिफाइनल प्रवेश गरेका छन् । सोमबार भएको क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेवकले युएन नवोदयलाई ५४– ३० अंकले र आदर्श स्कुल बिर्तामोडले इन्जिनियर क्याम्पस धरानलाई ४२ –२२ अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । खेलमा राष्ट्रिय जनसेवक र युएन कलेजले प्रत्येक क्वाटरमा १२–६, १३–८, १२–५ र १७–११ अंक जोडेका थिए । यसै गरि दोस्रो खेलमा अदर्श स्कुल बिर्ताम

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वस्थ बन्नकै लागि वडा वडामा खुल्ला व्यायामशाला

    धरान /  व्यस्त जीवनशैली, अस्वस्थ खानपिनसँगै व्यायमको अभावका कारण दिनप्रतिदिन शारीरिक तथा मानसिक रोगीको संख्या बढ्दै गएपछि धरान उपमहानगरपालिकाका वडाहरुले स्वास्थ्य जीवनयापनको लागि धमाधम व्यायामशाला निर्माण गर्न थालेका छन् ।धरान उपमहानगरपालिका वडा नं. १३ बाट सुरु भएको यो अभियान त्यसपछि धरान १८, धरान १४, धरान ७ मा खुल्ला व्यायामशाला निर्माण भएका छन् । पछिल्लो समय धरान १६ ले समेत व्यायामशाला निर्माण गरेको छ ।धरान उपमहानगरपालिका वडा नं. १६ ले धरान रंगशालाको गेट अगाडि व्यायामशाला निर्माण गरेको हो । व्यामशालाको उद्घाटन धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले गरेका छन् । स्वस्थ जी

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 734 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा एकतर्फी प्रणाली लागू कार्यान्वयन गर्न चुनौती

    विजयपुर /  धरान बजारको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि धरान उपमहानगरपालिकाले यसको व्यवस्थापन गर्न एकतर्फी प्रणाली लागू गरेको छ ।धरानमा दैनिक बढ्दै गएको सवारी साधनको चापलाई मध्यनजर गर्दै यसको नियन्त्रण गर्दै अस्तव्यस्त ट्राफिक व्यवस्थापनका लागि धरानमा एकतर्फी प्रणाली सोमबारबाट गरेको होे । लागू गर्नुभन्दा पहिला धरानको भानुचौकमा एक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमपश्चात धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीषक श्यामकुमार बस्नेत, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, सशस्त्र प्रहरी टोली, जनपथ प्रहरी ट

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 1,018 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved