स्थानीय

    Showing ३१-४० of ५,३३१ items.
  • धरान जुनियर जेसीजको तीन दिने विपद् व्यवस्थापन तालिम सम्पन्न

    धरान/ धरान जुनियर जेसीजको आयोजनामा तीन दिने बृहत् विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ। स्थानीय युवा तथा विद्यार्थीलाई विपद्का बेला उद्धार, प्राथमिक उपचार तथा पूर्वतयारीमा सक्षम बनाउने उद्देश्यले असोज १६ गतेदेखि १८ गतेसम्म तालिम सञ्चालन गरिएको हो। सशस्त्र प्रहरी बल धरान बेस क्याम्पको प्राविधिक सहयोगमा सञ्चालित तालिममा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) युकेश उप्रेती मुख्य प्रशिक्षकका रूपमा सहभागी थिए। उनलाई सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका इन्स्पेक्टर मेघराज राउत नेतृत्वको टोलीले सहयोग गरेको थियो। तालिममा आगलागी नियन्त्रण, भूकम्पपछि खोज तथा उद्धार, प्राथमिक उपचार, पौडी तथा लाइफगार्

    • प्रकाशित मितिः असोज १९, २०८३
    • १३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका दुई युवक विराटनगरमा खैरो हेरोइनसहित पक्राउ

    धरान/ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धरानका दुई युवक लागूऔषध खैरो हेरोइनसहित विराटनगरमा पक्राउ परेका छन्। मोरङको विराटनगर महानगरपालिका–१६ स्थित दरैया चोकमा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–९ का ३३ वर्षीय नरेश खडगी र ३५ वर्षीय कृष्णा राई रहेका छन्। चेकजाँचका क्रममा कृष्णा राईको साथबाट ४.४७ ग्राम खैरो हेरोइन लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी

    • प्रकाशित मितिः असोज १९, २०८३
    • ४४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगर सहित ३२ वर्षीय विमलराज पक्राउ

    धरान/सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन्। आईतबार साझ धरान उपमहानगरपालिका–८ स्थित फलामे पुलबाट ३२ वर्षीय विमलराज धामीलाई प्रहरीले पक्राउ गरेको हो। लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धामीलाई शंका लागेर खानतलासी गर्दा २.८१ ग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पदार्थसहित धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १९, २०८३
    • ५७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा काउली बोकेको ट्रकबाट २ हजार ४९० किलो गाँजा बरामद

    सुनसरी/ तरकारीको आवरणमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले सुनसरीको इनरुवाबाट दुई जनालाई पक्राउ गरेको छ काउली बोकेको ट्रकमा लुकाएर लैजाँदै गरिएको अन्दाजी २ हजार ४९० किलो गाँजासहित चालक र सहचालक पक्राउ परेका हुन्। बरामद गाँजाको आधिकारिक परिमाण भने तौल लिएपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ। इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा प्रहरीले गरेको चेकजाँचका क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट ८३ बोरा गाँजा बरामद भएको हो। सोमबार बिहान करिब १२ः४५ बजे ट्रक रोकेर जाँच गर्ने क्रममा काउलीको बीचमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको सुनसरी प्रहरीका निमित्त सूचना अधिका

    • प्रकाशित मितिः असोज १९, २०८३
    • ३०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वनेम कल्याण संस्थाको ३०औँ साधारणसभा तथा सम्मान सम्पन्न

    धरान/ वनेम कल्याण संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम शनिबार धरान-१३ स्थित संस्थाको भवनमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि धरान उप(महानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे।कार्यक्रमका प्रमुख अतिथि बेघाले आफ्नो संस्कार, संस्कृति, पहिचान तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले संस्था स्थापना गरी निरन्तर क्रियाशील रहेकोमा वनेम कल्याण संस्थाको प्रशंसा गरे। उनले संस्थाले समुदायको संस्कार र संस्कृतिको संरक्षणसँगै सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताए। मेयर बेघाले संस्थाको भवन निर्म

    • प्रकाशित मितिः असोज १८, २०८३
    • १०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्यमशील सहकारीको १४औँ साधारणसभा सम्पन्न

    धरान/ सुनसरीको धरान–१० स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ४८ लाख ७३ हजार २२५ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । शनिबार सम्पन्न १४औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीले उक्त आर्थिक वर्षमा ४ अर्ब ४२ करोड ७८ लाख ८४ हजार ७२४ रुपैयाँको कुल कारोबार गरेको हो । सहकारीको शेयर पुँजी २८ प्रतिशतले वृद्धि भई ७ करोड ४९ लाख ७४ हजार ४ सय रुपैयाँ पुगेको छ भने शेयर सदस्य संख्या ८ हजार ७२८ पुगेको छ । प्रतिवेदनअनुसार सहकारीले ७ करोड ८७ लाख ४९ हजार १५० रुपैयाँ आम्दानी गर्दा ६ करोड ३८ लाख ७५ हजार ९२४ रुपैयाँ खर्च गरेको छ । आयकर, ब्याज कर,

    • प्रकाशित मितिः असोज १८, २०८३
    • ११४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विश्व प्राणी दिवस : र्‍यालीदेखि सम्मानसम्म, हेभन्ली पथको सामाजिक अभियान

    धरान/  विश्व प्राणी दिवसको अवसरमा हेभन्ली पथ धरानले प्राणीप्रति दया, करुणा र संरक्षणको सन्देशसहित र्‍याली, सम्मान तथा अवलोकन कार्यक्रम आयोजना गरेको छ। आइतबार धरान–१४ स्थित सोमिच्योङ भवनमा कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमअघि भानुचोकदेखि हेभन्ली पथको भवनसम्म र्‍याली निकालिएको थियो। र्‍यालीमा सहभागीहरूले प्राणीप्रति दया, करुणा र सम्मान, जीवजन्तुको संरक्षण तथा मानिस र पशुबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्ने सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री परियारले म

    • प्रकाशित मितिः असोज १८, २०८३
    • ६३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक १७ औं साधारण सभा

    पानवारी/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ पानबारीमा रहेको निसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा आज( आइतबार) सम्पन्न भएको छ ।  उक्त बार्षिक साधारण सभा सभ्य र भव्य रुपमा सम्पन्न भएको अध्यक्ष शिव कटवालले कोशीपत्रलाई बताए । प्रमुख अतिथी कोशी प्रदेशका प्रदेश सभा सदस्य एवम् संस्थाका सल्लाहकार रमेश कुमार बस्नेत रहेको थिए । उनले साधारण सभाको उदघाट्न गरेका थिए भने प्रमुख अतिथीको तर्फबाट मन्तव्य राख्दै संस्थाको अझै उन्नती र प्रगतीको शुभकामना दिदै धरानका लागि महत्पुर्ण रहेको बताएका छन् ।  त्यसगरि साधारण सभामा ६ नं.वडाका कार्य वाहक वडाध्यक्ष राजेन्द्र न

    • प्रकाशित मितिः असोज १८, २०८३
    • १,१५४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँचथरमा २ हजार ५ सय ४० ट्याब्लेटसहित चार जना पक्राउ

    फिदिम/  पाँचथरको फिदिम नगरपालिका–१ शनिबारेबाट प्रहरीले ठूलो परिमाणमा ट्रामाडोल र स्पास पेन प्रो ट्याब्लेटसहित चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा TRAMADOL १ हजार २ सय ७० ट्याब्लेट र SPAS PAIN PRO १ हजार २ सय ७० ट्याब्लेट गरी जम्मा २ हजार ५ सय ४० ट्याब्लेट बरामद गरेको हो। प्रहरीले उक्त ट्याब्लेटसहित चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याएको जनाएको छ। पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–७ घर भई हाल फिदिम नगरपालिका–१ बस्ने एक जना, फिदिम नगरपालिका

    • प्रकाशित मितिः असोज १७, २०८३
    • १,०२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान सिटी रनिङ कपको दोस्रो संस्करण मंसिरमा

    धरान/ दोस्रो धरान सिटी रनिङ कप अन्तर क्लब फुटबल प्रतियोगिता २०८३ मङ्सिर १२ गतेदेखि १९ गतेसम्म धरानमा आयोजना हुने भएको छ । धरान सिटी फुटबल क्लब प्रालिको आयोजनामा हुने प्रतियोगिताका सम्पूर्ण खेल धरान–१६ स्थित धरान रंगशालामा सञ्चालन गरिने क्लबका अध्यक्ष विवेक राईले जानकारी दिए । प्रतियोगितामा आयोजकसहित धरानमा रहेका आठवटा फुटबल क्लब सहभागी हुनेछन् । क्लबका अनुसार प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी टोलीले धरानकै खेलाडीलाई प्राथमिकता दिने जनाइएको छ । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँ तथा उपविजेता टोलीले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र

    • प्रकाशित मितिः असोज १७, २०८३
    • २१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved