स्थानीय

    Showing 3,821-3,830 of 5,054 items.
  • बिहिबार स्थगित भएको धरान कार्यपालिका बैठक पुनः आज दुई बजे बस्दै

    धरान/  बजेट सिमा बिबादित बने पछि स्थगित भएको धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक आज पुनः २ बजे बस्ने भएको छ । बिहिबार बिषयगत समितिका संयोजकहरुले पर्याप्त छलफल नगरी सिमा निर्धारण गरिएको भन्दै बिरोध गरे पछि कार्यपालिका बैठक स्थगित भएको थियो । आज २ बजे कार्यपालिका बैठकका लागि प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईले सुचना जारी गरेका छन् । उनका अनुसार आजको बैठकले बिहिबार उठेका बिषयहरुलाइ समाधान गर्दै वडागत र बिषयगत सिमाहरु अनुमोदन गरेर सबै वडा र समितिमा सिलिङ पठाइने भएको छ । आजको बैठकमा नीति तथा कार्यक्रम, आर्थिक बिधेयक, बिनियोजन बिधेयक पनि पेश गरिने भएको छ । आर्थिक वर्ष २०८०/ ८

    • प्रकाशित मितिः असार ८, २०८०
    • 793 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा हिमालयन कलेजमा तीन हप्ते हस्पिटालिटी वर्कसप

    धरान /होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुका लागी धरान १२ स्थित मेघा हिमालयन कलेजले होटल म्यानेजमेण्ट अन्तरगत तीन हप्ते हस्पिटालिटी वर्कसप सुरु गरेको छ । स्वीस कन्ट्याक्ट प्रोगामसँगको सहकार्यमा वर्कशप शुरु भएको विहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । कलेजका प्राचार्य भाष्कर पौडेलका अनुसार तीन हप्ता सम्म वर्कसप सन्चालन हुनेछ । वर्कसपमा स्वीस कन्ट्याक्ट मार्फत नेदरल्याण्डबाट आएका हस्पिटालिटी एक्स्पर्ट बेरेनड जन हेरिङ्गाले सहभागीहरुलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक हेरिङ्गा २५ वर्षदेखि यस क्षेत्रमा क्रियाशील दक्ष प्रशिक्षक हुन ।

    • प्रकाशित मितिः असार ८, २०८०
    • 947 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ट्रेड युनियन काङ्ग्रेसमा संस्थापन हाबी, अध्यक्षमा योगेन्द्र कुमार कुवर

    सुनसरी /  नेपाल ट्रेड यूनियन काँग्रेसको सातौं राष्ट्रिय महाधिवेशनमा संस्थापन इतर पक्ष हावी भएको छ । बिहीबार भएको निर्वाचनको मत परिणाममा संस्थापन इतर समूहको १७ वटा कार्यसमिति पदाधिकारीमा १५ जनामा जित भएको छ। निर्वाचन समितिका अनुसार अध्यक्षमा संस्थापन पक्षबाट योगेन्द्रकुमार कुवँरले संस्थापन इतरका महेन्द्रप्रसाद यादवलाई ६५ मतान्तरले पराजित गरेकाछन् । कुवँरले ४४१ मत हासिल गर्दा यादव ३७६ मतमा सीमित भए । त्यसैगरि, संस्थापन इतरबाट वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की ४६९ मतसहित विजयी भए । उनले अयोध्याप्रसाद यादवलाई ३३६ मत पराजित गरे । दुई खुल्ला उपाध्यक्षतर्फ संस्थापन इतरबाट दांगका गण

    • प्रकाशित मितिः असार ८, २०८०
    • 715 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बजेट सिमा बिबादित, वडा र बिषयगत सिमा तोकिएन, बैठक स्थगित

    धरान / आर्थिक वर्ष २०८०/८१ लागि धरान उपमहानगरपालिकाले वडागत तथा बिषयगत समितिलाइ बिनियोजन गरेको बजेट सिमा बिबादित बनेको छ ।  धरान उपमहानगरपालिका कार्यपालिकाको बैठकमा श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले पेश गरेको वडागत तथा क्षेत्रगत बजेट सिमाको बिषयमा प्रस्ताब पेश गरे पछि वडाध्यक्ष तथा कार्यपालिका सदस्य र बिषयगत समितिका संयोजकहरुले पर्याप्त छलफल नगरी सिमा निर्धारण गरिएको भन्दै बिबादित बनेको हो । बिबाद समाधान नभएपछी कार्यपालिका बैठक स्थगित भएको छ । बिषयगत समितिले सदस्यहरु सङ छलफल नगरी श्रोत बाडफाड समितिले कार्यक्रम पनि ल्याए पछि बिबाद बढेको हो । ४ घण्टा लामो छलफलमा मेयर हर्कर

    • प्रकाशित मितिः असार ८, २०८०
    • 1,002 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मालपोत कार्यलय पानबारी सर्ने, ५ दिन सेवा अबरुद्ध हुने

    धरान /  भाडाको घरमा संचालन भइरहेको धरानको मालपोत कार्यलयको सेवा आफ्नै भवनबाट संचालन हुने भएको छ । धरानको १६ नम्बर वडामा रहेको कृषि बिकाश बैंकको भवनमा संचालन भइरहेको मालपोतको कार्यलय धरान ६ पानबारीको आफ्नै भवनमा सर्ने भएको छ । मालपोत कार्यलयले आज सुचना जारी गर्दै असार ८ गते शुक्रवार कार्यलय स्थानान्तरण गरिने जनाएको छ । कार्यालयको असार ६ गतेको बैठकले शुक्रवारबाट कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको हो ।   असार ८ गते देखि कार्यलय सार्ने भएकाले असार १२ गते सम्म ५ गते सम्म सेवा प्रवाह अवरुद्ध हुने सूचनामा उल्लेख गरेको छ ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • 2,249 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषमा अर्पाप्त बजेट र बजारीकरणको समस्या भएको कृषकहरुको गुनासो

    धरान/  नेपाली कृषकहरुले उत्पादन गरेको कृषिजन्य साामग्रीको बजारीकरण नहुदा उत्पादन अनुसारको लाभ लिन सकेका छैनन् । धरानस्थित कृषि उपज बजारको तथ्यांकलाई हेर्ने हो भने पनि यहाँका कृषकहरुले उत्पादन गरेको ९० प्रतिशत कृषि सामाग्री भारत निर्यात हुन्छ भने १० प्रतिशतमात्र नेपालमा खपत हुन्छ । उत्पादन गरेको कृषकको सामाग्री भारतीय बजारमा भर पर्नुपर्दा कृषकहरु मारमा परेका हुन् । ‘कृषि प्रधान देश नेपाल’ भनेर संसारभरि चिनिन्छ । यहाँका अधिकांश सर्वसाधारण कृषिमै आधारित भएर जीवनयापन गरिरहेका छन् । तर उनीहरुले उत्पादन गरेको कृषि सामाग्रीको भाउ भारतीय बजारमा भर पर्छ । भारतले बढी मूल्य लिएर

    • प्रकाशित मितिः असार ७, २०८०
    • 1,171 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेसको क्षेत्रीय समिति विस्तार, क्षेत्रीय सम्मेलनमा गगन थापा आउने

    धरान/  नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. १ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति विस्तार गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले समितिको विस्तार गरेको हो । समितिमा मनोनित र आमन्त्रित सदस्य तथा सल्लाहकारहरु चयन गरी विस्तार गरिएको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताएका छन् । विस्तारित समितिका सदस्यहरुमा मुकेश थापा, पदमसुन्दर लिम्वु, पेम्वा तामाङ, गम्भिर दाहाल, तिलक बहादुर कार्की, रामबहादुर मगर, दिनेश श्रेष्ठ, रेखा लिम्वु, आशिष तामाङ, महेन्द्र तामाङ, धनगोपाल राई, गोपाल कार्की र सुमन श्रेष्ठ रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा योगेश थपलिया, प्

    • प्रकाशित मितिः असार ७, २०८०
    • 849 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बन्दाकोपीको मूल्य घट्यो, कृषक मारमा

    धरान /  यस बर्ष बन्दाकोबीको समेत न्यून कारोबार भएको कृषि उपज बजारले जनाएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार पहाडी क्षेत्रबाट बन्दा आउने पिक समय भएपनि बन्दाले सोचेजस्तो मूल्य लिन नपाएको बताए । उनले भने–‘बन्दाको अहिले पिक समय हो, बन्दा भारत निर्यात हुने समय हो, अहिले भारतमा पनि बन्दाकोवीको मूल्य अत्यन्तै न्यून छ, यो भेल झरि नरोकिएसम्म अब भारतमा पनि खासै माग हुदैन ।’ बन्दाकोबीको मुख्य उत्पादन धनकुटा र तेह्रथुम हो । यो बजारबाट अधिकांश बन्दाकोबी भारतसम्म निर्यात हुन्छ । बारीमै व्यापारीहरुले ३ रुपैयामा उठाउने र व्यापारीहरुले यहाँ ल्याएर ७ रुपैयासम्म विक्

    • प्रकाशित मितिः असार ७, २०८०
    • 858 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेहेलेका बाढी पहिरो पिडितलाई प्रदेश सरकारले दियो राहत सामग्री

    सुनसरी/  केही दिन अघि देखिको अबिरल वर्षाको कारण आएको बाढी पहिरोले क्षती पुर्याएको क्षेत्रमा नेपाली सेनाद्वारा राहत सामग्री पुर्याइएको छ । कोशी प्रदेश सरकारबाट प्राप्त राहत सामग्री नेपाली सेनाले हेलिकोप्टर मार्फत ताप्लेजुङ्को सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पुर्याएको हो ।  कोशी प्रदेश सरकारले स्वास्थ्य सामग्री र टेन्ट तथा रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराएका त्रिपाल, कम्बल, भाँडाकुँडासहितका सामग्री पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन । गत शनिबार देखि आएको

    • प्रकाशित मितिः असार ६, २०८०
    • 887 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपांगलाई सहयोग

    धरान /  पुख्यौली घर भोजपुर भएका हाल उदयपुरको बेलका नगरपालिका रामपुरमा बस्दै आउनु भएका तीर्थ बहादुर विक सानै उमेरदेखि पोलियो रोगबाट ग्रस्त छन् । रामपुरमा सानो मोवाइल पसल चलाएर आफ्ना सन्तानलाई बोर्डिङ स्कुल नै पठाउँदै आएका उनलाई जति जति रोगले ग्रस्त बनाउँदै गयो, त्यति त्यति आर्थिक अवस्था कमजोर हुदै गएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण धरान १९ मा रहेको अपांग तथा सहाय केन्द्रले उहाँलाई सहयोग गरेको छ । सानौ उमेरमा पोलियो भएपछि समस्या भोग्दै आएका विश्वकर्मा अपांग तथा असहाय पुनस्र्थापना केन्द्रले दिएको सहयोग लिन कार्यालयमै आएका थिए । मोवाइल पसलबाट राम्रो फाइदा लिन नसकेपछि सडक सडकमा गी

    • प्रकाशित मितिः असार ६, २०८०
    • 980 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved