सुनसरी/ सुनसरीको धरान उपमहानगरपालिका १३ जिरोप्वाईन्टबाट ठुलो परिमाणमा नियन्त्रीत लागुऔषध गाँजा सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट अमरहाट धरानबाट आईतबार बिहान खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बिआर १० पि ९१५४ एमपि १७ टिए ०५१५ नम्बरको दुई वटा बलेरो गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा दुवै गाडीबाट १ सय ४९ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न रहेका चालकहरु भारत बिहारका ३१ बर्षीय मनोरन्जन मुइमार, ३९ बर्षीया गोपी मण्डल र गाडीमा सवार रहेका २३ बर्षीय संजय कुमार मण्डल, ३५ बर्षीया रेखा देवी, ३५ बर्षीया र
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनरस्थापनाको लागि गर्दै आएको काम , योजना र कार्यक्रमहरुको अध्ययनकालागि कंग्गो , तान्जेनिया , नेदरल्याण्ड र केन्याका अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका प्रतिनिधिहरु आएका छन् । अपाङ्गताको क्षेत्रमा काम गर्दै आईरहेको अन्तराष्ट्रिय गैर सरकारी संस्था करुणा फाउण्डेशन मार्फत चार देशबाट पाच जना प्रतिनिधिहरु वराहक्षेत्र आएका हुन् । करुणा फाउण्डेसनमार्फत नेदरल्याण्डबाट रेनी बियोडेशन , तेन्जिनियाबाट एग्नीस , जेवेश मडमी , कंङ्गोबाट किरुदरा जेम्स र केन्याबाट एन्डफेन आएर अध्ययन , अवलोकन तथा सिकाईकालागि आएको सामाजिक बिकाश साखाका
धरान/ श्री सम्यक शिक्षा आधारभूत विद्यालय धरान १७, उदयटोलमा समाजसेवी शरिन तामाङ्गको पहलमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । समाजसेवी दलबहादुर बहादुुर खड्का, सुुमन श्रेष्ठ, रमेश खत्री र नाम खुलाउन नचाहेका दुई जना सहित धरान माडवारी युवाका अध्यक्ष तथा वडा नम्बर २ को वडा सदस्य दिनेश कुमार अग्रवालको तर्फबाट गरी जम्मा ६० थान न्यानो कपडा, ५० थान टोपी र २० थान जुुत्ता वितरण गरिएको हो । न्यानो कपडा वितरण कार्यक्रममा मारवाडी युवा मञ्च धरानका महासचिव तथा मारवाडी युवा संगठनका केन्द्रिय सदस्य चन्द्र अग्रवाल तथा मारवाडी युवा मञ्चका कोषाध्यक्ष मनिष बंशलको उपस्थिति रहेको थियो ।
रामधुनी/ समयमै निर्माण कार्यसम्पन्न नगरे पछि सुनसरीको रामधुनी नगरपालिकाले ठेकेदारको सम्झौता रद्द गरिदिएको निर्णय उच्च अदालतले समेत सदर गरिदिएको छ । स्वास्थ्य चौकीलाई १५ बेडको नगर अस्पतालको रुपमा निर्माण गर्न भुमि इन्फास्ट्रक्चर प्रालि विराटनगर, बुद्ध कन्स्ट्रक्सन प्रालि काठमाण्डौ र ओम बुद्ध इन्जिनियरिङ प्रालि दोलखाको संयुक्त कम्पनी बुद्ध जेभीलाई २०८० असार १० मा निर्माण सम्पन्न हुने गरि २०७८ कार्तिक १ गते ठेक्का सम्झौता भएको थियो । तर समयमा निर्माण कार्य सम्पन्न नगरे पछि नगरपालिकामा सम्झौता रद्द गरिदिए पछि निर्माण कम्पनीले उच्च अदालतमा मुद्धा दायर गरेको थियो । अदालतले पनि विपक्षी रामधुनी
धरान/ धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक लगाएसँगै अनुगमन गरेर वरामद गर्ने र नराख्न सम्झाउने कामलाई तिब्रता दिएको छ । मोरङको विराटनगर उपमहानगरपालिका, काठमाण्डौ महानगरपालिका लगायतका स्थानमा नगर स्तरीय निर्णयबाट रोक लगाएसंगै धरानमा पनि नियन्त्रणका प्रयास थालेको हो । गत २९ पौषमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक स्थलमा सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । सोही अनुरुप नगर प्रमुख हर्क सम्पाङले १५ दिने सार्वजनिक सूचना निकालेर सबैलाई जानकारी समेत गराएका थिए । आइतबारदेखि बजारमा भएका किराना पसल, पान पसलहरुमा
धरान/ वेलायतकै तेस्रो ठुलो नागरिक सम्मान मेम्वर अफ मोस्ट एक्सिलेन्स अर्डर अफ द व्रिटिस एम्पायर (एमविइ) पदवीवाट धरान १५ चेमजोङ पथ निवासी पुर्व व्रिटिस गोर्खा सैनिक सुवास राई सम्मानित हुने भएका छन् । उनलाई वेलायतको वकिमहम प्यालेसमा वेलायतका राजा चाल्र्स तृतियको हातवाट मेडल प्रदान गरेर सम्मान गर्न लागेको हो । यो वेलायतले विशिष्ट व्यक्तित्वहरुलाई मात्र दिइने सम्मानित पदवी हो । वेलायत आर्मि हुँदा र अवकास पछि पनि वेलायत सरकारको सहयोग र सामाजिक कार्यमा सकृय हुदै विशेष योगदान दिए वापत राईलाई सम्मान गर्न लागिएको छ । इङ्गल्याण्ड फुटवलर डेभिड व्याक्ह्याम, महिला गोलकिपर मेरि इयर्पस लगायत यो पदवीले
विराटनगर/ बिराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीज् (सोम्स्) कलेजले लोकसेवा तयारी सम्बन्धि जानकारी गराएको छ । बिद्यार्थीहरुलाइ बेरोजगार अवस्था र बिदेश पलायन हुने सोचलाइ यही पनि सदुपयोग गर्न सके समयमै रोजगार पाउन सक्ने सम्भावनालाइ मध्यनजर गर्दै लोकसेवा तयारीको विषयमा जानकारी गराएको हो । देशमै रोजगारी पाइने सकारात्मक सोचको विकाष गर्ने उद्देश्य अनुरुप लोकसेवाको बारेमा सचेतना तथा त्यसको महत्वको बारेमा जानकारी गराएको हो । कार्यक्रममा व्यवस्थापन संकायतर्फका स्नातक तह अध्ययनरत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम लोकसेवाको तयारी कक्षा संचालन गर्दै आएको न्यु स्टार इन्स्ट्च्यिुटक
बराहक्षेत्र/ पछिल्लो समय हात्तिको आतंकले जनधनको क्षती गर्न थाले पछि वराहक्षेत्रले जंगली हात्ति गाउँमा प्रवेश गर्ने मार्गमा सडकको ट्रयाक खोल्ने काम शुरु गरेको छ । नगरपालिकाले वडा नं २ रेल्वेलाईन पुर्व जंगल छेउ सगरमाथा क्लब भवन नजिकबाट पुनरवास जोड्ने सडकको ट्राक खोल्ने कार्य सुरु गरेको छ । जंगली हात्ती बस्तिमा प्रवेश गर्ने मार्गको रुपमा रहेको रेल्वेलाईन पुर्व पछाडिको क्षेत्रमा गाडि, दमकल लगाएका साधनहरु जान असजिलो हुने गरेको थियो । स्थानीयले उक्त स्थानमा सडकको ट्रयाक खोल्न माग गरे पछि नगरपालिकाले कामलाई अगाडि बढाएको थियो । बाटोको मार्ग बनेसंगै आवतजातमा सहज र हात्ती गाउमा पस्न समेत रोक्न उ
विराटनगर/ कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले आइतबार अनौपचारिक पोसाकमा सेवाग्राही बनेर यातायात कार्यालयको ट्रायल सेन्टर अनुगमन गर्न पुगे । टाउकोमा क्याप, अनुहारमा कालो चश्मा र मुखमा कालै मास्क लगाएका थिए । सेन्टर पुगेर उनले केही सेवाग्राहीसँग कुराकानी गरे । सचिवालयका कर्मचारीहरूले पनि औचपारिक पोसाक लगाएका थिएनन् । मन्त्री राई पुग्दा टेम्पो र सिटिसफारीको ट्रायल भइरहेको थियो । उनी कर्मचारी भएको ठाउँमा पुगे । त्यहाँ ट्राफिक प्रहरीका सई पनि थिए । नचिनिदो गरी त्यहाँको गतिविधि नियाल्न थाले । त्यही क्रममा यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईं मन्त्
दमक/ अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताएका छन् । आर्थिक अवस्था धेरै शिथिल रहेको अवस्थालाई चलायमान बनाउन चुनौती रहेको अवस्थामा आफूहरूले काम गरेको उल्लेख गर्दै उनले अर्थतन्त्रको बाटो बिस्तारै लयमा फर्किसकेको बताए । झापाको दमकमा आइतबार दमक उद्योग वाणिज्य सङ्घले लगाएको पाँचौँ दमक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्रका धेरै समस्याहरू समाधान भएका छन् तर सबै समस्या हल नभएका हुनसक्ने उनको भनाइ छ । उनले भने, ‘‘हिजो नेपाल श्रीलङ्का हुन्छ भन्ने हल्ला थियो ।