हात्ती गाउँ छिर्ने मार्गमा सडक निर्माण

  • माघ २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt - संगम विष्ट

बराहक्षेत्र/ पछिल्लो समय हात्तिको आतंकले जनधनको क्षती गर्न थाले पछि वराहक्षेत्रले जंगली हात्ति गाउँमा प्रवेश गर्ने मार्गमा सडकको ट्रयाक खोल्ने काम शुरु गरेको छ ।

नगरपालिकाले वडा नं २ रेल्वेलाईन पुर्व जंगल छेउ सगरमाथा क्लब भवन नजिकबाट पुनरवास जोड्ने सडकको ट्राक खोल्ने कार्य सुरु गरेको छ ।

जंगली हात्ती बस्तिमा प्रवेश गर्ने मार्गको रुपमा रहेको रेल्वेलाईन पुर्व पछाडिको क्षेत्रमा गाडि, दमकल लगाएका साधनहरु जान असजिलो हुने गरेको थियो ।

स्थानीयले उक्त स्थानमा सडकको ट्रयाक खोल्न माग गरे पछि नगरपालिकाले कामलाई अगाडि बढाएको थियो । बाटोको मार्ग बनेसंगै आवतजातमा सहज र हात्ती गाउमा पस्न समेत रोक्न उपयोग हुनेछ ।

वडा नं २ को रेल्वेलाई सगरमाथा क्लबको भवन नजिक देखि पुनरवास शान्ति चौकसम्म खोलिने ट्रयाक लम्बाई करिव डेढ किलोमिटर र चौडाई ३० फिट रहको छ ।

बाटोको मार्ग बनेसंगै अब ग्राबेलको काम समेत गरिने नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

बाटोको मार्ग बनेसंगै सयौ परिवारहरुलाई प्रत्यक्ष फाइदा र स्थानीयहरुले सुरक्षित समेत भएको महसुस गर्ने भएका छन् ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved