एक इट्टा अभियानमा सहयोगको अपिल

  • माघ २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt - चन्दन रौनियार

 इटहरी/ सुनसरीको इटहरी उपमहानगर २ स्थित माया घर नेपालले भिन्न कारण बस सडकमा कष्टकर जीवन बिताएकाहरूलाई उद्धार गर्दै आएको माया घरले यो साता ५ जनाको उद्धार गरेको हो ।

धनकुटा आलेगाउकि २७ वर्षीया मनु राई ,धनकुटाकै विश्रान्ति आश्रमकी ६३ वर्षीया सुकुमाया लिम्बु ,इटहरीबाट ७० वर्षीय टेक बहादुर लिम्बु , इटहरीकि ५३ वर्षीया मिठु खतिवडा , र इटहरी खनारकि ३७ वर्षीया रिता गिरिलाई उद्धार गरी माया घर ल्याइएको हो ।

उद्धार गरिएका मध्ये टेक बहादुर र रितालाई २४ घण्टा भित्रै परिवारको जिम्मा लगाइएको माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन । त्यस्तै यो साता माया घरमा ५ जनाले आ आफ्नो जन्मदिन मनाएको छन् । जसमा धरान , इटहरी , रामधुनी उर्लाबारी लगायतका छन् ।

बिगतको समय भन्दा अहिले माया घरमा सहयोगी हातहरू घटेकी अध्यक्ष प्याकुरेलले बताइन ।हाल माया घरमा १५० भन्दा बढीले आश्रय लिँदै आएका छन् ।

माया घरमा आश्रीतहरूलाइ सुविधा सम्पन्न भवनमा राख्न अहिले एक इँटा अभियान थालनी गरिएको छ ।

जसमा सबैलाई सहयोगको अपेक्षा पनि गरिएको छ । इटहरी २ आयुर्वेदिक टोलमा साढे ६ करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न भवन बनाउने योजना रहेको व्यवस्थापक बाबुराम सुवेदीले बताए ।

‘त्यस मध्ये पहिलो तलाको काम एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ’ व्यवस्थापक सुवेदी भने ‘ त्यसको लागि एक इँटा अभियान अन्तरगत सबैलाई जोड्ने प्रयास गरिएको हो ।’myaghar

२०८० भित्र एक तलाको काम सकिने गरी काम भइरहेको सुवेदी बताउँछन् ।

कोशी प्रदेश सरकारबाट रु एक करोड विनियोजन गरी ठेक्का लगाएपछि भवन निर्माण अघि बढेको हो । भवन निर्माणकै लागि एक करोड भन्दा बढी रकम एक इँटा अभियानबाट सङ्कलन गरिने लक्ष्य रहेको व्यवस्थापक सुवेदी बताउँछन् ।

जसकालागि यो अभियानमा सरिक हुन सबैलाई आग्रह पनि गरेका छन् ।

आश्रितलाई पर्याप्त सुत्ने व्यवस्था नभएकोले सुविधा सम्पन्न भवन बनाउने योजना बनाइएको संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन् ।

२०७४ साल पुसमा पुराण लगाएर यो संस्थाले औपचारिक सेवा दिन थालेको हो । त्यस अघि नै संस्थामा आबद्ध इटहरीका केही महिलाहरूले सडक मानव उद्धार गर्न थालेका थिए ।

उद्धार गरिएका सडक मानवलाई व्यवस्थापन गर्ने ठाउँ नहुँदा इटहरी २ मा जग्गा खोजी गरी व्यवस्थापनको काम थालिएको थियो ।

स्थानीयवासीको अग्रसरतामा संस्थाले करिब ७ कट्ठा जमिन आफ्नो बनाएको छ । त्यस मध्ये अधिकांश जमिन दाताबाटै प्राप्त भएको संस्थाले जनाएको छ ।

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved