इटहरी ट्रायल सेन्टरमा प्रदेश मन्त्रीलाई ट्राफिक प्रहरीले धकेले

  • माघ २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt - फाईल तस्बिर

विराटनगर/ कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले आइतबार अनौपचारिक पोसाकमा सेवाग्राही बनेर यातायात कार्यालयको ट्रायल सेन्टर अनुगमन गर्न पुगे ।

टाउकोमा क्याप, अनुहारमा कालो चश्मा र मुखमा कालै मास्क लगाएका थिए । सेन्टर पुगेर उनले केही सेवाग्राहीसँग कुराकानी गरे । सचिवालयका कर्मचारीहरूले पनि औचपारिक पोसाक लगाएका थिएनन् । मन्त्री राई पुग्दा टेम्पो र सिटिसफारीको ट्रायल भइरहेको थियो ।

उनी कर्मचारी भएको ठाउँमा पुगे । त्यहाँ ट्राफिक प्रहरीका सई पनि थिए । नचिनिदो गरी त्यहाँको गतिविधि नियाल्न थाले । त्यही क्रममा यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईं मन्त्रीको नजिकै आए र ठूलो स्वरमा ‘तपाइँ को हो यहाँबाट गइहाल्नुहोस’ भन्दै कड्किए । मन्त्री राई केही पर सरे । फेरि चुपचाप लागिरहे ।

हाफ भेष्ट, हाफ ज्याकेट कालो चश्मा र मास्क लगाएर यातायातका कर्मचारी तथा ट्राफिक बस्ने छेउमै गएर उभिँदा उनलाई कसैले चिनेनन् । सचिवालयका कर्मचारीले सरकारी पोसाकमा थिएनन । मन्त्रीका पिएसओ पनि सादा पोसाकमा थिए ।

मन्त्री झन्डावाला नलिएर अर्कै गाडीमा गएका थिए । केहीबेर उभिएपछि मन्त्री राईलाई ट्राफिक प्रहरीले हट्न भने । तर उनले अटेर गरेर बसेपछि प्रहरीले यहाँ बस्न पाइँदैन भनेर धकेलेर त्यहाँबाट हटाउन खोजेका थिए । त्यसपछि उनले मास्क खोले । कर्मचारीहरूले उनलाई चिनेर कुर्सीमा बस्न आग्रह गरे ।

“सेवाग्राही भएर जाँदा मलाई त प्रहरीले ठेलठाल गरे,” उनले भने, “सोझा साझा सेवाग्राहीले सजिलै सेवा पाउँदैन भन्ने देखेर आए ।” उनले थप अनुगमन गरेर नागरिकलाई सहज हुने वातावरण बनाउने बताए ।

ट्रायलमा फेल पास ठाउको ठाउँ गर्नुपर्ने व्यवस्था बने पनि कर्मचारीले उति नै बेला केही नगर्ने गरेको पाइएको बताए । ‘ट्राफिकले फेल पास भन्दो रहेछ’ उनले भने तर कर्मचारीले भर्ने फाममा भने खालि नै राख्दा रहेछन् । यसले पनि आर्थिक चलखेल हुन्छ भन्ने देखाएको छ ।’

यता, यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्र प्रसाद प्रसाईँले यातायात कार्यालयमा बिचौलिया प्रवेश गर्ने नदिएको बताए । भीड हुने गरेकाले फेल पासको उति नै बेला नलेखेको दाबी गरे । भने, “केही त्रुटि नहोस भनेर पछि लेख्ने गरिएको छ । हतारमा चेक लिस्टमा नाम चढाउँदा बिग्रने डरले हुन्छ ।”

यातायातका निमत्त प्रमुख प्रसाईंले यातायात कार्यालयले सकेसम्म सेवाग्राहीलाई झन्झट नदिने प्रयास गर्दै आएको दाबी गर्दै भने, “फेसबुक पेज पनि बनाएका छौं । त्यसमा परीक्षा, ट्रायल आदि सबै विषयमा जानकारी राखिदिने गरेका छौं ।”

मोटरसाइकलको सेवाग्राही लाइनै जाँदा गल्ती हुनसक्ने भएकोले त्यो टेबुलबाट नउठी चेकलिस्ट नभर्ने गरिएको जिकिर गरे । केरमेट नहोस भनेर तत्कालै नगर्ने गरेको उनले दाबी गरे ।

इटहरी कार्यालय महिनामा पाँच पटक ट्रायल गराउने गर्दछ । त्यसमा हलुकादेखि ठूला सवारी साधनको पनि ट्रायल गराइन्छ ।

एक पटकमा डेढदेखि दुई सयसम्मले ट्रायल दिन्छन । बायो मेट्रिक भएको चार दिनमा ट्रायल हुन्छ । एक दिन रिट्रायल गर्ने प्रबन्ध समेत गरिएको कार्यालयले जनाएको छ ।

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved