अर्थतन्त्र लयमा फर्किसक्यो:अर्थमन्त्री डा. महत

  • माघ २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

दमक/ अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताएका छन् ।

आर्थिक अवस्था धेरै शिथिल रहेको अवस्थालाई चलायमान बनाउन चुनौती रहेको अवस्थामा आफूहरूले काम गरेको उल्लेख गर्दै उनले अर्थतन्त्रको बाटो बिस्तारै लयमा फर्किसकेको बताए ।

झापाको दमकमा आइतबार दमक उद्योग वाणिज्य सङ्घले लगाएको पाँचौँ दमक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्रका धेरै समस्याहरू समाधान भएका छन् तर सबै समस्या हल नभएका हुनसक्ने उनको भनाइ छ ।

उनले भने, ‘‘हिजो नेपाल श्रीलङ्का हुन्छ भन्ने हल्ला थियो । अहिले हामीसँग विदेशी पुँजीको सञ्चिति धेरै छ । हामीले वर्ष दिनभन्दा बढी विदेशी सञ्चितिले धान्न सक्छौँ ।’’

बाहिरबाट प्रशस्त मात्रामा पुँजी नेपालको अर्थतन्त्रमा आएको मन्त्री महतले उल्लेख गरे । यद्यपि आएको पुँजी चलायमान नभएको उनको भनाइ छ ।

मन्त्री महतले कोभिडको समयमा धेरै र सस्तो ऋण प्रवाह भएको जानकारी दिदैँ त्यो उत्पादक क्षेत्रमा लगानी नभएकाले यसको असर देखिएको बताए । त्यो समयमा शेयर बजार, जग्गा कारोबार अत्यधिक लगानी भएको तर प्रतिफल ननिस्केको उनले बताए ।

शेयर बजार र जग्गाको कारोबारमा धेरै शिथिलता आउनुले पनि अर्थतन्त्रमा असर पुगेको उनको भनाइ थियो । त्यसपछि राष्ट्र बैङ्कले ऋण प्रवाहमा कडाइ गर्न थालेपछि ब्याजदर बढ्दा फेरि थप जटिलता आएको र यस कारणले नेपालमा आर्थिक मन्दी आएको उनको दाबी छ ।

आर्थिक मन्दीको अवस्थामा सहकारी क्षेत्रमा पनि विकृति मौलाएको र यसको असर पनि देखिएको उनले बताए । मन्त्री महतले अर्बौँको कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्ने संयन्त्र प्रभावकारी नभएको फाइदा लिएर जनताको बचत रकम जथाभाबी रूपमा ऋण प्रवाह भएको पाइएको जानकारी दिए ।

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved