गाँजा सहित १४ जना पक्राउ

  • फागुन १, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको धरान उपमहानगरपालिका १३ जिरोप्वाईन्टबाट ठुलो परिमाणमा नियन्त्रीत लागुऔषध गाँजा सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट अमरहाट धरानबाट आईतबार बिहान खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बिआर १० पि ९१५४ एमपि १७ टिए ०५१५ नम्बरको दुई वटा बलेरो गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा दुवै गाडीबाट १ सय ४९ केजी गाँजा बरामद भएको थियो ।

गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न रहेका चालकहरु भारत बिहारका ३१ बर्षीय मनोरन्जन मुइमार, ३९ बर्षीया गोपी मण्डल र गाडीमा सवार रहेका २३ बर्षीय संजय कुमार मण्डल, ३५ बर्षीया रेखा देवी, ३५ बर्षीया रिङ्की देवी, ३५ बर्षीया दया मण्डल, ३७ बर्षीय राजेश मण्डल,

४० बर्षीया पुनम देवी र २४ बर्षीया गुडिया देवीलाई समेत पक्राउ गरेको हो ।

पक्राउ गरेसंगै उक्त घटनामा बिआर १० एजे ४४८६ नम्बरको कार चालक भारत बिहारका २३ बर्षीय सन्तोष साह, कारमा सवार २३ बर्षीय अंकित कुमार यादव, राजा जैसवाल, शिवम् सिंह

र सत्यम यादवको संलग्नता रहेको पाईएकोले उनीहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरेको लागुऔषध गाँजा, सवारी साधन र पक्राउ परेका उनिहरुका विषयमा थप अनुसन्धान प्रहरीले जनाएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved