वराहक्षेत्र अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यमा उत्कृष्ट "चार देशका प्रतिनिधिहरु अध्ययनलागि आए"

  • फागुन १, २०८०
  • कोशीपत्र/संवाददाता
alt - संगम विष्ट

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनरस्थापनाको लागि गर्दै आएको काम , योजना र कार्यक्रमहरुको अध्ययनकालागि कंग्गो , तान्जेनिया , नेदरल्याण्ड र केन्याका अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका प्रतिनिधिहरु आएका छन् ।

अपाङ्गताको क्षेत्रमा काम गर्दै आईरहेको अन्तराष्ट्रिय गैर सरकारी संस्था करुणा फाउण्डेशन मार्फत चार देशबाट पाच जना प्रतिनिधिहरु वराहक्षेत्र आएका हुन् ।

करुणा फाउण्डेसनमार्फत नेदरल्याण्डबाट रेनी बियोडेशन , तेन्जिनियाबाट एग्नीस , जेवेश मडमी , कंङ्गोबाट किरुदरा जेम्स र केन्याबाट एन्डफेन आएर अध्ययन , अवलोकन तथा सिकाईकालागि आएको सामाजिक बिकाश साखाका प्रमुख अरुण मेहताले बताए ।

उनिहरुले नगरपालिकाले अपाङ्गता क्षेत्रमा गर्दै गरेको कामको अबलोकन , अध्ययन , स्थलगत अबलोकनसंगै नगर प्रमुख रमेश कार्की , उप-प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत देबेन्द्रबहादुर मल्ल तथा अपाङ्गताको क्षेत्रमा काम गर्ने नगरपालिकाका प्रतिनिधिहरुसंग छलफल र अन्तर्क्रिया समेत गरेको नगरपालिकाका सामाजिक बिकास शाखाका प्रमुख अरुण मेहताले जानकारी दिए ।

नेदरल्याण्डबाट रेनी बियोडेशन , तेन्जिनियाबाट एग्नीस , जेवेश मडमी , कंङ्गोबाट किरुदरा जेम्स र केन्याबाट एन्डफेनले वराहक्षेत्र नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनरस्थापनाको लागि गर्दै आएको काम ,

योजना र कार्यक्रमहरुहरु अध्ययन गरेर आफ्नो देशमा अपाङ्गता रोकथाम र पुनरस्थापनामा काम गर्ने करुणा फाउण्डेशनका बरिष्ट व्यस्थापक कमल कोइरलाले जानकारी दिए ।
नगरपालिकाले अपाङ्गता रोकथाम तथा पनरस्थापनाकालागि सहकारी सञ्चालन , समूह गठन ,

सहयोग , उपचार , अपाङ्गता सहयोग सामाग्री बितरण , पहिलो काड प्राप्त गरेका अपाङ्गता भएका मानिसहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान लगाएका कामहरु गर्दै आएको र यसैलाई उनिहरुको देशमा अध्ययन गरेर काम गर्न वराहक्षेत्र अध्ययन ,

अवलोकन र सिकाईकालागि आएको करुणा फाउण्डेसका सुनसरी प्रकुख भारती देवले बताईन् ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved