धरान/ धरानमा शनिबार सम्पन्न चौथो संस्करणको ‘गोर्खा ट्रेल ब्लेजर’ प्रतियोगितामा पुरुषतर्फ धरानका उमेश थापा र महिलातर्फ दार्जिलिङकी प्रिया तामाङले उपाधि जितेका छन्। ९ किलोमिटर दूरीको उक्त दौड उमेशले २५ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै २० हजार रुपैयाँ नगद र उपाधि हात पारे। महिलातर्फकी विजेता प्रियाले निर्धारित दूरी ३० मिनेट ४६ सेकेन्डमा पार गर्दै २० हजार रुपैयाँ नगद प्राप्त गरिन्। प्रिया १४औँ धरान रनकी तेस्रो विजेता समेत हुन्। प्रतियोगितामा पुरुषतर्फ विकास भुजेल २५ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गरी दोस्रो भए भने २५ मिनेट ५४ सेकेन्डमा दूरी पार गरेका अमिर लिम्बु तेस्रो बने। उनी
काठमाडौं/ मुलुकको राजनीतिक वृत्तलाई तरंगित बनाउने घटनाक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनीहरूलाई शनिबार बिहान भक्तपुरबाट नियन्त्रणमा लिएर काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। प्रहरी स्रोतका अनुसार ओलीलाई गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरिएको हो। हाल दुवैजनालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनको घटनालाई लिएर गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री ओली, रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका
इटहरी/ मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुल इटहरी ले विद्यार्थी र अभिभावकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयले विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल सँगको सहकार्यमा सञ्चालन गरेको उक्त एकदिने शिविरमा विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता देखिएको थियो। शिविरमा ३०० भन्दा बढी विद्यार्थी र करिब १०० अभिभावकसहित झण्डै 400 जनाको स्वास्थ्य परीक्षण गरिएको विद्यालयले जनाएको छ। सहभागीहरूलाई सामान्य स्वास्थ्य जाँच, आँखाको परीक्षण, रक्तचाप (ब्लड प्रेसर) मापन, सुगर परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिए
इनरुवा/ नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्तौला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षस्थित अक्वा बर्ड रिसोर्टमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनबाट गड्तौलालाई अध्यक्षमा चयन गरिएको हो। अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ। उपाध्यक्षमा सनम तमाङ र सोहन श्रेष्ठ सचिवमा नसीम अन्सारी,सहसचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्ठ चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा स्नेहा श्रेष्ठ र सह–कोषाध्यक्षमा शुक्रान्त राई चयन भएके छन्। यसैगरी सदस्यहरूमा चन्द्रकला चौधरी, हिरण कार्की, प्रतीक राई, विवेक श्रेष्ठ, प्रवेशकुमार लिम्
धरान/ मृगौलिया नेवाःपुचःको प्रारम्भिक भेलाले कर्ण बहादुर प्रधानको अध्यक्षतामा सर्वसम्मत रुपमा समिति चयन गरेको छ । मंगलवार भएको आम भेलाले प्रधानको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । नव गठित समितिको उपाध्यक्ष,सचिव, र कोषाध्यक्षमा क्रमस पार्वता प्रधान, निरबहादुर प्रधान,गीता प्रधान र सहसचिव देवबहादुर प्रधान चयन भएकाछन् । सदस्यहरुमा गणेश प्रधान,खण्डमान श्रेष्ठ,कमला प्रधान,सरिना प्रधान,रामबहादुर प्रधान,गोमा प्रधान रहेकाछन् । सल्लाहकारहरुमा प्रमुख सल्लाहकारमा भोला श्रेष्ठ, रण बहादुर प्रधान,जित बहादुर प्रधान,नोमा प्रधान,सुस्मिता प्रधान,सम्मेर श्रेष्ठ चयन भएकाछन् । संस्थाको विधान मस्यौदा
धरान/ सुनसरीको धरान मा एक गम्भीर आपराधिक घटना सार्वजनिक भएको छ। एक १९ वर्षीया युवतीलाई अपहरण गरी जङ्गलमा लगेर कुटपिट, बलात्कार र लुटपाट गरेको आरोपमा सीटी सफारी चालक पक्राउ परेका छन्। प्रहरीका अनुसार चैत ६ गते बेलुका धरान १७ घर भएकि पीडित युवती आफ्नो मावली घर मोरङको सुन्दरहरैचा–७ गोठगाउँमा पुराना कपडा लिएर जाने क्रममा धरानकाे भोटेपुलमा बसको प्रतीक्षा गरिरहेकी थिइन्। सोही बेला अपरिचित व्यक्तिले उनलाई सीटी सफारीमा चढ्न लगाएर भानुचोक बसपार्क हुँदै पानमारा क्षेत्रतर्फ लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपितले उनलाई साकेला पार्क नजिकको एकान्त जङ्गलमा पुर्याई कुटप
धरान/ सुनसरीको धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा कविता बाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । हिबिस्कस बाल क्लबको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताले विद्यार्थीहरूको सृजनात्मक क्षमता उजागर गर्नुका साथै नेपाली बाल साहित्यप्रति आकर्षण बढाएको छ । बाल क्लबका अध्यक्ष आस्था उदासको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि विद्यालयकी प्रिन्सिपल पार्वती लिम्बु रहिन् । कार्यक्रम सञ्चालन सिद्धार्थ श्रेष्ठ र आदित्य झाले गरेका थिए । कक्षा ५ देखि ७ सम्मका १५ जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा कक्षा ६ की छात्रा प्रनिता तामाङ प्रथम भइन् भने कक्षा ५ का छात्र जोसन ल
धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सुझाव तथा गुनासो दर्ताका लागि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ। अब प्रतिष्ठानमा उपचारका लागि आउने सर्वसाधारणदेखि लिएर संस्थाभित्र कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीले समेत घरमै बसेर मोबाइल वा कम्प्युटरमार्फत सजिलै आफ्ना सुझाव तथा गुनासो राख्न सक्ने भएका छन्। यसअघि सुझाव तथा गुनासो राख्नका लागि उपकुलपति कार्यालय परिसरमा रहेको योजना तथा अनुगमन महाशाखामा लिखित निवेदन दिनुपर्ने वा हरेक आइतबार दिउँसो ४ देखि ५ बजेसम्म प्रत्यक्ष रूपमा समितिसँग भेटघाट गर्नुपर्ने
सुनसरी/ जिल्लाको इनरुवा नगरपालिका–४ बसचोकमा प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। मिति २०८२ चैत ९ गते साँझ ६:१० बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट इनरुवा बसपार्कबाट खटिएको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.१-०२-०४९ प ५७०२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा स्कुटर चालक धरान उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय खेमबहादुर देवान लिम्बु र पछाडि सवार सोही स्थानका २७ वर्षीय शौरभ कटुवालमाथि शंका लागेपछि खानतलासी गरिएको थियो। तलासीका क्रममा खेमबहादुर देवान लिम्बुको साथबाट २.२५ ग्राम ब्राउन सुगर जस्तो देखिने
इटहरी/ सुनसरीको इटहरी–६ स्थित मोडर्न प्रिपेरेटरी सेकण्डरी बोर्डिङ स्कुलले विद्यार्थी तथा अभिभावकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। विद्यालयले आगामी चैत १३ गते, शुक्रबार बिहान १० बजेबाट विद्यालय परिसरमै एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको जनाएको छ। शिविरमा Birat Medical College Teaching Hospitalका अनुभवी चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्नेछ। शिविरमार्फत सहभागीहरूले सामान्य स्वास्थ्य परीक्षण, आँखाको जाँच, रक्तचाप तथा सुगर परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श समेत पाउनेछन्। विद्यालयले “लक्षण देखिन अघि नै जाँच गरौं, स्व