धरानमा पहिलोपटक ‘राजभगत क्लासिक’ बडीबिल्डिङ च्याम्पियनसिप, विजेतालाई ३ लाख रुपैयाँ

  • असार २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा पहिलोपटक प्रदेशस्तरीय ‘राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ आयोजना हुने भएको छ। धरान फिटनेस क्लबले साेमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

क्लबका प्रमुख तथा स्वर्गीय राजभगत प्रधानका छोरा कुबेर भगत प्रधानाङ्गले प्रतियोगिता असोज १० गते छनोट चरण र असोज ११ गते मुख्य प्रतिस्पर्धा हुने जानकारी दिए। प्रतियोगिता धरान–१८ स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसेरा भवनमा सञ्चालन हुनेछ।

उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवालाई स्वस्थ, अनुशासित र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्नु, बडीबिल्डिङ खेलको विकास गर्नु, कुलतमा फसेका युवालाई खेलमार्फत सकारात्मक बाटोमा ल्याउनु तथा प्रदेशस्तरमा नयाँ खेलाडी उत्पादन गर्नु हो। साथै खेलमार्फत सामाजिक सद्भाव, मानवीय मूल्य र खेल संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य पनि राखिएको छ।

प्रतियोगितामा कोशी प्रदेशका खेलाडीका साथै प्रदेशको नागरिकता भएका विदेशमा रहेका खेलाडी र प्रदेशस्तरका विजेताले सहभागिता जनाउन पाउनेछन्। राष्ट्रिय स्तरका उपाधि विजेता खेलाडी भने सहभागी हुन नपाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा बाहिरी निर्णायकसमेत रहनेछन्।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ, दोस्रो हुनेले २ लाख रुपैयाँ र तेस्रो हुनेले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। चौथो, पाँचौँ र छैटौँ स्थानका खेलाडीले क्रमशः ७५ हजार, ५० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। विभिन्न तौल समूहका दोस्रो र तेस्रो स्थानका खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ। ‘बेस्ट पोजर’ र ‘मोस्ट मस्कुलर’ विधाका विजेताले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यो प्रतियोगिता नेपालका चर्चित बडीबिल्डर तथा भारोत्तोलन खेलाडी स्वर्गीय राजभगत प्रधानको स्मृतिमा आयोजना गर्न लागिएको हो।

धरानका प्रधानले बडीबिल्डिङ र भारोत्तोलन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान दिएका थिए। उनले धरानमा फिटनेस संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए।

कोरोना महामारीका क्रममा २०७७ सालमा उनको निधन भएपछि उनको योगदानको सम्मानस्वरूप प्रतियोगितालाई ‘राजभगत क्लासिक’ नाम दिइएको आयोजकले जनाएको छ।

मोडर्न प्रिपरेटरी से ...

इटहरी/विसं २०४९ सालमा स्थापना भई कोशी प्रदेशकै अग्रणी श ...

भानु जयन्तीमा हिबिस् ...

धरान/ आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरम ...

कोशी अस्पतालको अतिक् ...

विराटनगर/  विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित ...

सुनसरीमा ब्राउन सुगर ...

धरान/ सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved