कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन डोजर

  • असार २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार बिहानदेखि डोजर परिचालन गरी व्यावसायिक संरचना हटाउन सुरु गरेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा तीनवटा जेसिबी प्रयोग गरी अस्पतालको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संघ, गणेश मन्दिर र देवकोटा पुस्तकालयलगायत संस्थाका सटर तथा भवन भत्काउने काम थालिएको हो।

ती संस्थाले लामो समयदेखि अस्पतालको जग्गामा संरचना निर्माण गरी औषधि पसल तथा चिकित्सकीय क्लिनिक सञ्चालनका लागि भाडामा लगाउँदै आएका थिए।

केही दिनअघि गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले कोशी अस्पतालको स्थलगत अनुगमन गर्दै अस्पतालको विकासमा बाधा पुग्ने गरी सञ्चालनमा रहेका व्यावसायिक पसल सात दिनभित्र खाली गर्न निर्देशन दिएका थिए। प्रशासनले दिएको समयसीमा सकिएसँगै सोमबार बिहानैदेखि डोजर परिचालन गरिएको हो। त्यसअघि नै व्यवसायीहरूले आफ्ना पसल खाली गरिसकेका थिए।

सम्भावित तनावलाई ध्यानमा राख्दै अस्पताल चोक र आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार तत्कालका लागि व्यावसायिक प्रयोजनमा प्रयोग भएका संरचना मात्रै हटाइनेछ। सम्बन्धित संघ–संस्थालाई भने तत्काल पूर्ण रूपमा त्यहाँबाट हटाउने निर्णय नभएको जनाइएको छ।

स्थानीय प्रशासनले अस्पतालको जग्गा अस्पतालकै स्तरोन्नति, सेवा विस्तार तथा बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रयोग गरिने जनाएको छ।

मोडर्न प्रिपरेटरी से ...

इटहरी/विसं २०४९ सालमा स्थापना भई कोशी प्रदेशकै अग्रणी श ...

भानु जयन्तीमा हिबिस् ...

धरान/ आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरम ...

धरानमा पहिलोपटक ‘राज ...

धरान/  धरानमा पहिलोपटक प्रदेशस्तरीय ‘राजभगत ...

सुनसरीमा ब्राउन सुगर ...

धरान/ सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved