रामधुनी वनको हरियाली अभियान: वर्षेनी ३५ हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण

  • असार २८, २०८३
  • कोशीपत्र/संवाददाता
alt - स्वर्णिम राई

धरान/ सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष करिब ३५ हजारभन्दा बढी वनजन्य, नगदे तथा बहुवर्षीय प्रजातिका बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ। विसं २०७९ देखि सञ्चालनमा ल्याइएको नर्सरीबाट उत्पादन गरिएका बिरुवाको माग वर्षेनि बढ्दै गएको कार्यालयले जनाएको छ।

सबडिभिजन वन कार्यालय रामधुनीका वन सहायक काजी आचार्यका अनुसार नर्सरीमा खयर, ज्याकाराण्डा, बेल, सिसौ, अमला, अर्जुन, कागती, तेजपत्ता, अम्बकलगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिन्छ। तीमध्ये केही बिरुवा चालु वर्ष उत्पादन गरिएका हुन् भने केही बहुवर्षीय बिरुवालाई अघिल्ला वर्षदेखि संरक्षण गरी हुर्काइँदै आएको उनले जानकारी दिए।

रामधुनी मन्दिर नजिकै कार्यालय रहेको कारण दर्शनका लागि आउने भक्तजनले पनि नर्सरीबाट बिरुवा लैजाने गरेका छन्। भारतबाट आउने धार्मिक पर्यटकले समेत यहाँ उत्पादन भएका बिरुवा लैजाने गरेकाले रामधुनीको नर्सरीबाट उत्पादन भएका बिरुवा देशका विभिन्न जिल्ला मात्र नभई सीमापारसम्म पुग्ने गरेको वन सहायक आचार्यले बताए।

उनका अनुसार असार, साउन र भदौ महिनामा बिरुवाको माग सबैभन्दा बढी हुने गर्दछ। उत्पादित बिरुवा सर्वसाधारण, सामुदायिक वन उपभोक्ता समूह तथा विभिन्न संस्थालाई आवश्यकताअनुसार निःशुल्क वितरण गरिन्छ। वन क्षेत्रमा रोप्न उपयुक्त प्रजातिका बिरुवामात्र उत्पादन गर्ने अनुमति भएकाले कृषि प्रयोजनका बिरुवा उत्पादन नगरिएको पनि उनले स्पष्ट पारे।

बिरुवा वितरणका लागि निश्चित प्रक्रिया तय गरिएको कार्यालयले जनाएको छ। व्यक्तिगत रूपमा दुईदेखि चार वटासम्म बिरुवा लैजान कुनै कागजात आवश्यक पर्दैन। तर संस्थागत रूपमा बिरुवा लिन सम्बन्धित वडाको सिफारिस अनिवार्य हुन्छ। त्यसैगरी ५० वटाभन्दा बढी बिरुवा माग गर्नेले निवेदन, नागरिकताको प्रतिलिपि र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था रहेको वन सहायक आचार्यले जानकारी दिए।

उनका अनुसार नर्सरी व्यवस्थापनको काम फागुन महिनादेखि नै सुरु हुन्छ। फागुनमा बीउ रोपिएपछि बिरुवा हुर्काइने र असार महिनादेखि वितरण प्रक्रिया सुरु गरिन्छ। नर्सरीको व्यवस्थापनका लागि छुट्टै कर्मचारी खटाइएको छ भने बिरुवाको संरक्षण र व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ। बिरुवा नष्ट भए सम्बन्धित कर्मचारीले आर्थिक उत्तरदायित्वसमेत वहन गर्नुपर्ने व्यवस्था भएकाले नर्सरी व्यवस्थापनलाई संवेदनशील रूपमा लिइएको उनले बताए।

बिरुवा उत्पादन र वितरणसँगै रामधुनी सबडिभिजन वन कार्यालयले सामुदायिक वनलाई प्राविधिक सहयोग उपलब्ध गराउने, छपान तथा कटान कार्यमा सहजीकरण गर्ने, राष्ट्रिय वन क्षेत्रमा नियमित गस्ती सञ्चालन गर्ने तथा वन उपभोक्ता समूहका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ। कार्यालयले केही दिनअघि सिंहवाहिनी सामुदायिक वनमा वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरेको वन सहायक आचार्यले जानकारी दिए।

सुनसरीमा एकैदिन ब्र ...

धरान/ सुनसरीमा प्रहरीले एकैदिन सञ्चालन गरेको छुट्ट ...

जेब्रा झोला बोकेर बा ...

काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहे ...

वर्षासँगै सप्तकोशीमा ...

सुनसरी/ पूर्वी पहाडी तथा तराईका क्षेत्रमा भइरहेको लगाता ...

७ वर्षदेखि अलपत्र ल ...

धरान/धरान उपमहानगरपालिका–५ को देवी गाउँस्थित लेदु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved