धरानको विद्युत् मर्मतमा निस्किएको प्राधिकरणको गाडी दुर्घटनाग्रस्त, दुई कर्मचारीको दुःखद मृत्यु

  • असार ३०, २०८३
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/ नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रको विद्युत् मर्मतका लागि राति खटिएको स्कारपियो गाडी दुर्घटनामा पर्दा दुई कर्मचारीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

धरान–इटहरी सडकखण्ड अन्तर्गत सेउती पुलदेखि करिब २०० मिटर दक्षिण, तरहरातर्फ कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालकसहित दुईजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धरान–१३ निवासी ३३ वर्षीय बीर्खबहादुर राई (सेवा करार चालक) र धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य (स्थायी कर्मचारी)रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा घाइते भएका धरान–२० निवासी ३२ वर्षीय पदम राईको निधार र छातीमा चोट लागेको छ। उनको अवस्था बोल्न सक्ने रहेको जनाइएको छ।

नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख रामहरि पोखरेलका अनुसार धरानमा राति करिब साढे १० बजे रुखको हाँगाले विद्युत् लाइनमा क्षति पुर्‍याएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। त्यसपछि लाइन पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारीहरू तत्काल घटनास्थलतर्फ गएका थिए।

बिजुली गएको केहीबेरमै उहाँहरू यहाँबाट निस्कनुभएको थियो। त्यसपछि सम्पर्क हुन सकेन। धेरैबेरपछि धरानका डीएसपी भीषणबाबु राईबाट गाडी दुर्घटनाको खबर आयो, प्रमुख पोखरेलले बताए।

उनका अनुसार राति करिब २ बजे मात्रै विद्युत् आपूर्ति पुनः सुचारु गरिएको थियो।

प्रहरीका अनुसार स्कारपियो तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनामा परेको गाडी हाल इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको छ।

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ सार्वजनिक यातायात क्षेत्र सुधारका लागि ...

धरानको तीनढ्वाङ्गे प ...

धरान/ धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको कि ...

मदिराको मातमा दाजुभा ...

खोटाङ/ खोटाङको साकेला गाउँपालिका–४ पारुङमा म ...

मोडर्न प्रिपरेटरी से ...

इटहरी/विसं २०४९ सालमा स्थापना भई कोशी प्रदेशकै अग्रणी श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved