सुनसरीमा एकैदिन ब्राउन सुगरसहित सात जना प्रहरी नियन्त्रणमा

  • असार २८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीमा प्रहरीले एकैदिन सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तीन किशोरसमेत रहेका छन्। उनीहरूको साथबाट करिब पाँच ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

 शनिबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले कोशी गाउँपालिका–१ लौकही बजारमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ भी ०७८४ नम्बरको मोटरसाइकललाई शङ्काका आधारमा रोकी जाँच गर्दा सिटमुनि लुकाएर राखिएको १.८२ ग्राम ब्राउन सुगर बरामद गरेको थियो।

उक्त घटनामा मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का ४० वर्षीय सुरेन्द्र महतो पक्राउ परेका छन्।

त्यसैगरी साँझ करिब ५ः३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी बिट गैसारबाट खटिएको संयुक्त टोलीले इटहरी–१ आदर्श टोलमा ३६ वर्षीय हरीप्रसाद पराजुलीलाई पक्राउ गरेको छ। उनको साथबाट ०.५१ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, साँझ ७ः३० बजे अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाबाट खटिएको टोलीले इनरुवा–४ ट्याक्सी स्ट्यान्ड क्षेत्रमा पैदल हिँडिरहेका तीन जनालाई जाँच गर्दा २.६५ ग्राम ब्राउन सुगर फेला पारेको थियो।

पक्राउ पर्नेमा इटहरी–१७ का १६ वर्षीय सुशान्त चौधरी, १८ वर्षीय अरमान खान र १८ वर्षीय सक्सेस दास रहेका छन्।

प्रहरीले तीनवटै घटनामा बरामद लागूऔषध, मोटरसाइकल तथा पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

जेब्रा झोला बोकेर बा ...

काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहे ...

रामधुनी वनको हरियाली ...

धरान/ सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत ...

वर्षासँगै सप्तकोशीमा ...

सुनसरी/ पूर्वी पहाडी तथा तराईका क्षेत्रमा भइरहेको लगाता ...

७ वर्षदेखि अलपत्र ल ...

धरान/धरान उपमहानगरपालिका–५ को देवी गाउँस्थित लेदु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved