भानु जयन्तीमा हिबिस्कसमा कविता गुञ्जियो, मौलिक सिर्जनामा जोड

  • असार २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ ले सोमबार विद्यालयको सभाहलमा कविता वाचन प्रतियोगिता आयोजना गर्दै नेपाली भाषा, साहित्य र मौलिक सिर्जनाप्रतिको सम्मान व्यक्त गरेको छ।

विद्यार्थीमा नेपाली भाषा र साहित्यप्रति रुचि बढाउनुका साथै सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सिनियर र जुनियर गरी ३५ जना विद्यार्थीको सहभागिता रहेको थियो।

प्रतियोगिताको सिनियरतर्फ समीक्षा राई प्रथम, युमिना राई द्वितीय तथा सेसेमा लिम्बू तृतीय भए। जुनियरतर्फ प्रनिता तामाङ प्रथम, सुमिना राई द्वितीय र निश्चल मगर तृतीय स्थान हासिल गर्न सफल भए।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषी राई र विद्यालयकी शिक्षिका प्रज्वलिता श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

यस अवसरमा विद्यार्थी सिद्धार्थ श्रेष्ठ र युबिका राईले आदिकवि भानुभक्त आचार्यको जीवन, व्यक्तित्व तथा नेपाली भाषा–साहित्यमा पुर्‍याएको अतुलनीय योगदानबारे प्रकाश पारेका थिए।

प्रमुख अतिथि जनकऋषी राईले विद्यार्थीले सानै उमेरदेखि आत्मविश्वासका साथ मञ्चमा उभिएर आफ्ना सिर्जना प्रस्तुत गरेको देख्दा खुसी लागेको बताए।

उनले कविता लेख्दा अभिभावक वा कृत्रिम बुद्धिमत्ता (एआई)को सहाराभन्दा आफ्नै मौलिक सिर्जनालाई प्राथमिकता दिन आग्रह गर्दै त्यसबाट नै वास्तविक प्रतिभा उजागर हुने उल्लेख गरे।

कार्यक्रमका सभाध्यक्ष तथा विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले विद्यालयले विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सिर्जनशीलता अभिवृद्धिका लागि नियमित रूपमा यस्ता रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

आदिकवि भानुभक्त आचार्यको योगदानप्रति सम्मान व्यक्त गर्दै विद्यार्थीमा नेपाली भाषा र साहित्यप्रतिको प्रेम बढाउने उद्देश्यले कविता वाचन प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए। कार्यक्रमको सञ्चालन शिक्षक नयनराज राईले गरेका थिए।

hibi 1

मोडर्न प्रिपरेटरी से ...

इटहरी/विसं २०४९ सालमा स्थापना भई कोशी प्रदेशकै अग्रणी श ...

धरानमा पहिलोपटक ‘राज ...

धरान/  धरानमा पहिलोपटक प्रदेशस्तरीय ‘राजभगत ...

कोशी अस्पतालको अतिक् ...

विराटनगर/  विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित ...

सुनसरीमा ब्राउन सुगर ...

धरान/ सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved