धरान/ नेपालीहरुको महान चाड दशै घरघरमा भित्रिइसकेको छ । दशैमा रमाइलोसँगै मासुका परिकारहरु सबैको घरमा पाक्ने गर्छ । यसले गर्दा मासुको जोहोमा सर्वसाधारण दशै आउनु भन्दा एक दुई हप्ता अगाडिदेखि नै लाग्ने गर्छन् । खसी र बोकाका लागि धरान १३ कृषि उपज बजार व्यापारिक स्थलको रुपमा मानिन्छ । दशैमा खसी बोकाको किनबेचका लागि कोशी प्रदेशकै कृषक, व्यापारीह खरिदविक्रीका लागि आउने गर्छन् । तर यस बर्ष लगातारको बर्षादले सडक सञ्जाल भत्काइदिँदा भने बजारलाई समेत आंशिक रुपमा प्रभाव पारेको छ । धरान १३ मा रहेको कृषि उपज बजारमा दशैको अन्तिम शुक्रबार खसीबोका किनबेच गर्नेको घुइँचो नै थियो । विहीबार नै कृषक तथा व्यापा
धरान/ आज बडा दशैको नौरथा अन्तर्गत चौथो दिन। कोशी प्रदेशकै एक मात्र दन्तकाली पीठमा भक्तजनहरु देवीको पूजा आजाका लागि विहानैदेखि मन्दिरमा पुग्ने गरेका छन् । तर यस बर्ष भने विगतका दशैमा हुने भीँडभाँड दन्तकाली मन्दिरमा देखिएन । नौरथाको समयमा भीँडभाँड हुने दन्तकाली मन्दिरमा भीड नहुनुको प्रमुख कारण आर्थिक मन्दी र भर्खरै देशमा आएको बाढी पहिरोले पुर्याएको क्षति नै प्रमुख कारण भएको बताइएको छ । मुलुकका अन्य शक्तिपीठजस्तै धरानको दन्तकाली पीठको ऐतिहासिक महत्व रहेको छ । अन्य बेलामा यो शक्तिपीठमा पूजाआजा गर्न फाट्टफुट्ट आउने गरे पनि दशैको नौरथा लागेपछि यो मन्दिरमा देवीका अनेक स्वरुपको पूजाआजा गर्
रणध्वज लोहार धरान/ धरान ६ पानबारीका संगम पौडेल सडकमा गन्तव्य तर्फ हिँडिँरहेको थिए । सडकमा सुमधुर आवाजको गीत उनको कानमा पनि गञ्जिन पुग्यो । टक्क रोकिए । नजर लगाए । यसो हेर्दा सडकमा गीत गाउनेलाई कतै देखे जस्तो लाग्यो । नजिकै गएर हेरे । ठयाक्कै १५ बर्ष अघि कक्षा ११ र १२मा पढ्दाखेरी सँगै पढेको कक्षासाथी पो थिइन् । हेर्ने वित्तिकै चिने र बोलाए । उनी थिइन गंगा भुजेल ,जो सँगै पढेका साथी । झाँगाबाट खसे अनि खुशी पनि भए । १५ बर्ष अघिको साथीलाई सडकमा गीत गाइरेको त्यो अवस्थामा देख्दा र भेट्दा दुख लाग्यो अनि खुशी यस अर्थमा भए कि साथीलाई भेटे ।मनमा अनेकन सोँचाईहरु आए । अनि कुरा गर्दै
काठमाडौं/ दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा
दुहबी/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति सुनसरीको आयोजना तथा महेन्द्र मेमोरियल एकडेमीको ब्यबस्थापनमा दशैं तिहार विशेष शुभकामना आदान प्रदान तथा डोरितान प्रतियोगिता गरि कार्यक्रम दुहबीमा सम्पन्न भएको छ । प्याब्सन सुनसरी जिल्ला समितिले आयोजना गरेको उक्त कार्यक्रम प्याब्सनका कार्वाहक अध्यक्ष नेल्सन थानेश्वर ढकालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रको प्रागिक परिषद सदास्य शंकर थापाले ब्यानर पढेर उद्घाटन गरेका थिए । नीजि विद्यालयहरूका प्रतिनिधिहरूको सहभागीतामा भएको कार्यक्रममा नेपालीहरूको महान चाड विजया दशमी , शुभ द
र, मैले भने-'त्यसाे गर्नु हुँदैन ।' सुम्निमा पारूहाङ प्रतिष्ठान नेपालका अध्यक्ष हर्कराज राईले 'सुम्निमा पारूहाङ साँझ-२०८१' गर्ने भनेर पैसा उठाइ कार्यक्रम नगरेकाे र हिसाब पनि सार्वजनिक नगरी विदेश भाग्न लागेकाे भनेर 'विदेश जानबाट राेकि कार्वाहि गरिपाउँ' भन्ने आसयकाे उजुरी तयारी गर्दैरहेछन् । काेन्त, अब के हुन्छ । पत्रकार जनक ऋषि राईको फेसबुकबाट - जनक ऋषि राई (पत्रकार ) धरान,सुनसरी
सुनसरी / दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा अर्चना हुदैँछ। आज दशैं घर र विभिन्न शक्तिपीठहरुमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक व्यवस्था रहेको छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना र उपासना गर्ने गरिन्छ । दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ।
वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं ३ र ७ स्थित वाङ्गेबजारमा बजार अनुगमन गरिएको छ । शुक्रवार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले बजार अनुगमन गरेको हो । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन सुरु गरिएको हो । दशैं , तिहार लगायतका चाड पर्वहरु नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य बढि, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उप-प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो । बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु,
हेमकर्ण पौडेललाई धेरै जनाले धेरै तरिकाले चिन्छन , पछिल्लो उनको चिनारी इटहरीका मेयर हुन । उनका धेरै काम देखिने र दुरदृष्टिका छन छैनन् थाहा भएन तर उनले इटहरीलाई डुबान मुक्त बनाउन गत हिंउदमा अनेक आलोचनाका बावजुद गरेकोे कामले यो पटक इटहरी डुवानबाट जोगियो । त्यो बेला उनको त्यो कामको अनेक कोणबाट आलोचना भएको थियो ।तर अहिले त्यसको प्रतिफल सबैले पाए ।यो राम्रो कामको सह्राहना गर्नु पर्दछ । तर यतिकुरा उनको पार्टी नेपाली कांग्रेसका कुनै नेता कार्यकर्ता ,उनका अगुवा पछुवा भएर लाभ लिइरहेकाहरु र प्रत्यक्ष लाभ लिनेहरु कसैलेपनि भन्दैनन् त किन होला ? कि त्यो काममा पनि केही कैफियत छ या किन कोहि नबोलेका होलान ?
धरान /धरान नृत्यकला प्रतिष्ठानले यो बर्ष तिहारमा देउसी भैलो खेलर संकलित रकम बाढीपीडितको लागि सहयोग गर्ने भएका छन् । प्रतिष्ठानले आयोजना गरेको चाडपर्व विशेष शुभकामना कार्यक्रमका कार्यक्रमको प्रमुख अतिथि चरिया नाचका विज्ञ लक्ष्मी शाक्यले देश शोकमा परेको हुनाले देउसीभैलो कार्यक्रम गर्दा पिडितलाई राहतको प्रावधान मिलाउन अनुरोध गर्दै शुभकामना दिए । बडा दशैं, शुभ दिपावली र छठ पर्बको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो । प्रतिष्ठानले बिहिबार फ्ङ्क फ्युजन डान्स एकेडेमीमा कार्यक्रम गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थापक अध्यक्ष एव प