कोदोजन्य बालीतर्फ आकर्षण बढाऔँ

  • पुष १८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष (इन्टरनेशनल इयर अफ मिलेट्स २०२३) को रूपमा मनाउँदैछ । मित्रराष्ट्र भारतको प्रस्तावमा राष्ट्रसङ्घ साधारणसभाको पचहत्तरौँ सत्रले यस्तो निर्णय पारित गरेको हो । यो वर्षभरि कोदोजन्य बालीहरूको महत्वबारे प्रचारप्रसार गरी तिनको उत्पादन र उपभोग बढाउन उत्पादक कृषक, उपभोक्ता र अन्य सरोकारवालाहरूलाई प्रेरित गर्ने मूल उद्देश्यका राखिएको छ । यो वर्ष कोदोजन्य बालीहरूको खेती विस्तार तथा उत्पादन वृद्धि, खाद्य परिकारको विकास एवम् मूल्य अभिवृद्धि, बजार तथा व्यापार विस्तार, स्थानीय र रैथाने जातको संरक्षण, त्यस्ता बालीहरूको प्रवद्र्धनका लागि नीतिगत सुधारलगायतका विषयमा सङ्गठित र व्यक्तिगत प्रयाससमेत हुने अपेक्षा गरिएको छ ।

कोदोजन्य बालीको उत्पादनमा वृद्धि तथा बजार र व्यापारमा विस्तारका लागि प्रयास गर्नुपर्ने कारण के हो त ? हरेकको मनमा यस्तो प्रश्न उभिन सक्छ । कोभिड–१९ महामारीको अन्त्य नहुँदै सुरु भएको रसिया–युक्रेन युद्धको असरले सन् २०२३ मा समेत विश्वव्यापी रूपमा खाद्यान्न उत्पादन घट्ने तथा आपूर्ति शृङ्खलामा अवरोध कायम नै रहेर खाद्यान्नको मूल्यवृद्धि हुने प्रक्षेपण भइरहेका छन् । यसबाट नेपालजस्तो सानो अर्थतन्त्र भएको गरिब मुलुक अझ बढी प्रभावित हुनु स्वाभाविक छ । यसबारे दातृ निकाय तथा अन्तर्राष्ट्रिय दातृ संस्थाहरूले चिन्ता व्यक्त गरिरहेका छन् । यसबाहेक जलवायु परिवर्तनको नकारात्मक असर कृषि उत्पादनमा पर्ने क्रम पनि बढ्दै गएको छ । यसको प्रत्यक्ष असर खाद्य सुरक्षामा पनि पर्दै गएको छ ।

अस्वस्थकर खानपान र आधुनिक जीवनशैलीका कारण नसर्ने रोगको तीव्र वृद्धि पनि प्रमुख चुनौतीको रूपमा देखिएको छ । पाँच वर्षभन्दा मुनिका बालबालिका र महिलामा रक्तअल्पताको दर क्रमशः ४३ प्रतिशत र ३४ प्रतिशत रहेको देखिएको छ । यो अवस्था विश्वकै खराबमध्ये पर्छ । आगामी दिनमा खाद्य तथा कृषि आयात र परनिर्भरता अझै बढ्न सक्ने सम्भावना देखिएको छ । यस्ता अनेक चुनौतीहरूको सामना एकपक्षीय प्रयासबाट सम्भव छैन । यसका लागि बहुआयामिक तथा बहुपक्षीय प्रयास आवश्यक छ । कोदोजन्य बाली उत्पादन र उपभोगमा वृद्धि पनि यस दिशामा एउटा व्यावहारिक रणनीति हुनसक्ने देखिएको छ ।

पछिल्लो समय कोदोजन्य बालीप्रति विश्वव्यापी रूपमा नै आम चासो बढ्दै गएको छ । कोदोजन्य बालीहरूमा विद्यमान् खाद्य सुरक्षा, स्वास्थ्य तथा पोषण र जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनसम्बन्धी गुणलगायतले यस्तो भएको हो । कतिपय देशहरूले त्यस्ता बालीहरूको प्रवद्र्धधनका लागि राष्ट्रिय अभियान नै सञ्चालन गरेका उदाहरण पनि छन् । धान तथा गहुँजस्ता बालीहरूको तुलनामा प्रायः छोटो अवधिमा नै तयार हुने भएकाले ती बालीहरूको खेती विस्तारमार्पmत् उत्पादन बढाएर चामलमाथिको अत्यधिक निर्भरता कम गर्न सकिन्छ । यसले खाद्य सुरक्षा र आत्मनिर्भरतामा पनि प्रत्यक्ष टेवा पुर्याउने अपेक्षा गर्न सकिन्छ । प्रोटिन, फाइबर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतको राम्रो स्रोत भएकाले शरीरका लागि आवश्यक पोषणको आपूर्ति गर्नमा पनि कोदोजन्य उत्पादनले महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । अस्वस्थकर खानपिनको कारण बालबालिका र युवायुवतीमा व्याप्त कुपोषणको समस्या कम गर्न पनि कोदोजन्य उत्पादनले प्रत्यक्ष योगदान पुर्यााउन सक्छन् ।

यसकारण सरकारको ध्यान यसतर्फ जानु आवश्यक छ । कोदोजन्य बालीको उत्पादनमा वृद्धिसँगै यिनको बजार र व्यापारसमेत बढाउन विज्ञहरूसँग परामर्श गरी यस वर्षका लागि परिणाममुखी ठोस कार्यक्रम बनाउनु आवश्यक छ । कृषक र उपभोक्ताहरूलाई समेत कोदोजन्य बालीतर्पm आकर्षित गर्नु आवश्यक छ ।

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved