सत्तरी ज्येष्ठ नागरिकलाई सम्मान

  • पुष १७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान ः नेकपा एमाले १३ नं. वडा कमिटिले ज्येष्ठनागरिक सम्मान कार्यक्रममा ७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

आइतबार परेको राष्ट्रिय ढाका टोपी दिवसका अवसरमा सो सम्मान गरिएको हो । जसमा ७ जना ज्येष्ठ नागरिक महिला र ६३ जना ज्येष्ठ नागरिक पुरुषलाई ढाका टोपी र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा धरान उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख मञ्जु भण्डारी सुवेदी रहेकी थिइन् ।

umale

उनले यस्तो उदाहरणीय कार्यमा सबै जना लाग्नुपर्नेमा जोड दिइन् । सम्मान मन्तव्य राख्नेहरुमा १३ नं. धरानका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले लोप हुँदै गएको ढाका टोपी संरक्षण गर्नलाई दिवसमा मात्र हैन सधै प्रयोग गरेर अघि बढ्नु पर्नेमा जोड दिए । उनले भने – यो प्रदेशकै नमुना कार्यक्रम हो । यस्तो कार्यक्रम यस अघि कतै कसैले नगरेको पनि उनले दावी गरे ।

samman 2

सोही कार्यक्रम नेकपा एमाले धरान नगर कमिटि अध्यक्ष हर्कजङ एवेङले पनि ज्येष्ठ नागरिकप्रतिको यस्तो कार्य सधैँ गरिराख्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य मुरारी सुवेदी, प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारी लगायत बुद्धिजीवी, पत्रकारहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा नेकपा एमाले १३ नं. वडा इन्चार्ज हरिबहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेकपा एमाले धरान १३ नं. वडा कमिटि सचिव विष्णु चौलागाईँले गरेका थिए ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved