चिसोका कारण बच्चालाई समस्या चिसोबाट बच्चालाई बचाउन चिकित्सकको सुझाव

  • पुष १८, २०७९
  • स्नेहा श्रेष्ठ ।
alt

विजयपुर / अहिले देशभर चिसो अत्याधिक बढेको छ । चिसोका कारण बृद्धबृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । तराई तथा पहाडी क्षेत्रमा अत्याधिक बढेको चिसोका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि  धेरै बिमारीआउने गरेको पाइएको छ ।

अत्याधिक बढेको चीसोको कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका उपचारका लागि आउने गरेको डाक्टर अरुण कुमार सिंहले बताए । प्रतिष्ठानको उपचारमा आएका बच्चाहरु अधिकांश चीसोको कारण आउने गरेको पाइएको हो। चिसोका कारण बच्चामा श्वासप्रश्वास बढ्ने, ज्वरो आउने, रुघा खोकि, निमोनिया, झाडा पखााला लाग्ने, बमिट हुने लगायतका समस्या लिएर आउने गरेको प्रतिष्ठानका बच्चावार्डका चिकित्सकहरुले बताएका छन् ।

इटहरी १७ का तीर्थराज श्रेष्ठले आफ्नो बच्चा चीसोको कारण विरामी भएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको बताए । बच्चालाइृ अत्याधिक खोकी लागेपछि पहिलो पटक उपचारमा ल्याइसकेका उनले केही ठिक भए पनि चिकित्सकको सल्लाह अनुसार चिसोबाट बचाउने उपाय नपनाउँदा पुन शुक्रबार ओपिडीमा ल्याएको बताए ।

अत्याधिक खोकी लागेर एक पटक उपचार गरिसकेको बच्चालाई फेरी त्यही समस्या देखापरेपछि ओपिडीमा चेकजाँचका लागि ल्याएको श्रेष्ठले बताए । उनले भने तराईमा अहिले अत्याधिक चिसो बढेको छ चिसोको प्रभाव बालबालिकालाई अत्याधिक छ चिसोबाट जोगाउनै  गारो छ ।’

श्रेष्ठमात्र हैन धरान १५ पिण्डेश्वर चौककी सरिन लिम्बुले आफ्नो बच्चालाइ अत्याधिक खोकी र ज्वरो आएपछि बच्चाको आकस्मिक वार्ड पेडियोट्रिक वार्डमा ल्याएर उपचार गराइन । उपचारपश्चात केही सञ्चो भएपछि घर ल्याइन् तर शुक्रबार अचानक बमिट भएपछि पुन उनले बच्चालाई ओपिडी वार्डमा लिएर गएको बताइन् ।

चिकित्सकले उपचारपश्चात केही औषधि र चिसोबाट बचाउन सल्लाह दिएको उनी सुनाउँछिन् । उनले भनिन् चिसोले बच्चालाई धेरै समस्या पार्दोरहेछ, मेरै बच्चालाई मैले चिसोकै कारण विरामी हुँदा पटक पटक प्रतिष्ठान ल्याउनुप¥यो ।’

chiso-bachha-1

श्रेष्ठ र लिम्बुमात्र हैन अहिले बच्चाहरु चिसोका कारण विरामी पर्न थालेपछि बच्चा वार्डमा अभिभावहरुले बच्चा लिएर उपचार गराउन पुग्ने गरेका छन् । पछिल्लो समय अत्याधिक बढेको चीसोको कारण एकपटक उपचार गराएर गएपनि पुन ः त्यही समस्या आउने गरेको उनीहरु बताउँछन् ।

प्रतिष्ठानमा आएका विरामी बच्चामध्ये अधिकांश चिसोका कारण आउने गरेको बीपी प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण सिंह बताउँछन् । उनले चिसोका कारण बच्चाहरुमा श्वासप्रश्वास बढ्ने, निमोनिया हुने, चिसोका कारण नाक बन्द हुने, टाइफाइट भएका बच्चाहरु उपचारका लागि आउने गरेका छन् । उनले भने–‘अहिले अत्याधिक चिसो बढेको छ, चिसोबाट हुुने रोग र कतिपय बच्चाहरु डेंगु समेत भएर उपचारमा आएको पाइएको छ ।’

बालरोग विभागका चिकित्सा डाक्टर बसन्त राईले बताउछन बच्चालाई पौष्टिक आहारविहारसँगै आमाको दूध प्रसस्त मात्राम दिन सके तातो र झोलीलो कुरा प्रस्तमात्रामा खुवान सके सिानातिना रोगको संक्रमणले नछुने उनको भनाई छ ।

उनले बच्चालाई न्यानो पारेर घरभित्र नै राख्ने पानि घरभाहिर खेल्न जाने बाट जोगाउन सके बच्चालाई चिसोबाट बचाउन सकिने अभिभावकहरुलाई सुझाव दिए । उनले भने चिसो मौसममा बच्चालाई जोगाउन अत्यन्तै गाह«ो छ, घरबाहिर निस्कन नदिई कोठाभित्रै न्यानो पारेर राख्नुपर्छ, न्यानो बनाएर राख्दा बच्चालाई चिसोबाट बचाउन सकिन्छ ।

प्रतिष्ठानमा उपचारमा आएका बच्चामध्ये दैनिक ५ देखि ७ जना चिसोका कारण आउने गरेको डा. सिंहको भनाई छ । चिसो मौसमका समयमा बच्चालाई पौष्टिक आहारविहारसँगै चिसोबाट जोगाउन अभिभावहरुलाई सल्लाह समेत दिएको छ ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved