‘बराहक्षेत्रमा गुणस्तरहीन काम क्रमागत र गौरवका योजना अलपत्र’

  • पुस १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाका गौरवका योजना रोकिएको, विकास निर्माणका काम गुणस्तहीन भएको र क्रमागत योजना अलपत्र परेको भन्दै नेकपा एमाले वराहक्षेत्र नगर कमिटीले नगर प्रमुखको ध्यानाकर्षण गराएको छ ।
नेकपा एमाले बराहक्षेत्र नगरकमिटीका सचिव राजेन्द्र कार्की र अध्यक्ष गजेन्द्रबहादुर थापाले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्र अध्यक्ष थापाले नगर प्रमुख रमेश कार्कीलाई हस्तान्तरण गरे ।

स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेर आरामदायी ‘मधुमास’ बिताएको ६ महिना भइसक्दा पनि जनअपेक्षाअनुसार जनप्रतिनिधि भएको आमनगरवासीले महसुस नगरेको एमाले बराहक्षेत्रको आरोप छ ।

नगरको निर्वाचित नेतृत्वलाई सकारात्मक र रचनात्मक सहयोग होस् भन्ने मनसायले ६ महिना मुकदर्शक भएर एमाले बसे पनि जनअपेक्षा अनुसार नगरले काम गर्न नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

एमालेद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ – ‘हामी प्रतिपक्षमा बसेर नगरभित्र भएका अनियमितताहरुलाई टुलुटुलु हेरेर बसिरहने स्थिति रहेन ।’

ध्यानाकर्षणका विषय उल्लेख गर्दै एमाले बराहक्षेत्रले नगरको गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन बांगे– कालाबंजार– धरान सडक लामो समयदेखि रोकिएको र स्थानीयले पटकपटक ध्यानाकर्षण गराउँदा समेत निर्माण कार्य अघि बढ्न नसकेको उल्लेख गरेको छ ।

सडकको काम सुरु गराउन नगरपालिकाले समेत उदासिनता देखाएकाले एमालेले ध्यानकर्षण गराएको छ । निर्माणाधीन सडक बांगे– नडाहा– धरान सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको, मापदण्डविपरीत निर्माण कार्य भइरहेको जनगुनासो बढिरहँदा पनि नगरपालिका मुकदर्शक भएको एमालेको आरोप छ ।

यो सडकखण्डअन्तर्गत साडे ३ किलोमिटर सडक अझै ठेक्का नलागेकाले तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराइएको छ ।
नगरले क्रमागत योजनाहरुलाई अलपत्र पारी नयाँ योजनालाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेकाले क्रमागत योजनालाई सँगै लान एमाले बराहक्षेत्रले ध्यानाकर्षण गराएको छ ।

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved