स्थानीय

    Showing 161-170 of 3,712 items.
  • एसईईको परीक्षाफल असार तेस्रो सातामा आउने

    काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ। शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिला भएको र नतिजा निकाल्ने मिति पनि पछि सरेको हो ।अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा रहेको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले बताए । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सर

    • प्रकाशित मितिः असार ३, २०८२
    • 191 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान सहित २१ स्थान बाढी–पहिरोको उच्च जोखिममा

    इटहरी/  नेपाल सरकारको गृह मन्त्रालयले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना अनुसार सुनसरीका २१ स्थानहरु बाढी र पहिरोको उच्च जोखिममा परेको छ । सुनसरी जिल्लाभरि बाढी, डुबान र पहिरोको उच्च जोखिममा परेका क्षेत्रहरूको सूची सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा गरिएको जोखिम मूल्याङ्कनअनुसार सुनसरीका २१ स्थानलाई उच्च बिपद् सम्भावित क्षेत्रको रूपमा सूचीकृत गरिएको हो । धरान उपमहानगरपालिकाको वडा नं. ४, ५, ६ र २० मा पर्ने जामुने, फिनामरी, पानमारी र विष्णुपादुका क्षेत्र पहिरोको उच्च जोखिममा रहेका छन् । त्यस्तै, धरानकै वडा नं. ४, ५, ८, ९, ११,

    • प्रकाशित मितिः असार ३, २०८२
    • 200 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ग्याबियन जाली विवाद : मेयर-उपमेयरको तानातानले धरानमा तनावपूर्ण स्थिति

    धरान/ धरान उपमहानगरपालिकामा ग्याबियन जाली राख्ने कामलाई लिएर मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाबीचको विवाद चुलिँदै जाँदा सोमबार नगरपालिकाको वातावरण तनावपूर्ण बन्न पुगेको छ। दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठक अघि नै मेयरको कार्यकक्षमै दुवैबीच तीव्र विवाद उत्पन्न भएको थियो। सोही विवादको सूचना बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका समर्थकहरु उपमहानगर परिसरमा भेला भएका थिए। मेयर साम्पाङका समर्थक र उपमेयर बेघासम्बद्ध नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ता आमनेसामने भएपछि स्थिति जटिल बन्न थालेको थियो। अप्रिय घटना हुन नदिन प्रहरीले उपमहानगर प

    • प्रकाशित मितिः असार ३, २०८२
    • 1,142 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट इटहरी लादैगरेको २१०० किलो गाँजासहित मिनि ट्रक पक्राउ

    इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा गाँजासहित मिनि ट्रक प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार राति १ः३० बजे इटहरी उपमहानगरपालिका–२० तरहरा नजिकै कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको ना. ५ ख ६११६ नम्बरको सेतो रंगको मिनि ट्रक जाँच गर्दा उक्त लागू औषध बरामद गरिएको हो। प्रहरीका अनुसार ट्रकमा ४८ बोरा बन्दाकोबी र १२ बोरा आलुले छोपेर लुकाइ राखिएको अवस्थामा ७० बोरा गाँजा, कुल २१०० केजी (२.१ टन) फेला परेको छ। घटनासँग सम्बन्धित तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ट्रक चालक धनकुटा सहिद

    • प्रकाशित मितिः असार ३, २०८२
    • 2,447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा देबऋषि आचार्य समाजको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

    धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको पहिलो साधारण सभा सोमबार सम्पन्न भएको छ। वि.सं. २०८१ मा स्थापना भएको समाजको साधारण सभा धरान–१ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ बजेदेखि सुरु भई बेलुका ५ बजेसम्म चल्यो। कार्यक्रममा पूर्व अर्थ, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य प्रमुख अतिथि थिए। सभाको अध्यक्षता डा. आनन्द प्रसाद आचार्यले गरेका थिए। सभामा कौडिन्य गोत्री आचार्य महिला समाजकी अध्यक्ष मेनुका आचार्य, निवर्तमान अध्यक्ष राजेश आचार्य, नास्ट कलेजका प्रिन्सिपल तथा निर्वाचन अधिकृत टोम प्रसाद आचार्य लगायतको उपस्थिति थियो। साधारण सभाले सर्वसम्मत रूपमा ११

    • प्रकाशित मितिः असार ३, २०८२
    • 199 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा पशु पालक कृषकलाई च्याफ कटर (कुटी काट्‌ने) मेशिन

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार सामाग्री वितरण गरेको छ । नगरपालिकाको वार्षिक स्कीकृत कार्यक्रम अन्तर्गत पशुपालक कृषकहरूलाई कृषि औजार सामाग्री च्याफ कटर ( कुटि काट्ने ) मेशिन वितरण गरिएको हो। पशुपालन कृषकहरुलाई सहयोग तथा सुविधाकालागि ५० प्रतिशत अनुदानमा १ सय थान च्याफ कटर ( कुटि काट्ने ) मेशिन वितरण गरिएको नगरपालिकाका पशु सेवा शाखाका कर्मचारी बिमल अधिकारीले बताए । ५० प्रतिशत अनुदान छुटमा च्याफ कटर ( कुटि काट्ने ) मेशिन वितरण कार्यक्रमबाट १ सय परिवार लाभावित भएका छन् । च्याफ कटर ( कुटि काट्ने ) प्राप्त गर्ने पशुपालन कृषकहरुले ११ हजार ५ सय ८

    • प्रकाशित मितिः असार ३, २०८२
    • 239 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायिका शीलाको उहिलेको माया रसिलो (भिडियो सहित)

    धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया बोलको गीत सार्वजनिक भएको छ । युवा संगीतकार तथा गीतकार अनिल कायु राई र शिला राईको स्वरमा उक्त लोकभाकामा आधारित गीत युट्यूब च्यालन मार्फत सार्वजनिक भएको हो । उक्त गीत सार्वजनिक भएको ७२ घण्टा नपुग्दै एक लाख बढी  बढीले युट्यूब च्यालन मार्फत हेरेर दर्शक तथा श्रोताले मन पराई प्रतिक्रिया दिएका छन् । नेपाली सांगतिक आकासमा फरक स्वरकी भनी राईले भनिन्,उहिले उमेर छँदा लाएको माया र प्रेम झल्काउने गीत हो,सवैको आ आफ्नै माया प्रेमको कथा कहानी हुन्छ,जस्ले गर्दा त्यहीँ उहिलेको मायाको झल्को गीतले दिलाउँछ,त्यही माया सम्झेर अहिले साह्रै रसिलो लाग्छ नी ।

    • प्रकाशित मितिः असार २, २०८२
    • 193 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्व संगीत दिवसमा धरानको भानुचौक संगीतमय हुने

    धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान’अन्तर्गत धरान संगीत प्रतिष्ठानले आगामी असार ७ गते शनिबार ‘विश्व संगीत दिवस’लाई विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाउने भएको छ। धरान–१, भानुचोकस्थित ‘खुला मञ्च’मा आयोजना हुने कार्यक्रममा प्रतिष्ठानका प्रतिभावान विद्यार्थीहरूको प्रस्तुति रहनेछ भने नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका बरिष्ठ गायक मिलन सिंह खातीलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ। संयुक्त राष्ट्रसंघको प्रेरणामा हरेक वर्ष जुन २१ तारिख (नेपालमा असार ७ गते) ‘विश्व संगीत दिवस’ मनाइन्छ। यही अवसरलाई संगठित र जनउत्त

    • प्रकाशित मितिः असार २, २०८२
    • 271 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इजरायल–इरान तनावबीच विराटनगरका मेयर बंकरमा

    विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला युद्ध संकटका बीच बंकरमा बस्न बाध्य भएका छन्। इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको इरानी प्रत्याक्रमणका कारण उनीसहित विभिन्न देशका जनप्रतिनिधि सुरक्षाका लागि बंकरमा लुक्नु परेको हो। मेयर कोइरालाले टेलिफोनमार्फत आफू इजरायलको राजधानी तेल अभिभबाट करिब ३० किलोमिटर टाढा रहेको सेफाइम सहरमा सुरक्षित रहेको जानकारी दिएका छन्। उनका अनुसार भ्रमण टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना प्रतिनिधि सहभागी छन्। “इजरायलको सहकारी अभ्यासबारे अध्ययन गर्न आएका हौं, अहिले इजरायली सरकारकै व्यवस्थापनमा बंकरमा राखिएको छ,” क

    • प्रकाशित मितिः असार २, २०८२
    • 320 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मकैबारीमै मृत भेटियो जंगली हात्ती, कारण खुल्न बाँकी

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा एक जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ। सोमबार बिहान स्थानीयले कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा हात्ती मृत भेटिएको खबर गरेपछि बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले घटनाको पुष्टि गरेका हुन्। नगरप्रमुख कार्कीका अनुसार मृत हात्ती करिब ५ देखि ७ वर्ष उमेरको भाले हो। "हात्तीको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन," उनले बताए। जिल्ला वन कार्यालय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्ष र सम्बन्धित निकायको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। स्थानीय बासिन्दाले मकैबारीमा जंगली हात्ती मृत भेटिएको घटना दुर्लभ भएको भन्दै चासो

    • प्रकाशित मितिः असार २, २०८२
    • 387 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved