धरान/ जन्मदिनमा हुने फजुल खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यसहित धरानका शिक्षासेवी डम्बरकुमार तुम्बापोले मानव सेवा आश्रममा आश्रित आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा बालबालिकासँग जन्मदिन मनाएका छन्। सुनसरीको धरान–१६ स्थित युएन स्कूलका डाइरेक्टर तथा युएन नवोदय प्लस टु र युएन कलेजका प्रिन्सिपल एवं क्याम्पस प्रमुख तुम्बापोले आफ्नो जन्मदिनको अवसरमा धरानस्थित मानव सेवा आश्रममा आश्रितहरूलाई विशेष भोजनका रूपमा खीर खुवाएका हुन्। आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै आएका तुम्बापोले आश्रमका आश्रितहरूसँग खुसी साट्न पाउँदा आफूलाई विशेष खुसी लागेको बताए। उनका अनुसार हरेक वर्ष राष्ट्रिय बाल
धरान /धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सेल्फीडाँडामा विद्युतीय गाडी (इभी) र ट्यांकर एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । मंगलबार कोशी लोकमार्गअन्तर्गत सेल्फीडाँडामा धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको प्र.१–०२–००१ ज ४४४१ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ७५२० नम्बरको ट्यांकर ठोक्किएका हुन् । दुर्घटनामा इभी चालक तेह्रथुमको फेदाप गाउँपालिका–१ का ४२ वर्षीय संजय मास्के र इभीमा सवार भोजपुरको पौवादुम्मा गाउँपालिका–३ चम्तामका ३८ वर्षीय कुलप्रसाद थापा मगर घाइते भएका छन् । प्रहरीका अनुसार मास्केको शरीरका विभिन्न भाग तथा खुट्टामा चोट लागेको छ भने था
धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मुसहरीटोलबाट लागूऔषध ब्राउन सुगर सहित धरानका दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार साेमबार साँझ ५ः३० बजे लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको को ३१ प ८८८५ नम्बरको स्कुटीलाई शंका लागेर प्रहरीले रोकेर जाँच गरेको थियो। इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले स्कुटी चालक धरान उपमहानगरपालिका–१७ का २७ वर्षीय हेम राई र पछाडि सवार सोही ठाउँका ४४ वर्षीय जयबहादुर खड्गीलाई खानतलासी गर्दा ब्राउन सुगर १ ग्राम ३८० मिलिग्राम फेला पारेको हो। प्रहरीले उनीहरूलाई उक्त पदार्थ र स्कुटीसहित नियन्त्रणमा लिएर इलाका प्
धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय कलेजले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा साथ दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १२ हजार १११ रुपैयाँ सहयोग गरेको छ। गत भदौ १० गते भएको अकल्पनीय प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले युएन नवोदय परिवारले उक्त रकम संकलन गरेको हो। विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालय, +२, कलेज र व्यवस्थापनको संयुक्त पहलमा संकलित रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा जम्मा गरिएको हो। विपत्तिका बेला पीडितको दुःखमा साथ दिनु सामाजिक
सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिकामा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। हरिनगर गाउँपालिका–६ स्थित भित्री सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५८ प ८३७२ नम्बरको मोटरसाइकललाई प्रहरीले शंका लागेर जाँच गरेको थियो। प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक हरिनगर गाउँपालिका–५ का ५५ वर्षीय नारायण मेहताको खानतलासी गर्दा मोटरसाइकलको डिकीभित्र कालो प्लास्टिकमा लुकाइराखेको अवस्थामा ६ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो। प्रहरीका अनुसार मेहताको साथबाट नेपाली रुपैयाँ २५ हजार ४६५ र भारतीय रुपैयाँ ५५० समेत बरामद भए
सुनसरी/ सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्रहरीले भन्सार छली भारतबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको छ। देवानगञ्ज गाउँपालिका–२ स्थित मरिया खोलाबाट प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ सीए १४२३ नम्बरको भारतीय मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा भन्सार छली अवैध रूपमा ल्याइएका लत्ताकपडा फेला पारेको हो। इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले बरामद गरेको लत्ताकपडाको अनुमानित मूल्य १ लाख ३२ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामग्री र भारतीय मोटरसाइकललाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा ल्य
सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रहरीले ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम देउमाई नगरपालिका–६ का २८ वर्षीय मदन सुवेदी र धरान उपमहानगरपालिका–५ का २२ वर्षीय राज राई रहेका छन्। प्रहरीका अनुसार भदौ २७ गते दिउँसो भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकही र प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको संयुक्त टोलीले भुटाहाबाट फुलचोकतर्फ पैदल आउँदै गरेका दुवै जनालाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मदन सुवेदीको साथबाट ५ ग्राम १८० मिलिग्राम ब्राउन सुग
धरान/ धरान–७ स्थित हिमालय पेट्रोल पम्पबाट ब्राउन सुगर लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुमको छथर गाउँपालिका–५ का ३० वर्षीय संजिव दास रहेका छन्। आईतवार बिहान करिब ९ः२० बजे बरगाछीस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिमालय पेट्रोल पम्प क्षेत्रमा शंकास्पद अवस्थामा रहेका दासलाई रोकेर खानतलासी गरेको थियो। त्यस क्रममा उनको साथबाट ०.३ ग्राम अर्थात् ३०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित नियन्त्रणमा लिइएका दासलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। घटनाबारे थ
झापा/ भोटेकोशीमा बाढी आएको दिनदेखि १९ दिनसम्म छोरा फर्किने बाटो हेरेका झापाको बिर्तामोड–३ का ७९ वर्षीय शान्तिराम आचार्यले आइतबार आफ्नै हातले छोराको कुशको शवमा दागबत्ती दिए। आँखाअघि छोराको शव थिएन, थियो त केवल कुशबाट बनाइएको प्रतीकात्मक शरीर। बाढीले छोरा बेपत्ता बनाएपछि शान्तिरामको परिवारले १९ दिनसम्म एउटै आशामा दिन काट्यो—कतै जीवितै भेटिएला कि ? तर खोजीका क्रममा न सास भेटियो, न लास। अन्ततः परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर परिवारले राजेन आचार्यको अन्तिम संस्कार गरेको छ। बिर्तामोड नगरपालिका–३, बिर्ताबजार रंगशाला टोलका ५२ वर्षीय राजेन आचार्य भदौ १० गते बिहान
इनरुवा/ कोशी गाउँपालिका–३ का ७८ वर्षीय छेवीलाल उराँव घरनजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको छ । उराँव समुदायको जातीय संस्कार, संस्कृतिसँग जोडिएको पौराणिक तथा सयौँ वर्ष पुरानो ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको हो । ट्युबेल (कल) र मोटरको पानी आउन थाले पनि हराउँदै गएको इनारलाई संरक्षण गर्न उराँव समुदायका संस्थापन अगुवा छेवीलालले इनारकै पानी प्रयोग गर्ने, इनारवरिपरि सरसफाइ गर्ने, बिहेबारीमा इनारको पानीको उपयोग गर्ने काममा लाग्नुभएको छ । उहाँले आफ्नो घरनजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुको मुख्य कारण संस्कृति संरक्षण र नयाँ पुस्तालाई इतिहास देखाउनु पनि रहेको बताउनुभएक