धरान/ कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गोष्ठी बुधबारदेखि धरानमा शुरू भएको छ। प्रदेश वन निर्देशनालय, धरानको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मन्त्रालय मातहतका कार्यालयहरूले वर्षभरि सम्पन्न गरेका कार्यक्रम, उपलब्धि, चुनौती र आगामी कार्यदिशामाथि समीक्षा भइरहेको छ। गोष्ठीको उद्घाटन पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद रिसाल, मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा, प्रदेश योजन
आज केही मनका कुरा तपाईंहरूसँग बाँड्ने इच्छा जागेको छ। पछिल्ला केही दिनदेखि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन, नारायणी अस्पतालमा भएको अत्यन्त दुःखद घटना र त्यसपछि देशभर देखिएको परिस्थिति हेर्दा मन अत्यन्तै व्यथित भएको छ। त्यसैले एक स्वास्थ्यकर्मी, एक शिक्षक र एक जिम्मेवार नागरिकका रूपमा आफ्ना केही धारणा सार्वजनिक गर्न चाहन्छु। मेरो जन्म काठमाडौंमा भयो। प्रारम्भिक शिक्षा–दीक्षा पनि काठमाडौंमै सम्पन्न भयो। त्यसपछि विदेशमा चिकित्साशास्त्र अध्ययन गर्ने अवसर प्राप्त भयो। अध्ययन सकेपछि आफ्नो कर्मभूमिका रूपमा मैले नेपालको पूर्वी भूभाग, धरानस्थित वी.पी. कोइराला स्वा
धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा विजयी अभिभावक टोलीलाई बुधबार सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक गङ्गाराम राई र भाइस प्रिन्सिपल विजय सिंह थेबेले विजेता अभिभावकहरूलाई खादा, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे। गत असार १३ गते धरान–५ देउरालीस्थित डिडी फुट्सलमा महिला शिक्षक र महिला अभिभावकबीच सम्पन्न मैत्रीपूर्ण प्रतियोगितामा अभिभावक टोलीले शिक्षक टोलीलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो। कार्यक्रममा प्रबन्ध निर्देशक राईले शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउने, आ
काठमाडौँ/ आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा तथा व्यास जयन्ती पर्व श्रद्धा, सम्मान र विविध कार्यक्रमका साथ मनाइँदैछ। गुरु पूर्णिमाका दिन शिक्षा, दीक्षा, वेदमन्त्र र ज्ञान प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहिआएको छ। धार्मिक ग्रन्थअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको उज्यालो फैलाउने व्यक्तिलाई गुरु मानिन्छ। हिन्दू धर्मशास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका स्वरूपका रूपमा सम्मान गरिन्छ। यही मान्यताअनुसार गुरुको महिमा वर्णन गर्दै ‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः
धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज बजारमा मंगलबार साँझ झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । आगजनी, तोडफोड र घरेलु हतियारसहितको आक्रमण–प्रत्याक्रमणका कारण सुरक्षा अवस्था केही समय नियन्त्रणबाहिर पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ करिब ७ बजेदेखि सुरु भएको झडप लामो समयसम्म जारी रहँदा दुवै पक्ष ठूलो सङ्ख्यामा सडकमा उत्रिएका थिए । रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियार प्रयोग गर्दै एकअर्कामाथि आक्रमण भएको बताइएको छ । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा टोली
धरान/ धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्यक्षमा विकास भाटी सर्वसम्मतले चयन हुनुभएको छ । श्रावण ९ गते शनिबार सुनसरी बडीविल्डिङ एण्ड फिटनेश संघका अध्यक्ष अमन श्रेष्ठको अध्यक्षतामा नेपाल बडीविल्डिङ एण्ड फिटनेश महासंघका पूर्व केन्द्रीय सदस्य तथा कोशी प्रदेश बडीविल्डिङ एण्ड फिटनेश संघका कोषाध्यक्ष रनबहादुर थेवेको प्रमुख आतिथ्यमा बसेको बैठकले भाटीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यसैगरी संघको प्रथम उपाध्यक्षमा सन्दीप गिरी, द्वितीय उपाध्यक्षमा साना राई, सचिवमा प्रदीप ९अमृत० लिम्बु, सहसचिवमा रञ्जना राई र कोषाध्यक्षमा समिनकला राईलाई चयन गरेको छ भने सदस्यहरूमा कुमार लिम्बु, मनिष मास्
धरान/ सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनापछि सुरु भएको आन्दोलन मंगलबार कोशी प्रदेशदेखि मधेश प्रदेशसम्म फैलिएको छ। घटनाको विरोधमा विराटनगरमा बजार बन्द गराइएको छ भने सुनसरी र सिरहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरिएको छ। विराटनगरमा आन्दोलनकारीहरूले हनुमान मन्दिरबाट प्रदर्शन सुरु गर्दै ट्राफिक चोक, महेन्द्र चोकलगायतका मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले व्यापारीहरूलाई पसल बन्द गर्न आग्रह गरेपछि अधिकांश पसल बन्द भएका थिए र बजारको जनजीवन प्रभावित बनेको थियो
झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद्यालयको एक कोठाभित्र २९ वर्षीया महिलाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान फरार रहेकाले प्रहरीले खोजी तीव्र बनाएको छ। प्रहरीका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका–१६ निवासी ३० वर्षीय रतन गुप्ता र उनकी श्रीमती सर्लाही लालबन्दी नगरपालिका–२ की २९ वर्षीया कविता कुमारी ढुङ्गाना विद्यालयमै बसोबास गर्दै अध्यापन गरिरहेका थिए। विद्यालयमा साउन ५ गतेदेखि बिदा भएपछि दुवै जना सम्पर्कविहीन भएका थिए। साउन ११ गते विद्यालय खुलेपछि दम्पती नदेखिएपछि विद्यालय प्रशासनले फोन सम्पर्कको प्रयास गरेको थियो। त्यसक्रममा रतन गुप्ताले विद्यालयका प्रधा
काठमाडौं/ चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका ल
धरान/ नेपाल चिकित्सक संघको आह्वानमा आज (मंगलबार) देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने भएका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड र वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा संघले आन्दोलनको घोषणा गरेको हो। नेपाल चिकित्सक संघ, धरान शाखा, सुनसरीले केन्द्रीय कार्यालयको निर्णयप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै सुनसरी जिल्लाभित्रका सरकारी, निजी, शिक्षण तथा सामुदायिक अस्पताल, मेडिकल कलेज, स्वास्थ्य संस्था र क्लिनिकहरूमा पनि आकस्मिक सेवाबाहेक सम्पूर