मोटरसाइकलको डिकीभित्र लुकाएर ल्याइएको ब्राउन सुगरसहित ५५ वर्षीय नारायण पक्राउ

  • भदौ २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिकामा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

हरिनगर गाउँपालिका–६ स्थित भित्री सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५८ प ८३७२ नम्बरको मोटरसाइकललाई प्रहरीले शंका लागेर जाँच गरेको थियो।

प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक हरिनगर गाउँपालिका–५ का ५५ वर्षीय नारायण मेहताको खानतलासी गर्दा मोटरसाइकलको डिकीभित्र कालो प्लास्टिकमा लुकाइराखेको अवस्थामा ६ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो।

प्रहरीका अनुसार मेहताको साथबाट नेपाली रुपैयाँ २५ हजार ४६५ र भारतीय रुपैयाँ ५५० समेत बरामद भएको छ।

लागुऔषध, नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भारतबाट भन्सार छली ल ...

सुनसरी/  सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्र ...

धरानका राजको शरीरभित ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रह ...

धरानमा शंकास्पद अवस् ...

धरान/ धरान–७ स्थित हिमालय पेट्रोल पम्पबाट ब् ...

१९ दिनसम्म सास–लासको ...

झापा/ भोटेकोशीमा बाढी आएको दिनदेखि १९ दिनसम्म छोरा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved