खेलकुद

    Showing 31-40 of 516 items.
  • वराहक्षेत्र मेयर लिग कप : वडा नं २ च्याम्पियन, चाँदीको ट्रफीसहित नगद पुरस्कार

    सुनसरी/वराहक्षेत्र नगरपालिकामा सम्पन्न तेस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता वडा नं २ को टोलीले जितेको छ। बुधवार सम्पन्न फाइनल खेलमा वडा नं २ ले वडा नं ५ लाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो। उपाधिसँगै विजेता टोलीले दुई लाख २ हजार नगद पुरस्कार प्राप्त गरेको छ। साथै, रनिङ शिल्ड प्रतियोगिता भएकाले वडा नं २ ले अर्को सिजनको लिग हुनु एक महिनासम्म एक केजी चाँदीको ट्रफी समेत राख्न पाउनेछ। उक्त ट्रफी तीन पटक जितेपछि मात्र विजेता टोलीको स्थायी स्वामित्वमा जाने नियम छ। पुरस्कार राशि : • विजेता (वडा नं २) : रु. २,०२,००० • उपविजेता (वडा नं ५) : र

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 410 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा नं. ९ तेस्रो स्थानमा, बराहक्षेत्र मेयर लिग कपको उपाधि भिडन्त बुधबार

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार सम्पन्न खेलमा वडा नं. ९ विजयी भएको छ। वडा नं. १० लाई १-० को अन्तरले पराजित गर्दै वडा नं. ९ तेस्रो स्थान हासिल गर्न सफल भयो। तेस्रो स्थान हात पार्दै वडा नं. ९ ले नगद ५१ हजार रुपैयाँ, जबकि चौथो स्थानमा सीमित वडा नं. १० ले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ९ का गोलरक्षक दिवस चौधरी "म्यान अफ द म्याच" घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे। अब बुधबार वडा नं. २ र वडा नं. ५ बीच उपाधि भिडन्त हुनेछ

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 242 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप: उपाधि जित्नेमा चर्च ब्वाइज र थ्रीस्टार आत्मविश्वासी

    विराटनगर/ विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बुधबार ६ बजे हुने फाइनलमा चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने थ्रीस्टार दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ । थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको छ । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले न

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 259 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप: फाइलनमा चर्च ब्वाइज र थ्रीस्टार भिड्दै

    विराटनगर/  सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । बिदेशी खेलाडी एबायोमीले निकालको लामो पासलाई लाक्पाले ७० औं मिनेटमा गोल गरेका थिए । जितसँगै चर्च ब्वाइजले उपाधिको लागि बुधबार थ्रीस्टारसँग सामना गर्नेछ । थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उ

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 274 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • थ्रीस्टार क्लब विराट गोल्डकपको फाइनलमा

    विराटनगर/ थ्रीस्टार क्लब ९औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। विराटनगरको सहिद रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै थ्रीस्टारले उपाधि नजिकको यात्रा तय गरेको हो। थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गर्दै टिमलाई जित दिलाए। खेलको पहिलो मिनेटमै दिपेश घलेको क्रस पासलाई प्रशान्त लिम्बुले जाली चुमाए। खेलको २८औं मिनेटमा आशिष चापागाईंको पासलाई दिपेशले गोलमा परिणत गरे। ८१औं मिनेटमा नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे। आर्मीका लागि कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले स

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 335 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप : वडा नं ५ फाइनलमा प्रवेश

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं ५ विजयी भएको छ। आइतवार सम्पन्न खेलमा वडा नं ५ ले वडा नं ९ लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। अब उपाधिका लागि वडा नं ५ ले वडा नं २ सँग प्रतिस्पर्धा गर्नेछ। वडा नं २ ले सेमिफाइनलमा वडा नं १० लाई हराउँदै फाइनल यात्रा तय गरिसकेको छ। प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ। सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ५ का दिपेन कार्की म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँ सहित ट्रफी प्राप्त गरे। ते

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 204 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप : वडा नं २ फाइनलमा

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा नं २ विजयी भएको छ। वडा नं २ ले वडा नं १० लाई १-० को अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। खेलको एक मात्र निर्णायक गोल गर्ने दिपेश तामाङ्ग म्यान अफ द म्याच घोषित भए। उनले नगद २,१०० रुपैयाँ र ट्रफी प्राप्त गरे। अब वडा नं २ ले उपाधिका लागि वडा नं ५ र वडा नं ९ बीच आइतबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि क्वार्टरफाइनल चरणमा वडा नं ५ ले वडा नं ४ लाई र वडा नं १० ले वडा नं ३ ला

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 255 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग : साविक विजेतामाथि वडा नं ९ को सनसनीपूर्ण जित

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा वडा नं ९ ले साविक विजेता वडा नं १ लाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। समूह 'ए' बाट दोस्रो हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको वडा नं ९ ले समूह 'बी' बाट दोस्रो भएको साविक विजेता वडा नं १ लाई १–० को रोमाञ्चक जित दर्ता गर्दै प्रतियोगिताबाट बाहिर पठायो। निर्णायक गोल गर्दै टिमलाई ऐतिहासिक जित दिलाएका शम्भु चन्द्रवशी खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद २,१०० रुपैयाँसहित ट्रफी प्राप्त गरे। अब सेमिफाइनलमा

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 288 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप : आज थ्री स्टार र मछिन्द्र भिड्दै

    विराटनगर/ आज रमपम विराट गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेलमा थ्री स्टार क्लब र मछिन्द्र क्लब आमनेसामने हुँदैछन्।  विराट गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेलमा आज थ्री स्टार क्लब र मछिन्द्र क्लब भिड्दैछन्। दुवै टोली उपाधि जित्ने बलियो दाबेदार मानिन्छन्। खेल साँझ ५ बजे सहिद रंगशालामा हुनेछ। दुवै टोली प्रतिष्ठित उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। यसैबीच, बिहीबारको दोस्रो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २-० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। पुलिसको प्रभावशाली प्रदर्शन, एपीएफको उपाधि रक्षा असफल विभागीय टोली नेपाल पुलिस क्लबले साविक विजेता सशस्त्र प्रहर

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 277 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर कपः वडा नं २ सेमिफाइनलमा प्रवेश

    वराहक्षेत्र ।वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत बिहिवार भएको तेस्रो क्वाटर फाईनल खेलमा वडा नं २ बिजयी भएको छ । समुह सि बाट बिजेता हुँदै क्वाटर फाईनलको यात्रा तय गरेको वडा नं २ ले समूह ए वाट तेस्रो हुँदै क्वाटर फाईनलमा प्रवेश गरेको वडा नं ८ लाई शुन्यका बिरुद्ब एक गोलको अन्तरले पराजित गरेको हो । बिजयीसंगै वडा नं २ ले सेमिफाईनलको यात्रा तय गरेको छ । अव फाइनल प्रवेशकालागि वडा नं २ ले वडा नं १० संग प्रतिस्पर्धा गर्नेछ । वडा नं १० ले क्वाटर फाईनलमा पहिलो संस्करणको बिजेता वडा नं ३ लाई पराजित गर्दै सेमिफाइनको यात्रा

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 274 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved