एन्फा एकेडेमी धरानद्वारा खेलाडीहरूलाई खेलकुद सामग्री वितरण

  • जेठ ३०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो वर्षका खेलाडीहरूलाई खेलकुद सामग्री वितरण गर्दै युवा फुटबल खेलाडीहरूको मनोबल बढाएको छ।

एकेडेमीको सभाहलमा आयोजित विशेष कार्यक्रममा ३० भन्दा बढी खेलाडीहरूलाई खेल पोशाक तथा आवश्यक खेल सामग्री हस्तान्तरण गरिएको हो।

एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई को सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका नवनियुक्त सदस्य सचिव विप्लव घोष प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्त अर्याल, सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष नवीन राई, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य अर्जुन पौडेल लगायत खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

IMG-20260613-WA0004

प्रमुख अतिथि विप्लव घोषले खेलकुदको विकासमा कोशी प्रदेश सरकार र खेलकुद विकास बोर्ड सधैं सकारात्मक रहेको बताउँदै खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण र अवसर उपलब्ध गराउन विशेष योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सभापति किशोर राईले एन्फा एकेडेमी नेपाली फुटबलको भविष्य निर्माण गर्ने थलोका रूपमा स्थापित भइरहेको उल्लेख गर्दै दक्ष खेलाडी उत्पादनमा एकेडेमीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो।

कार्यक्रममा बोल्ने अन्य अतिथिहरूले नेपाली फुटबललाई अझ व्यवसायिक बनाउनुपर्ने, खेलाडीहरूको भविष्य सुनिश्चित गर्नुपर्ने तथा खेलकुद नीतिमा समयानुकूल सुधार आवश्यक रहेको धारणा राखे।

उनीहरूले नेपाली फुटबलले भविष्यमा विश्वकप खेल्ने सपना देख्नुपर्ने र त्यसका लागि आधार तहदेखि नै योजनाबद्ध तयारी आवश्यक रहेको बताए।

सो अवसरमा प्रमुख अतिथि तथा अन्य अतिथिहरूले एकेडेमीका खेलाडीहरूलाई खेल सामग्री वितरण गरेका थिए। सामग्री पाएपछि युवा खेलाडीहरू उत्साहित देखिएका थिए।

कार्यक्रमकै अवसरमा कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्त अर्याल तथा नवनियुक्त सदस्य सचिव विप्लव घोषलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन युवराज अधिकारीले गर्नुभएको थियो।

IMG-20260613-WA0000

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved