मेघा हिमालयन तेस्रो मेयर कप स्कुल ओलम्पिकको बास्केटबल च्याम्पियन

  • असार १८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत बिहीबार सम्पन्न बास्केटबल प्रतियोगिताको उपाधि मेघा हिमालयन स्कुलले जितेको छ।

फाइनलमा केके इन्टरनेशनल स्कुललाई ५२–४८ ले पराजित गर्दै मेघाले च्याम्पियनशिप आफ्नो नाममा लेखाएको हो। सुरुवाती दुई क्वार्टरमा केके इन्टरनेशनलले खेलमा पकड बनाएको थियो।

पहिलो क्वार्टर ४–३ र दोस्रो क्वार्टर १०–५ ले आफ्नो पक्षमा पार्दै उसले पहिलो हाफमा अग्रता कायम राखेको थियो।

तर तेस्रो क्वार्टरमा मेघाले उत्कृष्ट पुनरागमन गर्‍यो। बलियो रक्षात्मक प्रदर्शनसँगै केकेलाई केवल ४ अंकमा सीमित गर्दै आफूले १६ अंक जोडेर खेल आफ्नो पक्षमा मोड्यो।

चौथो क्वार्टरमा केके इन्टरनेशनलले १९–१० को प्रभावशाली प्रदर्शन गर्दै खेल बराबरीको अवस्थामा पुर्‍यायो र खेल ओभरटाइममा धकेलियो।

ओभरटाइममा भने मेघाले संयमित प्रदर्शन गर्दै ८–४ को अग्रता बनायो र अन्ततः ५२–४८ को जित निकाल्दै उपाधि उचाल्यो।

मेघाको जितमा संगम ठाकुरले सर्वाधिक २५ अंक जोड्दै खेलकी उत्कृष्ट स्कोरर बनाए ।

प्रतियोगितामा मेघा हिमालयन विजेता, केके इन्टरनेशनल स्कुल उपविजेता बने। डिपो माध्यमिक विद्यालय र जुनियर पायोनियर स्कुलले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका छन्।

बास्केटबल प्रतियोगितामा धरानभरका १६ सामुदायिक तथा संस्थागत विद्यालयको सहभागीता जनाएक थिए ।

पैसा नदिएको रिसमा बु ...

सर्लाही/  सर्लाहीको बसबरिया गाउँपालिका–१, मा ...

धरान उपमहानगरको बजेट ...

धरान/  धरान उपमहानगरपालिकाले संवैधानिक तथा का ...

चतरा कोशी प्रदेशकै ब ...

सुनसरी/  सुनसरीको चतरा क्षेत्र पछिल्लो एक दशकमा धा ...

धरान हङकङ मञ्चको नेत ...

सुनसरी/ हङकङमा रहेका धरानेहरुको हकहितका लागि सन १९९९ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved