धरान ब्याडमिन्टन प्रतियोगिताबाट १ लाख ५९ हजार बचत

  • असार ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ‘धरान खुल्ला तथा राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगिता–२०८३’ को प्रतिवेदन तथा आय–व्यय विवरण आइतबार सार्वजनिक गरेको छ।

धरानस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा प्रतियोगिताको आर्थिक तथा प्राविधिक प्रतिवेदन सार्वजनिक गरिएको हो।

क्लबका अनुसार प्रतियोगिताबाट स्थानीय तथा खुल्ला विधाको दर्ता शुल्क, विभिन्न संघ–संस्था, स्थानीय तह, वडा कार्यालय, प्रायोजक, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिहरूबाट प्राप्त सहयोगसहित कुल १७ लाख ४० हजार ९ सय रुपैयाँ आम्दानी भएको थियो।

आर्थिक संयोजक खगेन्द्रकुमार मेन्याङ्बोले प्रतियोगिता सञ्चालनका क्रममा टेन्ट हाउस, साउन्ड सिस्टम, हल भाडा, सरसफाइ, प्रचारप्रसार, मेडल, होटल, पुरस्कार, स्टेशनरी, कोर्ट सामग्री, मेडिकल, खानपान तथा अन्य व्यवस्थापन खर्च गरी १५ लाख ८० हजार ९ सय ३० रुपैयाँ खर्च भएको जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा मात्रै ७ लाख ९१ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो। सम्पूर्ण आय–व्ययपछि क्लबसँग १ लाख ५९ हजार ९ सय ७० रुपैयाँ मौज्दात रहेको छ।

कार्यक्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सरकारी तथा गैरसरकारी निकाय, प्रायोजक, खेलप्रेमी, स्वयंसेवक र सहभागी सबैप्रति क्लबले आभार व्यक्त गरेको छ।

१०७ टिम र २१४ खेलाडीको सहभागिता

धरान ब्याडमिन्टन क्लबका अध्यक्ष टंकबहादुर लिम्बूका अनुसार प्रतियोगिता २०८३ वैशाख १८ देखि २० गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा नेपालका विभिन्न जिल्लासँगै भारतको नागाल्यान्ड र विहारबाट आएका खेलाडीहरूको समेत सहभागिता रहेको थियो।

विभिन्न विधामा गरी १०७ टिमका २१४ खेलाडी सहभागी बनेका प्रतियोगिताले तीन दिनसम्म धरानको ब्याडमिन्टन कोर्टलाई खेलमय र रोमाञ्चक बनाएको थियो।

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाले गरेका थिए भने समापन समारोह पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

यी खेलाडी बने च्याम्पियन

पुरुष डबल्स खुल्लातर्फ देवराज रानामगर र क्षितिज खनाल विजेता बने। पुरुष भेट्रान १०० प्लसमा सुदिप योन्जन र इन्द्र मेहता उत्कृष्ट घोषित भए।

त्यसैगरी पुरुष सिंगल्समा विधान अधिकारी, मिक्स डबल्समा सुनिलजंग कार्की र निसमहाङ सुब्बा, महिला डबल्समा रसिला महर्जन र अमिता गिरी तथा महिला सिंगल्समा रसिला महर्जनले उपाधि जित्न सफल भए।

अध्यक्ष लिम्बूले प्रतियोगिताको सफल आयोजनाले धरानलाई राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुगेको उल्लेख गर्दै आगामी संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक तथा अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रतिबद्धता व्यक्त गरे।

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved