श्रवणकुमार बास्केटबल रनिङ कप सुरु, हिमालयन, हिमशिखर, डिपो र डीपीएस विजयी

  • साउन १५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ डिपो माध्यमिक विद्यालयको आयोजनामा पाँचौं मेजर श्रवणकुमार लिम्बू स्मृति अन्तरविद्यालय बास्केटबल रनिङ कप शुक्रबारदेखि सुरु भएको छ।

प्रतियोगिताको पहिलो दिन सम्पन्न चार खेलमा हिमालयन मेघा एकेडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल इटहरी, डिपो माध्यमिक विद्यालय धरान र दिल्ली पब्लिक स्कुल (डीपीएस) धरान विजयी भएका छन्।

डिपो माध्यमिक विद्यालयको खेल मैदानमा भएको उद्घाटन खेलमा हिमालयन मेघा एकेडेमीले अरणिको इङ्लिस बोर्डिङ स्कुललाई ६१–३० अंकले पराजित गर्‍यो। हिमालयनले चारै क्वाटरमा क्रमशः १२–८, १७–६, १५–७ र १६–९ अंकको अग्रता बनाउँदै सहज जित हात पार्यो।

दोस्रो खेलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले सियोन स्कुल धरानलाई ३५–२३ अंकले हरायो। हिमशिखरले पहिलोदेखि चौथो क्वाटरसम्म क्रमशः ७–५, १३–५, ७–५ र ८–८ अंकको नतिजा निकालेको थियो।

उद्घाटन खेलमा आयोजक डिपो माध्यमिक विद्यालयले आइडल बोर्डिङ स्कुल धरानलाई २८–२० अंकले पराजित गर्दै सुखद सुरुआत गर्‍यो। डिपोले चार क्वाटरमा क्रमशः १०–४, ४–२, ६–८ र ८–६ अंक जोडेको थियो।

यता, ब्राइट फ्युचर एकेडेमी (मोरङ) खेल मैदानमा उपस्थित नभएपछि दिल्ली पब्लिक स्कुल धरान स्वतः विजेता घोषित भयो।

कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालय सहभागी छन्।

साउन १५ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

विद्यालयका पूर्वअध्यक्ष तथा डिपो सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो।

विद्यालयको नेतृत्व गरिरहेकै क्रममा कोरोना महामारीका कारण २०७८ साल साउन १५ गते उहाँको निधन भएको थियो।

बराहक्षेत्रमा स्कुटी ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मुसहरीटोल ...

युएन नवोदयद्वारा प्र ...

धरान/  सुनसरीको धरान–१६ मा अवस्थित युएन ...

मोटरसाइकलको डिकीभित् ...

सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिकामा प्रहरीले ब्रा ...

भारतबाट भन्सार छली ल ...

सुनसरी/  सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved