पर्यटन

    Showing ४५१-४६० of ५१६ items.
  • कोरोना कहर पछिको नयाँ बर्ष: भेडेटारमा पर्यटकको चहलपहल

    धरान । कोरोनाका कारण विगत दुई बर्ष नयाँ बर्षमा कुनै चहल पहल नभएको सागुरीगढी ६, भेडेटारमा यस वर्षको पहिलो दिन चहल पहल बढेको छ । कोरोना संक्रमणका समयमा सरकारले लगाएको लकडाउन र सर्वसाधारणमा कोरोनाको सन्त्रास भएकै कारण विगतका दुई वर्ष भेडेटारमा नयाँ बर्षमा सुनसान थियो तर यस बर्ष कोरोना सहज बन्दै गएपछि भेडेटारमा सर्वसाधारणको आवागमन बढेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले भने, ‘दुई बर्ष त भेडेटार सुनसान रहयो, नयाँ बर्ष आएको जस्तो पनि लागेको थिएन, तर यस बर्ष भने केही चहलपहल भएको छ, भेडेटारका व्यवसायी ०७९ को नयाँ बर्षमा आएका आन्तरिक तथा वाह्य पर्यटकका कारण उत्साहि

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १,२८८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अमाहमा आन्तरीक पर्यटक बढ्दै

    धरान । पुर्वी नेपालको सुनसरी जिल्ला बराहक्षत्रेत्र ५ स्थित अमाहा सामुदायिक वन क्षेत्र भित्र रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकहरुको रोजाईमा पर्न थालेसँगै पर्यटकको घुईंचो नै लाग्न थालेको छ । अमाहमा दैनिक रुपमा पिकनिक खान र त्यस क्षेत्रको सुन्दरता नियाल्न आन्तरिक र बाह्य पर्यटकहरुको आवत जावत हुन थालेको छ । आन्तरिक र बाह्य पर्यटक बढेसँगै अमाहमा पर्यटकीय गतिविधी समेत बढेको छ । शान्त हरियाली वातावरण युक्त अमाह सिमसारमा आन्तरिक तथा बाह्य पर्यटकको घुईंचो नै लाग्ने गरेको शुक्रवार पिकनिकका लागि पुगेका टेकानेकुञ्ज सहकारी संस्थाका अध्यक्ष अमित गौतमले बताए । गौतमका अनुसार २०७१ सालदेखि स्था

    • प्रकाशित मितिः चैत २५, २०७८
    • १,६९२ पटक पढिएको
    • "सुमन मेहता"
  • प्रदेश १ को समृद्धिका आधार : धार्मिक, पर्यटन, औद्योगिक

    धरान । प्रदेश १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल छ । यहाँ कृषि, जलस्रोत र पर्यटनको प्रचुर सम्भावना रहेकाले प्रदेश सरकारले पनि धार्मिक, पर्यटन र औद्योगिक विकाशलाई पहिलो प्राथमिकतामा राखेको छ । नेपालको कुल निकासीमा ४१ दशमलव ४ प्रतिशत योगदान प्रदेश १ को रहेको छ । प्रदेशमा भएका स्रोतसाधनलाई सदुपयोग गर्दैै अगाडि बढे छिट्टै आर्थिक रुपमा सम्पन्न हुने व्यवसायीहरु बताउँछन् । तर राजनितिक मुद्धामा अलमलिएका कारण केही असहजता भएको उनीहरुको भनाई छ । स्थानीय, प्रदेश र संघको सरकार बनिसकेकाले अब सबैको ध्यान आर्थिक विकासमा हुनुपर्ने सांसद समेत रहेका उद्योगी मोती दुगड बताउँछन् । औद्योगिक, पर

    • प्रकाशित मितिः चैत २३, २०७८
    • १,४५० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गर्मी बढेसँगै चतरामा बोट चढ्नेको संख्यामा बृद्धि

    धरान । सुनसरीको बराहक्षेत्रको पर्यटक तान्ने अर्को माध्यम चतरादेखि भोजपुरसम्म चल्ने पानी बोट नै हो । कोशीमा चल्ने बोटकै कारण पछिल्लो समय आन्तरिक तथा वाहय पर्यटक आउने गरेका छन् । बोटमा यात्रा गर्नेहरु प्राय ः जल पर्यटनमा शौखिन राख्नेहरु नै हुन्छन् । उनीहरु बोटमा चढेर कोशी नदीको यात्रा गर्दा ‘रिफ्रेसमेन्ट’कोमहसुस गर्छन् । भोजपुर जिल्ला लगायत अन्य जिल्लाका ग्रामीण क्षेत्रका सर्वसाधारणको लागि वोट सवारी साधनको माध्यम बनेपनि पर्यटकका लागि मनोरञ्जनको माध्यम बनेको छ । विराटनगरबाट बोटको मनोरञ्जन लिनकै लागि कोशी पुगेकी पुण्यमाया गौतमले कोशीमा बोट चढेर नौलो अनुभव बटुल्नकै लागि आएको बताइ

    • प्रकाशित मितिः चैत १६, २०७८
    • १,०२७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्वका पर्यटन व्यवसायी कोरोनापछि जुर्मुराउदै

    धरान । पूर्वका पर्यटन व्यवसायीहरु कोरोनाको कहरपछि पहिलाकै लयमा फर्कन जुर्मुराउन थालेका छन् । विगतमा कोरोना कहरकै कारण विस्थापित हुनुपर्ने अवस्थासम्म पुगेका उनीहरु कोरोना सहज बन्दै गर्दा पर्यटन प्रवद्र्धनका कामहरुलाई निरन्तता दिँदै व्यवसायिक प्रवद्र्धनमा जुटेका हुन् । विगतमा थाँति रहेका पर्यटन प्रवद्र्धनका कामहरुलाई कोरोना सहज बन्दै गएपछि निरन्तता दिन थालेका हुन् । गत बर्ष हुन नसकेको इस्ट टुरिजम मार्टलाई समेत उनीहरुले निरन्तता दिएका छन् । धरान १२ पब्लिक स्कूलको मैदानमा भएको तीन दिने मार्टमा भारत र नेपालका पर्यटन व्यवसायी एकै ठाउमा जम्मा भएका थिए । पूर्वमा रहेका पर्यटन प्रवद्र्धनलाई भारतमा प्

    • प्रकाशित मितिः चैत १४, २०७८
    • १,१७६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लालीगुँरासले तान्यो टिएमजेमा आन्तरिक पर्यटक

    धरान । संखुवासभाको तीनजुरे, मिल्के र तेह्रथुमको जलजले (टिएमजे) मा लालीगुँरास ढकमक्क फुलेसंगै आन्तरिक पर्यटकको घुईचो लाग्न थालेको छ । सुख्खा मौसम अर्थात चैत्र वैसाखमा फुल्ने लालीगँुरास फुल्दा त्यस क्षेत्रका जंगल राताम्मे हुने गरेको छ । अत्यन्तै मनमोहन, लोभ्याउने भएकै कारण लालीगँुरासको दृश्यावलोकनका साथै त्यस ठाउँको दृश्य क्यामेरामा कैद गर्नकै लागि अहिले यी क्षेत्रमा घुम्न आउनेको संख्यामा वृद्धि भएको स्थानीय बताउँछन् । धरानदेखि लालीगँुरास नगरपालिका अन्तर्गतको बसन्तपुर बजार सवारी साधनमा ५ घण्टाको दूरीमा पुग्न सकिन्छ । त्यसपछि आधा एक÷आधा घण्टामा गुरासको राजधानी पुग्न सकिन्छ । विशेष गरेर ध

    • प्रकाशित मितिः चैत ८, २०७८
    • १,५१५ पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • थारु संग्रहालय घुम्ने पर्यटक बढे

    धरान । उदयपुरको बेलका नगरपालिकामा रहेको ‘थारु संग्रहालय’ पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा विकसित हुदै गएको छ । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. २ करहिया, बेल्हास्थित रहेको आदीवासी थारु समुदायको संग्राहलयमा घुम्न आउने पर्यटकहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको हो । विगतमा संग्रहालय निर्माणमा कोरोनाले असर गरेको थियो । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोनाकै कारण एक बर्ष ढिलाई भएको थियो । कोरोनाको दोस्रो लहर शुरु हुनु अघि केही सहजता हुँदा संग्रहालय निर्माण सम्पन्न भएको थियो । तर पुनः संक्रमण फैलिन थाले पछि पर्यटकहरु आउन छाडेका थिए । पछिल्लो समय कोरोना सहज बन्दै गएपछि

    • प्रकाशित मितिः चैत १, २०७८
    • १,७७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • 'इस्ट टुरिजम मार्ट चैत्र' ११ देखि

    धरान । कोरोना कहरका कारण थिलथिलो भएको पर्यटन व्यवसायी फेरि पुरानै लहयमा फर्कन पर्यटन प्रवद्र्धन गर्ने काममा जुटेका छन् । पूर्वको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नका लागि यसपटक चैत्र ११ देखि १३ गतेसम्म इस्ट टुरिजम मार्टको आयोजना गरिने इस्ट टुरिजम मार्ट २०२२ आयोजक समितिले धरानमा पत्रकार सम्मेलनको  आयोजना  गरी जानकारी दिएको छ ।   धरान १२ पब्लिक माविको प्रागरणमा हुन लागेको मार्ट विगतमा प्रेक्षलय हलमा हुने गरेपनि यसथिक भने खुल्ला मैदानमा गर्न लागिएको मार्टका संयोजक भविष श्रेष्ठले जानकारी दिए । उनले भने–'नागिरकहरुमा पर्यटनप्रतिको चासो बढाउन

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • १,१६७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई सय हप्ता पुगेको अवसरमा पदयात्रा

    धरान । स्वास्थ्य नै धन हो भन्ने मूल मन्त्र बाकेर गठन भएको सेवक अभियान २ सय हप्र्ता पूरा गरेको छ । पदयात्राका माध्यमबाट धरानका सर्वसाधारणाई स्वँथ्य जीवन प्रदान गर्नुका साथै धरानका रमणीय पर्यटकीय स्थलको अवालोकन गराउदै आएको सेवक अभियानले आफ्नो २ सय हप्ता पुगेको अवसरमा धरानको पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराएको छ । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले पदयात्राको उद्घाटन गरेका थिए । उद्घाटन पश्चात बोल्दै भण्डारीले सेवक अभियानले गरेको कामप्रति खुलेरै प्रशंसा गरे । उनले भने– ‘सेवक अभियानले पदयात्राका माध्यमबाट मानिसको जीवन स्वास्थ्य राख्न र धरानका पर्यटकीय स्थलको अवलोकन समेत ग

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १,१०२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टिकटक स्थल बन्दै इलामको कन्याम

    धरान । इलामको सूर्योदय नगरपालिकामा पर्ने कन्याम पर्यटकको लागि आकर्षक गन्तव्य स्थल त छँदैछ यो सँगै कन्यामले अर्को परिचय बनाएको छ । घुम्न जानेहरुका लागि कन्याम पछिल्लो समय टिकटक बनाउने स्थलको रुपमा परिचित बन्दै गएको छ । झापाको विर्ताबोडबाट ४७ दशमलब २ किलोमिटरको दूरीमा पुग्न सकिने कन्याममा विभिन्न प्रकारका पहिरन लगाएर टिकटक बनाउनेको घुइचो लाग्ने गरेको हो । इनरुवा नगरपालिका घर भएकी सेविका खनाल इलामको कन्याम अत्यन्तै रमणीय स्थल भएको सुनाउछिन् । पेशाले नर्स समेत रहेकी उनले इलाम पुग्दा साथीभाईसँग टिकटक बनाइरहन मन लाग्ने बताइन् । उनले भनिन्–‘स्वर्गको परीजस्तो देखिने यो स्थानमा गएपछि जो क

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १,५५४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved