दुई सय हप्ता पुगेको अवसरमा पदयात्रा

  • फागुन २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्वास्थ्य नै धन हो भन्ने मूल मन्त्र बाकेर गठन भएको सेवक अभियान २ सय हप्र्ता पूरा गरेको छ । पदयात्राका माध्यमबाट धरानका सर्वसाधारणाई स्वँथ्य जीवन प्रदान गर्नुका साथै धरानका रमणीय पर्यटकीय स्थलको अवालोकन गराउदै आएको सेवक अभियानले आफ्नो २ सय हप्ता पुगेको अवसरमा धरानको पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराएको छ ।

प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले पदयात्राको उद्घाटन गरेका थिए । उद्घाटन पश्चात बोल्दै भण्डारीले सेवक अभियानले गरेको कामप्रति खुलेरै प्रशंसा गरे । उनले भने– ‘सेवक अभियानले पदयात्राका माध्यमबाट मानिसको जीवन स्वास्थ्य राख्न र धरानका पर्यटकीय स्थलको अवलोकन समेत गराउनै आएको छ, स्वास्थ्यसंगै गरिब दुःखी, असहाय, गरिब विद्यार्थीलाई गरेको सहयोग अझ अतुलनीय रहेको छ । यसलाई मुक्त कण्ठले प्रशंसा गर्नुपर्छ ।’

‘पदयात्राका माध्यमबाट स्वास्थ्य’ भन्न मूल नारा बोकेको सेवक अभियानको अभियानलाई सभामुख मात्र हैन धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उप्रमुख मञ्जु भण्डारी सुवेदीले पनि प्रशंसा गरेका थिए ।

सेवक अभियानका अध्यक्ष राजीव हलुवाइले सेवक अभियानले स्वथ्य जीवनसंगै गरिब तथा सहायहरुलाई सहयोग गरेको बताएका थिए ।

पदयात्रा धरानको सिंहदेवीदेखि विजयपुर तथा अन्य पर्यटकीय स्थलको भ्रमण गर्दै पुन सिंहदेवी चौकमा आएर सम्पन्न भएको थियो ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved