कोरोना कहर पछिको नयाँ बर्ष: भेडेटारमा पर्यटकको चहलपहल

  • बैशाख २, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोरोनाका कारण विगत दुई बर्ष नयाँ बर्षमा कुनै चहल पहल नभएको सागुरीगढी ६, भेडेटारमा यस वर्षको पहिलो दिन चहल पहल बढेको छ ।

कोरोना संक्रमणका समयमा सरकारले लगाएको लकडाउन र सर्वसाधारणमा कोरोनाको सन्त्रास भएकै कारण विगतका दुई वर्ष भेडेटारमा नयाँ बर्षमा सुनसान थियो तर यस बर्ष कोरोना सहज बन्दै गएपछि भेडेटारमा सर्वसाधारणको आवागमन बढेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले भने, ‘दुई बर्ष त भेडेटार सुनसान रहयो, नयाँ बर्ष आएको जस्तो पनि लागेको थिएन, तर यस बर्ष भने केही चहलपहल भएको छ, भेडेटारका व्यवसायी ०७९ को नयाँ बर्षमा आएका आन्तरिक तथा वाह्य पर्यटकका कारण उत्साहित भएका छन् ।’

उनले दुई बर्षको अवधिमा भेडेटारका व्यवसायीले करोडौ रुपैया नोक्सान व्यहोर्नु परेको बताउदै केही व्यवसायी व्यवसायबाटै विस्थापित भएको बताए । उनले यो बर्षको चहलपहलले फेरि व्यवसायीमा आशा पलाएको बताए । उनले भने, ‘अब विगतको जस्तो कोरोना संक्रमणको सन्त्रास भएन भने व्यवसाय विस्तारै तंग्रिने अवस्था छ, फेरि त्यस्तै अवस्था आए धेरैले व्यवसायबाट हात धुुनुपर्ने अवस्था आउन सक्छ ।’

नयाँ बर्षकै अवसरमा भारतको जोगबनीबाट आएका शैलेन्द्र चौधरीले विगतमा कोरोनाकै कारण भेडेटार जान नसकेको बताए । धरानबाट खरिद गरेर जोगबनीमा सब्जी व्यवसाय गर्दै आएका उनले तराईमा अत्याधिक गर्मी बढेकोले नयाँ बर्ष पनि मनाउने र गर्मी पनि छल्ने हिसाबले भेडेटार आएको बताए । उनले भने, ‘दुई बर्षमा पहिलो पटक भेडेटार आएको छु, चिसो मौसमसंगै यहा घुम्न पाउँदा अत्यन्तै आनन्द लागेको छ ।

नयाँ बर्षसँगै धेरै सर्वसाधारण तराईको गर्मीबाट एकछिन भएपनि मुक्त हुन भेडेटार पुगेको बताउने गरेका छन् । धरान १६ का सुरेन्द्र लिम्बुले धरानको गर्मीले बाहिर निस्कनै नसक्ने अवस्था थियो, यहा आएपछि बादल लागेको अवस्था, अत्यन्तै चिसो महसुस भयो’ उनले भेडेटार झरेपछि धरानतिर झर्न नै मन नलागेको बताए ।

विहीबार भेडेटार पुगेकाहरुले आकर्षक गन्तव्य स्थल शैलुङ डाँडा, पाथीभरा देवी मन्दिरदेखि डाँडा बजारको ध्वजे डाँडा, नमस्ते झरना, अजंगको बरको रुख, थाउजेन विग बुद्ध लगायतका स्थान घुमेका थिए ।

झापाबाट आएकी गीता ढुंगानाले लामो समयपछि नमस्ते झरनामा रमाइलो गर्न पाएको बताइन् । उनले भनिन्, ‘एक पटक नमस्ने झरना घुम्न आउँदा यहाँ एउटा दुर्घटना भएको थियो, भित्र छिर्न नै पाइएन, त्यसपछि कोरोना संक्रमणले आउनै पाइएको थिएन, दमकमा गर्मीले मर्नु छ, नयाँ बर्षमा बल्लतल्ल भेडेटार आउन जु¥यो, त्यही मौकामा नमस्ते झर्ना पनि पुगियो ।’

नयाँ बर्षको पहिलो दिन भेडेटारमा विगतका बर्षहरुमा जस्तो चहलपहल नभए पनि सयौको संख्यामा आन्तरिक तथा वाहय पर्यटक भेडेटार आएको होटल एसोसिएसनले जनाएको छ । चहलपहल बढेसँगै व्यापार समेत बढेको एसोसिएसनका अध्यक्ष रुम्दालीले बताए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved