धरान । कोरोना कहरका कारण थिलथिलो भएको पर्यटन व्यवसायी फेरि पुरानै लहयमा फर्कन पर्यटन प्रवद्र्धन गर्ने काममा जुटेका छन् ।
पूर्वको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नका लागि यसपटक चैत्र ११ देखि १३ गतेसम्म इस्ट टुरिजम मार्टको आयोजना गरिने इस्ट टुरिजम मार्ट २०२२ आयोजक समितिले धरानमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
धरान १२ पब्लिक माविको प्रागरणमा हुन लागेको मार्ट विगतमा प्रेक्षलय हलमा हुने गरेपनि यसथिक भने खुल्ला मैदानमा गर्न लागिएको मार्टका संयोजक भविष श्रेष्ठले जानकारी दिए । उनले भने–'नागिरकहरुमा पर्यटनप्रतिको चासो बढाउन रर्पटनकर्मीैहरु लाई पनि सम्भावित ग्राहकहरुसँगको सम्बन्ध विकास गर्न वि. टु . सी (विजनेस टु कस्टमर) का लागि खुला स्थानमा विभिन्न कार्यक्रम गरी मार्टलाई यस बर्ष भव्य बनाउन लागिएको हो ।’
नेपाल पर्यटन बोडको प्रवद्र्धनमा हुन लागेको मार्र्टलाई धरान उपमहानगरपालिकाले संयोजन गर्ने र प्रदेशभरिका नीजि क्षेत्रका व्यवसायीहरुको सहभागितामा हुने पर्यटन व्यवसायी बासु बरालले जानकारी दिए ।