थारु संग्रहालय घुम्ने पर्यटक बढे

  • चैत १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । उदयपुरको बेलका नगरपालिकामा रहेको ‘थारु संग्रहालय’ पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा विकसित हुदै गएको छ ।

उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. २ करहिया, बेल्हास्थित रहेको आदीवासी थारु समुदायको संग्राहलयमा घुम्न आउने पर्यटकहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको हो । विगतमा संग्रहालय निर्माणमा कोरोनाले असर गरेको थियो । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोनाकै कारण एक बर्ष ढिलाई भएको थियो ।

कोरोनाको दोस्रो लहर शुरु हुनु अघि केही सहजता हुँदा संग्रहालय निर्माण सम्पन्न भएको थियो । तर पुनः संक्रमण फैलिन थाले पछि पर्यटकहरु आउन छाडेका थिए । पछिल्लो समय कोरोना सहज बन्दै गएपछि आन्तरिक पर्यटकहरु संग्रहालय अवलोकन गर्न आउने संख्या बढेको छ ।

कोभिडको तेस्रो लहर ओमिक्रोन पनि हराउदै गएपछि आन्तरिक पर्यटकको आउने क्रम बढेको संग्रहालय व्यवस्थापन समितिका अध्यक्ष मिश्रीलाल चौधरी बताउँछन् । उनी भन्छन्, ‘अहिले कोरोना संक्रमण कम हँुदै जादा आन्तरिक पर्यटक पनि आउन थालेका छन् ।’

थारु समुदायको पहिचान झल्किने संग्राहलयको अवलोकन गर्न आउने गैर थारु हुने गरेको उनको भनाई छ । उनले भने, ‘संग्रहालय अवलोकनमा थारु समुदायमात्र नभई अन्य समुदायका पर्यटकहरु पनि ठूलो संख्यामा आउने गर्छन, अवलोकनका लागि प्रदेश नं. १, मधेश प्रदेश, काठमाण्डौ लगायतका स्थानबाट संस्कृतविदहरु समेत आउने गरेका छन् ।’

घुम्न आउनेहरुले विशेष गरी थारु महिलाहरुले जाल हानेर माछा मार्दै गरेको दृश्य, गोरु, गाढा, हलो जोतेको, विभिन्न चाँडपर्वमा सामुहिक रुपमा गाइने गीत, समाजका परम्परागत रुपमा थारु समुदायले प्रयोग गर्ने गरेको घरहरु ओखल, जाँतो, थारु समुदायका घरका भित्तामा बनाइने आकृतिहरु देखेर दंग पर्ने गरेकाछन् । संग्रहालयको नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री विजयकुमार गच्छदारले २०७७ मंसिर १३ गते गरेका थिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved