टिकटक स्थल बन्दै इलामको कन्याम

  • फाल्गुन २७, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान । इलामको सूर्योदय नगरपालिकामा पर्ने कन्याम पर्यटकको लागि आकर्षक गन्तव्य स्थल त छँदैछ यो सँगै कन्यामले अर्को परिचय बनाएको छ ।

घुम्न जानेहरुका लागि कन्याम पछिल्लो समय टिकटक बनाउने स्थलको रुपमा परिचित बन्दै गएको छ । झापाको विर्ताबोडबाट ४७ दशमलब २ किलोमिटरको दूरीमा पुग्न सकिने कन्याममा विभिन्न प्रकारका पहिरन लगाएर टिकटक बनाउनेको घुइचो लाग्ने गरेको हो ।

इनरुवा नगरपालिका घर भएकी सेविका खनाल इलामको कन्याम अत्यन्तै रमणीय स्थल भएको सुनाउछिन् । पेशाले नर्स समेत रहेकी उनले इलाम पुग्दा साथीभाईसँग टिकटक बनाइरहन मन लाग्ने बताइन् । उनले भनिन्–‘स्वर्गको परीजस्तो देखिने यो स्थानमा गएपछि जो कोही टिकटक नबनाइ फर्कनै सक्दैन, सायद ठाउँ यस्तो भएकोले हुनसक्छ ।’

साथीहरुसँग कन्याम पुगेकी उनले भनिन्–‘चियाबारीको दृश्यवोलकन गरेर टिकटाक बनाउनुको मजा नै अर्को हुन्छ, बल्लतल्ल फुुर्सद मिल्छ, यस्तो ठाउमा घुम्न आउँदा यसको फाइदा त लिनै पर्‍यो नि ।’

उनीसँगै कन्याममा टिकटक बनाउन व्यस्त आयुष खतिवडा, रोजा विष्ट , गीता लिम्बु र सिता खड्का पनि सँगै टिकटक बनाउन व्यस्थ देखिन्थे । विभिन्न जातजातिको भेषभुषामा टिकटक बनाउन व्यस्थ उनीहरु भन्छन्–‘इलामको कन्याम चिसो ठाउमात्र हैन रमणीय स्थल पनि हो, यहा आएको बेला पनि टिकटक नबनाई फर्कियो भने अधुरै हुन्छ ।’
कन्याममा पुगेर टिकटक बनाउने उनीहरुमात्र हैनन, नेपाल लगायत भारतबाट समेत यस स्थानमा घुम्ने, वनभोज खाने र टिकटक बनाउने गर्छन । भारतको दार्जीलिङबाट साथीहरुसँग घुम्न आएकी पल्मा तामाङ पनि टिकटक बनाउन व्यस्थ रहेका थिए । महिनामा एक पटक उनीहरु घुम्न र टिकटक बनाउन इलामको कन्याम आउने गरेको उनीहरु बताउछन् । उनी भन्छिन्–‘कन्याममा आएर घुम्ने र टिकटक बनाउने हाम्रो दिनचर्या जस्तै भएको छ ।’ उनले इलामको कन्याम घोडा चढेर घुम्न अझै रमाइलो हुने बताइन् । घोडामा चढेर धेरै पटक टिकटक बनाएको उनी सुनाउँछन् । उनी भन्छिन्–‘म यहा आएपिच्छे घोडामा चढेर एउटा टिकटक बनाउछु, साथीहरु पनि बनाउछन् ।’

बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने यो स्थलमा भारतको दार्जिलिङ, सिक्किम, मिरिक, कालेङपोङ, करसाङ, सिलगुढी लगायतका शहर र नेपालका बिभिन्न जिल्लाबाट यहाँ पयर्टकहरु आउछन् । यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो । झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो संख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् । यहाँबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिन्छ । झापाका फाँटहरु पनि देखिन्छ । यी दृश्य क्यामरामा कैद गर्नकै लागि भएपनि त्यहा जाने युवायुवतीहरुले पछिल्लो समयमा आ आफ्ना जातीय पहिरनमा टिकटक बनाउने गरेका छन् ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved