गर्मी बढेसँगै चतरामा बोट चढ्नेको संख्यामा बृद्धि

  • चैत्र १६, २०७८
  • कोशीपत्र/संवाददाता
alt तस्वीरहरुः फडीन्द्र तिम्सिना

धरान । सुनसरीको बराहक्षेत्रको पर्यटक तान्ने अर्को माध्यम चतरादेखि भोजपुरसम्म चल्ने पानी बोट नै हो । कोशीमा चल्ने बोटकै कारण पछिल्लो समय आन्तरिक तथा वाहय पर्यटक आउने गरेका छन् ।

बोटमा यात्रा गर्नेहरु प्राय ः जल पर्यटनमा शौखिन राख्नेहरु नै हुन्छन् । उनीहरु बोटमा चढेर कोशी नदीको यात्रा गर्दा ‘रिफ्रेसमेन्ट’कोमहसुस गर्छन् । भोजपुर जिल्ला लगायत अन्य जिल्लाका ग्रामीण क्षेत्रका सर्वसाधारणको लागि वोट सवारी साधनको माध्यम बनेपनि पर्यटकका लागि मनोरञ्जनको माध्यम बनेको छ ।

विराटनगरबाट बोटको मनोरञ्जन लिनकै लागि कोशी पुगेकी पुण्यमाया गौतमले कोशीमा बोट चढेर नौलो अनुभव बटुल्नकै लागि आएको बताइन् । उनले भनिन्–‘चतरामा बोट सञ्चालन छ भन्ने सुने पनि काम व्यस्थताका कारण बोट चढ्ने समय नै मिलेको थिएन, यसपटक बल्ल समय जु¥यो, रमाइलो भयो ।

शनिवार पविारसँगै कोशी पुगेकी पुण्यमायाले समय समयमा ‘रिफ्रेसमेन्ट’ कै लागि भएपनि आउनुपर्ने ठाउ रहेको बताइन् ।275855273_304165351806123_5505991012840317545_n

झापाको दमकबाट बोट चढ्न उद्देश्य नै लिएर पुगेका जीवन गुरुङले समेत शनिवार बोटको मजा चाखे । यसअघि बोटमा नचढेका उनले पहिलो पटक बोटमा चढ्दा हल्का डरलागेजस्तो भए पनि भरपुर मजा लिएको बताए । उनले भने–‘शुरुमा त हल्का डर लाग्यो, जति जति तलतिर जादै गयो त्यति रमाइलो अनुभव हुदै गयो, डरसंगै संगै रमाइलो भयो ।

कोरोनाका कारण घरमै बसेका सर्वसाधारण कोरोना संक्रमण सकिएपछि भ्रमणलाई बढी प्राथमिकता दिन थालेका छन् । त्यसमा पनि पछिल्लो समय अत्याधिक गर्मीले बाहिर सम्म निस्कन नसकेकाहरुका लागि कोशीको बोट मनलोभ्याउने माध्यम बनेको छ ।

उनीहरुसँगै बोटको मज्जा लिन अहिले दैनिक ५० देखि ६० जना विभिन्न ठाउबाट आउने गरेको बोट सञ्चालकहरु बताउँछन् । बोट सञ्चालक दिनेश पौडेलका अनुसार गर्मी बढेसँग बोर्डमा चढेर मनोरञ्जन लिनेहरुको संख्या बढ्दै गएको बताए । उनले भने–‘विगतमा कोरोना कारण फाट्टफुट आउने भएपनि अहिले आउनेको संख्या बढ्दै गएको छ । यसले हामीलाई मात्र हैन पर्यटन सम्बन्धी काम गर्ने सबैलाई दह्रो आम्दानीको स्रोत बनेको छ ।’
उनका अनुसार बोट सञ्चालन हुदा यस क्षेत्रमको बराहक्षेत्र खण्डमा मात्र ८० भन्दा बढी टेम्पो, २० भन्दा बढी होटल व्यसायीको रोजीरोटी चलेको छ भने भोजपुर खण्डमा झण्डै ४० भन्दा बढी ल्याण्डरोवरको जीविकोपार्जन भएको छ ।277017395_680758460041808_4667196603458128656_n

अर्का व्यवसायी विमल श्रेष्ठले कोरोना संक्रमण कम हुदै गएपछि पछिल्लो समय बोट चढ्नेको संख्यामा बृद्धि भएको बताउछन् । उनले नेपालबाट मात्र हैन भारतका केही स्थानबाट समेत बोटको मजा लिन आउने गरेको बताए । उनले भने–‘बोटले जल पर्यटकलाई तानेको छ, यसको फाइदा सबैले लिन सक्नुपर्छ ।’

बराहक्षेत्र नगरपालिकाले पनि बोट सञ्चालनले बराहक्षेत्रको जल पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा राखेको छ । बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगरले बराहक्षेत्र नगरपालिकामा धार्मिक क्षेत्रसँगै जल पर्यटनको सम्भना प्रचुरमात्रामा रहेको बताइन् । उनले भनिन्–‘धार्मिक पर्यटनको क्षेत्र त बराहक्षेत्र छँदैछ, त्यसमा जल पर्यटनको पनि सम्भावना बढी छ, यसको विकासमा योजना अगाडि बढाउनुपर्छ ।’

जल पर्यटनको माध्यमबाट कोशीलाई अन्य पर्यटनसंग जोड्न सके बराहको विकासले फड्को मार्ने उनको भनाई छ । कोशीमा एक दर्जन जति बोटहरु सञ्चालनमा रहेका छन् ।275919733_3181570962120751_7126337137836532770_n

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved