अमाहमा आन्तरीक पर्यटक बढ्दै

  • चैत २५, २०७८
  • "सुमन मेहता"
alt

धरान । पुर्वी नेपालको सुनसरी जिल्ला बराहक्षत्रेत्र ५ स्थित अमाहा सामुदायिक वन क्षेत्र भित्र रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकहरुको रोजाईमा पर्न थालेसँगै पर्यटकको घुईंचो नै लाग्न थालेको छ ।

अमाहमा दैनिक रुपमा पिकनिक खान र त्यस क्षेत्रको सुन्दरता नियाल्न आन्तरिक र बाह्य पर्यटकहरुको आवत जावत हुन थालेको छ । आन्तरिक र बाह्य पर्यटक बढेसँगै अमाहमा पर्यटकीय गतिविधी समेत बढेको छ । शान्त हरियाली वातावरण युक्त अमाह सिमसारमा आन्तरिक तथा बाह्य पर्यटकको घुईंचो नै लाग्ने गरेको शुक्रवार पिकनिकका लागि पुगेका टेकानेकुञ्ज सहकारी संस्थाका अध्यक्ष अमित गौतमले बताए ।

गौतमका अनुसार २०७१ सालदेखि स्थानीय बासिन्दाहरुको पहलमा यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन जुटेसँगै यो क्षेत्र छोटो अबधिमै महत्वपुर्ण पर्यटकीय क्षेत्रको रुपमा बिस्तार भईसकेको छ । उनले भने, ‘हामी पहिले पहिले गाईवस्तु चराउन, घास दाउराको लागी, कहिलेकाही घुम्नका लागी आउने गथ्र्याै, तर अहिले यो ठाउँ अत्यन्तै राम्रो भएको रहेछ ।’ स्थानिय, प्रदेश र केन्द्रिय सरकारले पर्याप्त बजेट विनियोजन गरेको खण्डमा यो ठाउ प्रदेशकै नमुना सिमसार तथा अध्ययन केन्द्रको रुपमा विकास गर्न सकिने उनको भनाई छ ।

अमाहा सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने करीव २ हेक्टर क्षेत्रफलमा ताल रहेको छ भने करीद डेढ हेक्टर क्षेत्रफलमा जैविक विविधता संरक्षण क्षेत्र छ । ताल क्षेत्रमा सुकुना खोला र चिसोपानी खोलाले तालमा पानी एकनासको भईरहन्छ । दुई हेक्टर क्षेत्रफल धार्मिक क्षेत्रको रुपमा परिणत गरिएको छ । अमाहमा बैसाख २२ र २३ २४ गते पर्यटनलाई प्रवद्र्धन गर्नै उद्धेश्यले सिरुवा मेला (अमाह मेला) लाग्ने गर्दछ । जहा विभिन्न आदीवासी समुदायको दुर्लभ नृत्यहरु समेत प्रस्तुत हुने गर्दछ । अमाह सिमसारमा लिम्बु समुदायको धान नाच, किराती समुदायको चण्डी नाच, गुरुङ समुदायको कौडा, मगर समुदायको हुर्रा नाच तथा तराईक्षेत्रका पुराना आदीवासी थारुजातीको धुम्रा नाच तथा विभिन्न किसिमको झाँकीहरु प्रदर्शन गर्ने थलोको रुपमा समेत विकास भईरहेको छ । स्थानीय रुपमा उत्पादन भएको कृषिजन्य सामाग्रीहरुको उत्पादनको पनि प्रर्वद्धन गरीन्छ । सिमसार पहिले देखी नै रहि आएको भएता पनि पछिल्लो समयमा स्थानीय समुदायको विशेष पहलमा यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरेका हुन । आर्कषक तालको चारैतिर बाँध छ जहाँ काठको डुंगा तथा स्वान बोटको समेत व्यवस्था गरिएको छ । तालको विचमा अमाह जलदेवीको थान पनि रहेको छ । मन्दिरमा जानका लागी काठको डुङ्गा तथा ट्रस्ट ब्रिज बनाईएको छ । ट्रस्ट ब्रिज अहिले सेल्फी खिच्नको लागी लोकप्रिय बनेको छ । तालबाट सिचाईको लगाी पनि नहरको निर्माण गरीसकिएको समुहका अध्यक्ष भोजराज घलेले बताए ।

अमाहमा छिमेकी पालिका धरान, ईटहरी, विराटनगर लगायतका स्थानबाट आन्तरिक पर्यटकहरु आउने गरेका छन् । कमै मात्र चर्चामा रहेको यस सीमसार क्षेत्रलाई अमाह सामुदायीक वन उपभोक्ता समुहले संरक्षण गर्दे आईरहेको छ ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved