लालीगुँरासले तान्यो टिएमजेमा आन्तरिक पर्यटक

  • चैत ८, २०७८
  • "गोबिन्द बस्नेत"
alt

धरान । संखुवासभाको तीनजुरे, मिल्के र तेह्रथुमको जलजले (टिएमजे) मा लालीगुँरास ढकमक्क फुलेसंगै आन्तरिक पर्यटकको घुईचो लाग्न थालेको छ ।

सुख्खा मौसम अर्थात चैत्र वैसाखमा फुल्ने लालीगँुरास फुल्दा त्यस क्षेत्रका जंगल राताम्मे हुने गरेको छ । अत्यन्तै मनमोहन, लोभ्याउने भएकै कारण लालीगँुरासको दृश्यावलोकनका साथै त्यस ठाउँको दृश्य क्यामेरामा कैद गर्नकै लागि अहिले यी क्षेत्रमा घुम्न आउनेको संख्यामा वृद्धि भएको स्थानीय बताउँछन् ।

धरानदेखि लालीगँुरास नगरपालिका अन्तर्गतको बसन्तपुर बजार सवारी साधनमा ५ घण्टाको दूरीमा पुग्न सकिन्छ । त्यसपछि आधा एक÷आधा घण्टामा गुरासको राजधानी पुग्न सकिन्छ । विशेष गरेर धरान लगायत तराइका क्षेत्रबाट गुँरास हेर्न र फोटो खिच्नका लागि आउने गरेको लालीगँुरास नगरपालिका बसन्तपुरका स्थानीय रमेश बस्नेत बताउँछन् । उनी भन्छन्, ‘तराईमा अत्याधिक गर्मी, सुख्खा मौसम चल्ने भएकाले मनोरञ्जन सहित चिसो मनाउन अहिले लालीगँुरासको राजधानी घुम्न दैनिक सयौंको संख्यामा आउने गरेका छन् ।’ उनी भन्छन्, ‘यहा आउने कोही बसमा समूह बनाएर आएका हुन्छन्, कोही आफ्नै सवारी साधन रिजर्भ गरेर आउने गरेका छन् भने कोही मोटरसाइकलमै आउने गर्छन् ।’

लालीगुँरास संरक्षणमा जुटेका संरक्षणकर्ता लक्ष्मण तिवारीले अन्य दिनमा आन्तरिक पर्यटक खासै नआए पनि गुँरास फुलेको समयमा भने बर्षेनी दैनिक सयौंको संख्यामा आउने गरेको बताउँछन् । उनले भने, ‘गत बर्ष कोरोना संक्रमणका कारण यही समयमा खासै मानिस आएनन्, तर यस पटक भने लालीगुँरास अलि अलि फुल्न थाल्दै देखि नै तराई तथा अन्य स्थानबाट सर्वसाधारण आउँन थालेका छन् ।’

गुरासको राजधानी टिमएमजे क्षेत्रमा करिब २४ थरीका गुँरास फुल्ने भएकाले रमाइलो गर्ने तथा घुम्ने तालिका नै बनाएर आन्तरिक पर्यटकहरु आउने गरेको उनको भनाई छ । उनले भने, ‘टिएमजे क्षेत्रको जंगलमा गुँरास फ्ुलेर बनै राताम्मे बनेको हुन्छ, त्यो हेर्दा जो कोसकैको मन प्रफूल हुने गरेको छ, यो दृश्य हेर्नकै लागि तालिका बनाएरै आउने गरेका छन् ।’

विगतमा लालीगुँरासको प्रवद्र्धनका लागि लालीगुँरास नगरपालिका स्थित बसन्तपुरमा महोत्सव नै लाग्ने गरेको थियो । आन्तरिक पर्यटकहरु दिउँसो लालीगँृुरास फुलेको क्षेत्रमा घुम्न जाने र राति सांस्कृतिक कार्यक्रममा सहमागि भएर मनोरञ्जन लिने गरेका थिए । विगत दुई बर्ष भने कोरोना संक्रमणकै कारण महोत्सव हुन नपाएको तिवारी बताउँछन् । उनी भन्छन्, ‘कोरोनाकै कारण पर्यटन क्षेत्रमा ठूलो नोक्सानी भयो, यसबाट आश्रित धेरैले व्यवसाय नै छोड्नु्पर्ने अवस्था समेत आयो ।’ उनका अनुसार लाली गुरास हेर्न आउनेकै कारण यहाका होटल व्यवसायीले तथा अन्य व्यवसायीको दिर्घकालिन आयस्रोत बनेको छ ।

लालीगुँरास नगरपालिकाका मेयर अर्जुन मावुहाङले टिएमजे क्षेत्रको प्रचार प्रसार गरेर पूर्वको पर्यटन प्रवद्र्धनमा उपलब्धी हासिल गर्न सकिने बताए । प्रदेश १ मै सबैभन्दा बढी गुँरास पाउने ठाउँ भएकोले पनि यसको प्रचारप्रसारमा सबैपक्ष लाग्नुपर्ने बताए । उनले भने, ‘यस क्षेत्रको प्रचारप्रसार नेपालमात्र हैन नेपाल बाहिर पनि गर्न सके आन्तरिक पर्यटक मात्र हैन वाह्य पर्यटकको आगमन समेत बढ्ने थियो, यसले यहाँका सर्वसाधारणको जीवनस्तर उकास्न पनि सहयोग पुग्ने थियो ।’ नेपालमा पाइने ३२ प्रजातिका गुराका फूलमध्ये २८ प्रजातिका फूलहरु टिएमजे क्षेत्रमै पाइने नगरप्रमुख मावुहाङ बताउँछन् ।

पछिल्लो समय त्यस क्षेत्रका गुरासहरु मासिने क्रम बढ्दै गए पछि स्थानीय चिन्ता व्यक्त गर्छन् । संखुवासभा देउरालीकी मोति गुरुङले यसको संरक्षणमा ध्यान नदिदा बर्षेनी गुँरास लोप हुदै गएको भन्दै चिन्ता व्यक्ति गर्छिन् । उनले भनिन्, ‘जनसंख्या बढ्दै जादा जंगल मासिने क्रम बढ्दो छ, यसलाई रोक्न सम्बन्धित पक्षले ध्यान दिनुपर्छ, हैन भने गुँरासको राजधानी टिएमजेको अवस्था नाजुक हुन्छ ।’

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved