धरान / २०७२ सालदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजको अधिवेशन हुन सकेको छैन । तत्कालीन अध्यक्ष सुजेन्द्र गोले तामाङले राजीनामा दिएपछि कमिटी निष्क्रिय रह्यो । सोही कमिटी तदर्थ कमिटीका रुपमा निर्माण भएर अधिवेशन हुने सन्दर्भमा छ । प्रतिष्ठान पदाधिकारीको बैठकले निर्वाचन समिति घोषणा गरेपछि समितिले आगामी पुस २३ गते शनिबार निर्वाचनको मिति घोषणा गरेको छ । यसै सन्दर्भमा । २०५० साल पुस २२ गतेदेखि प्रतिष्ठानमा सिनियर क्लर्कमा प्रवेश गरेका संजीवकुमार कर्ण अध्यक्षको उम्मेदवारका रुपमा देखिएका छन् । झण्डै तीन दशक लामो अनुभवले उनी कर्मचारीको नेतृत्वमा आउन चाहेका
आगामी राजनिती र समाजमा निष्ठा र सर्मपणका लागि कसैले उदाहरण दिन्छ भने त्यो नाम हो रमेश बस्नेत । आफ्नो क्षेत्रका लागि आफ्नो सरकारी जागिर समेत छाडेर राजनितीमा आएका बस्नेत धरानको विकाशका लागि एक प्रतिबद्ध उमेद्धारपनि हुन् । मलाई के हुन्छ हैन मेरो ठाउले के पाउछ ? भन्ने सोच बोकेर राजनितीर समाजीक सेवामा सर्मपित भएका बस्नेत मङ्सिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ (क) का प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन् । उनले साविक पा“चकन्या गाविसको २ कार्यकाल अध्यक्षसहित १५ वर्ष जनप्रतिनिधि भई काम गरिसकेका छन् । उनले राजनीतिक रूपमा धरान नगर कमिटी सदस्यदेखि १ नं. प्रदेश कमिटी सचिवालय सदस्यसम्मको भूमिक
क्याप्टेन केबी लिम्बू नेपालका लागि सम्मानित नाम हो । नेपाल र विदेशमा गरी झण्डै आधा शताब्दी अर्थात् ४३ वर्ष हवाइजहाज उडाएका लिम्बूले नेपाल वायुुवेवा निगमका प्रबन्ध निर्देशक भई अवकाश प्राप्त गर्नुुभएको छ । आकाशमा उड्दा नेपाल स्वर्गको टुुक्राजस्तो देखेपछि नेपालको विकास र समृद्धिका मुुख्य आधार पर्यटन र कृषि नै रहेछन् भन्ने बुुझ्नुभएको थियो । राजनीतिमा इमान्दारिता हुुनुुपर्छ र प्रशासनमा सुशासन हुुनुुपर्छ भन्ने प्रस्ट मान्यता भएका लिम्बूले नेपाललाई विकास गर्न १० वर्षका लागि इमानदार नेतृत्वको आवश्यकता पर्छ भन्ने अठोटका साथ अहिले प्रतिनिधिसभा सदस्यमा सुुनसरी क्षेत्र नम्बर १ बाट क्रस खुुकुुरी चुुनाव चि
धरान/ अशोक कुमार राई सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार हुन् । उनी नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको साझा उम्मेदवार छन् । यस क्षेत्रमा उम्मेदवार राई नौलो नाम होइन । जनता समानजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष समेत हुन् ।यस अघि २०७४ सालको चुनावमा पनि उम्मेदवार रहेका थिए । उनको उम्मेदवारीलाई धरानको हकमा प्रभावशाली नेताको रुपमा लिइन्छ ।निर्वाचन क्षेत्रकै लागि सवैभन्दा प्रभावशाली र हेवी वेटको नेताको रुपमा गनिन्छन् । हाल सम्म यस क्षेत्रले केन्द्र सम्म जोड्ने त्यस्तो प्रभावशाली नेता एक पटक पाएको थियो । २०४८ सालको आम निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका म
सुनसरी क्षेत्र नं. ३ बाट मंसिर ४ गतेको निर्वाचनमा प्रतिष्पर्धा गर्ने भगवती चौधरी नेकपा एमालेकी प्रभावशाली नेतृ हुन् । चौधरीले यसपटक जनताले आफुलाई अनुमोदित गरेर संसदमा पठाउने दावी गरिरहेकी छिन् । जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने लक्ष्य लिएकी चौधरीले ३१ वर्षमा नभएको काम ५ वर्षमै गर्ने दावी समेत गरेकी छिन् । ३ दशकदेखि समाजसेवा, महिला सशक्तिकरण र आर्थिक सशक्तिकरणमा सक्रिय नेतृ भगवती चौधरीस“ग निर्वाचनका विषयमा केन्द्रीत रहेर गरेको कुराकानीको संक्षेपः १) निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ? सुनसरी क्षेत्र नं. ३ मा नेकपा (एमाले) निर्वाचनमा प्रतिष्पर्धा गर्न तम्तयार भएको छ । वडा, नगर ट
चुुनाबी माहोल कस्तो पाउदै हुुनुुहुन्छ ? सुुनसरी क्षेत्र नम्बर १ (ख) मा एमाले जसपा गठबन्धनको माहोल एकदम राम्रो पाएको छुु । जनताहरु मंसिर ४ गते सुुर्य चिन्हमा मतदान गर्न प्ररिक्षारत रहेको मैले पाएको छुु । तपाइको निर्वाचन क्षेत्रमा विकासका धेरै काम गर्न बाँकी छन् नी ? यो सत्य हो । बराहक्षेत्र नगरपारिकाका धरै क्षेत्र हरुमा भौतिक पुुर्वाधार, खानेपानी, विद्यालय, अस्पताल जस्ता सुुविधाहरुको अभाब छ । त्यस कारण मैले पहिले देखिनै भन्दै आएको छुु की बराहक्षेत्र, चतरा, रामधुुनी, बक्लौरी, भरौल जस्ता क्षेत्रहरुलाई सुुविधा सडक सञ्जालले जोड्ने र ‘विजनेश हब’ को रुपमा विकास गर्नु पर्छ । अहिलेपनि चत
उमेश थापा धरानको राजनितीमा प्रभाबशाली युुवा नेताको रुपमा स्थापित भएका छन् । राजनितीमा टोल देखि केन्द्र सम्म सिधा पहुच राख्न सक्ने थापा नेपाली कांग्रेस १ नम्बर प्रदेशका महामन्त्री पनि हुन । धरानको राजनितीमा प्रभाब र केन्द्रिय राजनितीमा दबाब राख्न सक्ने युुवा नेताको रुपमा उमेश थापा परिचित छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीको तिन कार्यकाल सभापती भएका थापा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ बर्ष लामो सेवा गरेर अवकाश लिएका युुवा हुन । प्रतिस्ठान स्थापना गर्न नेतृत्वदायी भुुमिका खेलेका थापा २०६२÷६३ को लोकतान्त्रिक आन्दोलन धरानमा चर्काउने एक नेता पनि हुन् । थापा यस पटक प्रदेश सभा स
लामो समय सम्म स्थानीय तहमा वडा सचिवको काम गरिसकेका उत्तम आले धरान १४ स्थित विजयपुरका लागि नयाँ नाम होइन् । वडा नम्बर १४ को स्थायीवासी हुन् । उनका बुबा बाजे देखिनै विजयपुरमा रहेको देशकै प्रशिद्ध धार्मिकस्थल बुढासुब्बा मन्दिरका पुजारी हुन् । वडाको विकाश सँगै मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्न उनको योगदानलाई नकार्न सकिदैन् । स्थानीय युवाको विकाश होस् वा विजयपुर क्षेत्रमा रहेका मठमन्दिरको प्रवद्र्धनमा उनले वडा सचिव हुँदा वा स्थानीयको हैसियतले पनि उल्लेख कार्यहरु गरेका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उनले वडाअध्यक्षमा उम्मेदवारी दिएका छन्
१) धरानको चुनावी माहौल कस्तो छ ? – हाम्रो नेकपा एमालले धरानमा मेयर, उपमेयर सहित धरानको २० वटै वडामा अध्यक्ष, सदस्य सहितको सबै पदमा १०२ वटैको उमेरद्धारी दिएको छ । अरु पार्टीहरुले सबैमा उमेरद्धारी दिन सकेको छैन । देशव्यापीको हिसाबमा पनि नेकपा एमाले एउटा यस्तो पार्टी हो देशै भरि सबभन्दा बढी उमेरद्धारी दिएको छ । अहिले सम्म निर्बिरोध निर्वाचित हुने संख्या पनि नेकपा एमालेको नै बढी छ । यो अवस्था हेर्दा परिणाम भयो भने पनि यहि हिसाबले आउछ । तर अर्को हामीले बुझने कुरा के हो भने नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ । संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार र ऐनले नै यसलाई सरकार कै
● धरानको स्थानीय तहको एमालेका उम्मेवद्धवार उपनिर्वाचनमा पराजित हुनु भयो, यो चुनावमा बिरासत फर्काउने कोशिसमा हुनुहुन्छ, सम्भब छ ? – बामपन्थीहरुले धरानलाई नेपालको एउटा बेईजिङ भनिन्छ । बि.स.२०१७ सालको निर्वाचन देखि अहिले सम्म धरान वामपन्थीहरुको वर्चस्व रहेको थियो । तर उपनिर्वाचनमा हामीले पराजय भोग्यौ । त्यो पराजय हाम्रो पाटीको प्रतिष्ठाको रुपमा पार्टीले हेरेको छ । अन्य ठाँउमा पनि निर्वाचन हारेउ । उपनिर्वाचन भएका ठाँउमा नेकपा एमालेले हार्यो । तर धरान हार्दा देशमै चर्चाको बिषय बन्यो। अन्य पार्टीहरुले पनि चासो राख्यो । कसरी नेकपा एमाले हार्यो भन्ने चर्चाको विषय बन्यो र यो आफनो बिरासत फर्काउने